Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन् । ग्वाङ्जाओ गएको वाइडबडी त्यहाँबाट मेडिकल सामग्री लिएर आज बिहान २ः५७ बजे र अष्ट्रेलियाबाट आएको अर्को वाइडबडी जहाज गए राति ११ः१८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिनुभयो । ग्वाङ्जाओबाट के–कति सामान ल्याइएको भन्ने यकिन जानकारी आएको छैन । मेडिकल सामग्री लिन निगमको कार्गो उडानको वाइडबडी जहाज बिहीबार बिहान ग्वाङ्जाओ उडेको थियो । यसअघि चैत १६ गते निगमकै वाइडबडी जहाजमार्फत ग्वाङ्जाओबाट करिब १३ हजार…

Read More

काठमाडौँ: कोभिड–१९ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनका कारण होटल एवं रेष्टुरेन्ट पूर्ण रुपमा बन्द भएपछि काठमाडौंँ उपत्यकासहित देशैभरि दूध खपत घटेको हो । दूधको माग घटेपछि सबैभन्दा बढी मर्कामा किसान परेका छन् । निजी क्षेत्रअन्तर्गत सञ्चालित नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालका अनुसार काठमाडौँ उपत्यकामा साबिकको तुलनामा अहिले दूध तथा दुग्धजन्य पदार्थको खपत २० प्रतिशतभन्दा कम भएको छ । उहाँका अनुसार कोरोनाको प्रभावभन्दा अघि देशभर दैनिक ६२ लाख ५० हजार लिटर दूध किसानले उत्पादन गर्दै आएका थिए । किसानले उत्पादन…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काठमाडौँप्रेस डटकमको एक समाचार हटाइएको भन्ने विषयमा आफूलाई जोडेर नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउनुभएको छ । सल्लाहकार थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा स्पष्ट जवाफदेहिता बहन गर्ने निकाय र अधिकारीहरू संलग्न नै भएको हुँदा प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरू वा सरोकार नै नभएका व्यक्तिलाई जबर्जस्ती र तथ्यहीन ढङ्गले तान्ने र बदनाम गर्ने षड्यन्त्र, उपक्रम र रवैया खेदजनक भएको पनि जनाउनुभएको छ । महासङ्घका महासचिव रमेश विष्टले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै थापाले उक्त विज्ञप्ति सरासर झुट, बेइमानीपूर्ण…

Read More

चितवन: भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको हो । अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताउनुभयो । युवतीको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उहाँले जानकारी दिनुभयो । कोरोना भाइरसको त्रास…

Read More

काठमाडौँ: स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) का लागि आवश्यक औषधि र उपकरण ल्याउन यसअघि गरिएको ठेक्का रद्द गरेपछि त्यसको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ। सरकारको निर्णय अनुसार सेनाको सीसीएमसी–ओप्सलाई आवश्यक औषधि, उपकरण र बन्दोबस्तीका सामग्री ल्याउने जिम्मेवारी दिइएको हो। मन्त्रिपरिषद्को १६ चैतकोे बैठकले कोरोना भाइरसविरुद्धको प्रतिकार्य गर्न उच्चस्तरीय निर्देशक समितिको मातहतमा रहने गरी ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर –अपरेशन’ (सीसीएमसी–ओप्स) स्थापना गर्ने निर्णय गरेको थियो। बिहीबार कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि सरकारका प्रवक्ता अर्थ तथा सूचनामन्त्री डा.युवराज खतिवडाले समन्वय समितिले संचालन गर्ने गरी सीसीएमसीले स्वास्थ्य उपचार, स्वास्थ्य सामग्री आपूर्ति र शान्ति सुरक्षाका विषयमा काम गर्ने निर्णय…

Read More

काठमाडौँ: कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन् । ती १४ मध्ये ११ नेपाली र तीन भारतीय बालबालिका रहेको अस्पतालले जनाएको छ । कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण देखिएपछि अस्पतालले ती बालबालिकाको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा स्वाब पठाएर परीक्षण गरेको थियो । नौ बालबालिकाका घरमा परिवारका सदस्य विदेशबाट फर्किएकाले शङ्का गरिएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार बिरामीका परिवार र आफन्तका बारेमा विस्तृत जानकारी लिइएको थियो । त्यस क्रममा…

Read More

काठमाडौँ: सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अहिलेसम्म भए गरेका गतिविधिको पुनरावलोकन गर्दै अत्यावश्यकीय वस्तुको आपूर्ति सहज बनाउन र आयोजनालाई गति दिन उक्त निर्णय गरेको हो । मुलुकभित्र खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने र अन्य उद्योगले पनि आफ्नै आवासीय मजदूर परिचालन गरेर सञ्चालन गर्न सक्ने भए त्यसलाई पनि सञ्चालन गर्न दिने निर्णय भएको…

Read More

काठमाडौँ: टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइँ लम्बिएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो । तर, बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताए । चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका…

Read More

सिमकोट: लकडाउनको समयमा हुम्लामा बिहीबार १४ फ्लाइट खाद्यान्न ढुवानी गरिएको छ । हुम्लाबासीको मागलाई ध्यानदिएर हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्ने कार्य सरकारले सुरु गरेपछिनेपालगंज र सुर्खेतबाट खाद्यान्न ढुवानी गरिएकोहो । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाकाप्रमुख बिष्णुप्रसादअधिकारीले विहीवार १४ वटा उडान गरीखाद्यान्न ढुवानी भएको बताउनुभयो । उहाँकाअनुसार हावानलागेको भएअझै उडान थपहुने थियो । उहाँलेबिहीबार मात्र १४ उडान खाद्यान्न नेपालगंज र सुर्खेतबाट ढुवानी भएको जानकारी दिनुभयो । यसबाट दुई सय आठ क्विन्टल ३० केजीखाद्यान्न ढुवानी भएर आएको छ ।सीता एयरले आठ फ्लाइटबाट एक सय पाँचक्विन्टल तीस केजी ढुवानी गरेको छ भने तारा एयरले तीन फ्लाइटबाट ५१ क्विन्टल र समिट एयरले पनितीन फ्लाइटबाटै…

Read More

काठमाडौँ–१६ का कक्षा ६ मा अध्ययनरत प्रविन चापागाईंले टिभि र मोबाइल हेरेर लकडाउनको समय काट्ने गरेका छन । परीक्षा सकिएको तीन दिनपछि लकडाउन शुरु भएकाले अहिले उनलाई यो समय बिदा जस्तै लाग्छ किनकी उनलाई पढ्ने झन्झट नै छैन । उनी भन्छन, “यो समय मेरो लागि मनोरञ्जन गर्ने समय जस्तै लागेको छ ।” आफ्नो पूरा समय ‘युट्युव’ र टेलिभिजनमा आउने मनोरञ्जनात्मक कार्यक्रम हेरेर बित्ने गरेको उनी बताउँछन । तर बाहिर खेल्न जान नपाएकोमा भने उनको गुनासो छ । घरभित्रै बसेर रचनात्मक काम कसरी गर्न सकिन्छ उनलाई थाहा छैन । न त घरायसी काम गराउने चलन उनको परिवारमा छ । प्रविनले आफूखुसी…

Read More