Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कान्तिमा शङ्का गरिएका १४ बालबालिकाको ‘रिपोर्ट नेगेटिभ’

    कान्तिमा शङ्का गरिएका १४ बालबालिकाको ‘रिपोर्ट नेगेटिभ’

    पहिलोक्लिकपहिलोक्लिकApril 2, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन् ।

    ती १४ मध्ये ११ नेपाली र तीन भारतीय बालबालिका रहेको अस्पतालले जनाएको छ । कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण देखिएपछि अस्पतालले ती बालबालिकाको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा स्वाब पठाएर परीक्षण गरेको थियो ।

    नौ बालबालिकाका घरमा परिवारका सदस्य विदेशबाट फर्किएकाले शङ्का गरिएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार बिरामीका परिवार र आफन्तका बारेमा विस्तृत जानकारी लिइएको थियो । त्यस क्रममा यी बालबालिकाको परिवारका सदस्य विदेशबाट फर्किएपछि अरुको संसर्गमा नआई ‘क्वारेन्टाइन’ बसेको नपाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यी बालबालिका विदेशबाट आएका परिवारका सदस्यसँग चकलेट खाने, नजिक बस्ने पाइएकाले छुट्टै राखेर परीक्षण गरिएको हो ।”

    शुरुमा आउँदा उनीहरुमा ज्वरो, खोकी, निमोनिया, श्वासफेर्न गाह्रोलगायतका समस्या पाइएको थियो । कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण भएकाले बालबालिका, अभिभावकसँगै अस्पताल आउन पनि डराएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुमा सङ्क्रमण नभएको पुष्टि भइसकेको छ र नयाँ बिरामी यस्तो लक्षणका आएका छैनन् ।”

    सरकारको निर्देशानुसार अस्पतालले कोभिड–१९ का बिरामी आउन सक्ने भन्दै आवश्यक तयारी गरिसकेको छ । अस्पतालमा ‘आइसोलेसन बेड’ तयारी रहेको र यी बिरामीलाई हेर्न चिकित्सकलाई आवश्यक पर्सनल पोटेक्टिभ इक्युपमेन्ट (पिपिई) तयारी रहेको अस्पताल निर्देशक डा पौडेलले जानकारी दिनुभयो ।

    अस्पतालले विभिन्न निकायबाट आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री जोहो गरेको छ । यी पोशाक बिरामी हेर्नुपर्ने प्रथम प्राथमिकताका कर्मचारीले मात्रै प्रयोग गर्छन् । उहाँले भन्नुभयो, “कतिपय सरकारले दिएको हो भने कति हामीले खरिद गरेको र कतिपय दाताले सहयोग गरेका छन् ।”

    अस्पतालले बहिरङ्ग विभाग वा आकस्मिक कक्षमा जता आएका बिरामीलाई पनि देखिएको लक्षण र उसको विस्तृत विवरणका आधारमा आवश्यक देखिँदा आइसोलेसनमा राख्ने गरेको छ । कुनै बिरामीका आफन्त कोभिड–१९ को सङ्क्रमण फैलिएको देशबाट आएको छ भने उसको विशेष निगरानी गरिन्छ ।

    विदेशबाट आएकासँग नजिक रहेको कुरुवाले जानकारी दिएमा उसलाई ‘आइसोलेसन’ मा राखेर परीक्षण गरिन्छ । परीक्षणको नतिजा पोजेटिभ हुँदा थप उपचार हुन्छ भने नदेखिएमा उसमा देखिएका स्वास्थ्य समस्याको उपचार हुन्छ ।

    यो १४ दिनबीच विदेशबाट परिवारका सदस्य आएको छ भने उसलाई कोभिड–१९ सँग मिल्दो लक्षण देखिँदा शङ्का गरिन्छ ।

    अहिलेसम्म सङ्क्रमण पुष्टि भएका ६ जना विदेशबाट आएकाले पनि नेपालमै बसिरहेका व्यक्तिलाई शङ्का नगरिएको हो । उहाँले भन्नुभयो, “अहिलेसम्म यहाँको समुदायसम्म सङ्क्रमण फैलिइसकेको छैन ।”

    मौसम परिवर्तनको समय भएकाले पनि बालबालिकामा सामान्य रुघाखोकी र ज्वरो आउनसक्छ । धेरै अभिभावक भने सामान्य रुघाखोकीलाई पनि कोभिड–१९ को लक्षण हुनसक्छ भनी अत्तालिने गरेका छन् । सामान्य रुघाखोकी र ज्वरोका बिरामीलाई अधिकांश अभिभावकले घरमै प्यारासिटामोल खुवाउन सक्ने उहाँको सुझाव छ । घरमा खुवाउँदा निको हुँदैन भन्ने लाग्दा पनि आफ्नो नजिकैको स्वास्थ्य संस्थामा जँचाउन सकिन्छ ।

    कान्ति अस्पतालले पनि अहिले तत्काल उपचार नगरी नहुने वा ठूलो समस्या आउँदाबाहेक फलोअपका लागि अहिले अस्पताल नआउन बिरामी बालबालिकाको अभिभावकलाई आग्रह गरेको छ ।

    ‘लकडाउन’ मा जिल्ला जिल्लाबाट वा काठमाडौँमा पनि आउन सहज नभएकाले अत्यावश्यक बाहेक अस्पताल नआउन भनिएको हो । जुनसुकै बालबालिकामा स्वास्थ्य समस्या देखिँदा ड्युटीमा रहेका चिकित्सकलाई सोध्न सकिने गरी नम्बर तय भएका छन् । अभिभावकले सामान्य रुघाखोकीलगायतका समस्या देखिएकामा ०१४४२७४४९ वा ९८४७३८६२०५ मा फोन गरेर डाक्टरसँग बुझ्न सक्नेछन् ।

    त्यस्तै शल्यक्रियासम्बन्धी समस्याका बारेमा अस्पतालमा ४४४३१३१ वा ९८४७३८६१५० नम्वरमा फोन गरेर बुुझ्न सकिनेछ । उहाँले भन्नुभयो, “फलोअपका लागि बालबालिका ल्याउनुपर्दा पनि अभिभावकले पहिले यी नम्बरमा फोनबाट बुझेर आवश्यक भएमात्रै ल्याउन सक्नुहुन्छ ।” अस्पतालका प्रशासकीय अधिकृत गंगाराम गिरीले अस्पतालमा जुनसुकै समयमा सङ्क्रमित बालबालिका आउन सक्ने भनी तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

    Facebook Comments Box

    १४ बालबालिकाको ‘रिपोर्ट नेगेटिभ’
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.