Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् । दुबै दलका शीर्ष नेताहरुबीच सोमबार राति यस्तो सहमति बनेको हो । नयाँ सहमति अनुसार एमाले अध्यक्ष केपी ओली नेतृत्वमा नयाँ सरकार बन्ने र त्यसको डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने शीर्ष नेताहरु निकट स्रोतले बताएका छन् । एमालेले अर्थ मन्त्रालय र कांग्रेसले गृह मन्त्रालयसहित मन्त्रालय पाउने सहमति दुई दलबीच भएको छ । यस्तै पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमतिमा उल्लेख छ । यसैगरी कोशी,लुम्बिनी र कर्णाली प्रदेशमा एमालेको मुख्यमन्त्री बनाउने सहमति भएको छ भने कांग्रेसले…
काठमाडौँ: अवैध सुन कारोबारको भुक्तानी प्रक्रियामा डिजिटल पेमेन्ट गेटवे पेवेल र सजिलो पेको संलग्नता रहेको भेटिएको छ । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले पत्रकार सम्मेलन गरी यी दुई सेवा प्रदायक संस्थाहरूबाट अवैध सुन कारोबारको भुक्तानीमा सहजीकरण भएको खुलासा गरेको हो । अवैध सुन तस्करीमा सजिलोपे र पेवेलको संलग्नता : गैरकानुनी रूपमा १ खर्बभन्दा बढी भुक्तानी २०८० वैशाख १३ गतेदेखि २०८१ जेठ २१ गतेसम्म पेवेलको वालेटमा ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २ सय ५३ रुपैयाँबराबरको इ-मनी क्रेडिट भएको देखिएको सीआईबीले जनाएको छ । जसमध्ये सबैभन्दा बढी ६१ अर्ब ५० करोड रुपैयाँ भौचर डिपोजिटमार्फत भएको छ । त्यस्तै…
काठमाडौं: केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५ वटा डमी कम्पनीमार्फत करिब ३२ सय केजी सुन तस्करी भएको दाबी गरेको छ । सीआईबीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजीबाट सुन तस्करी गरेर भित्र्याइएको हो । यस्तै दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ। ब्रेक सुमार्फत यसअघि ३६२.७७८ केजी सुन तस्करी भएको दाबी गरिएको थियो। सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ। सीआईबीका अनुसार गिरोहले करिब ३१ अर्ब रुपैयाँको सुन तस्करी…
काठमाडौं: उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरुको आन्दोलनले दुई साता पार गरेको छ । काठमाडौंको माइतिघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफुहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरुले गुनासो गरेका छन् । व्यवसायीहरुले उद्योग नवीकरणको आफुहरुको माग सम्बोधन नभए उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखि विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनी समेत दिएका छन् । अहिले उद्योगी व्यवसायीहरुको बटमलाईन भनेको कानुनसम्त दर्ताभएका उद्योगहरुको नवीकरण रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मीले बताए । क्रसर उद्योगीहरुले विगत १० वर्षदेखी उद्योगहरुको…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा दुई नेताबिच भेट भएको हो । सत्तारुढ दलका दुई शीर्ष नेताबिच लगातार दोस्रो दिन भेटवार्ता भएको छ । यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा छलफल भएको थियो । शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच ३ घण्टा लामो छलफल भएपछि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । यही आशङ्काबिच दुई नेताको भेटघाट बाक्लिएको हो
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ । मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजल प्रतिलिटर १५२ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६…
काठमाडौं: अर्थमन्त्री वर्षमान पुनले सरकारको ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयक माथिको छलफलमा भाग लिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले आन्तरिक र वाह्य ऋण लिने मात्रै नभएर सरकारले उठाउने राजश्वबाट सार्वजनिक ऋणको सावाँ र ब्याज भुक्तानी गर्ने गरेको भन्दै ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको दाबी गरे । उनले आन्तरिक ऋण भुक्तानीको लागि समेत सरकारले हरेक वर्ष बजेटमार्फत प्रर्याप्त बजेट विनियोजन गर्दै आएको बताए । उनले वाह्य ऋणको सावाँ र ब्याजको भुक्तानी गर्दा विदेशी ऋण विदेशी मुद्रामा तिर्नुपर्ने भएपनि मुलुकको विदेशी विनिमय सञ्चिति प्राप्त रहेकाले विदेशी…
काठमाडौँ: शनिबारको दिन थियो असार १५ अर्थात धान दिवस। त्यही माहोलमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष प्रचण्डबीच बालकोट, भक्तपुरमा ३ घण्टा भेटघाट चल्यो। तर यता सत्ताशिन दल नेकपा माओवादी केन्द्र भने उक्त भेटबारे अनविज्ञ जस्तै थियो। त्यसैले राजनीतिक माहोल एकाएक तरंगित जस्तै बन्न पुग्यो।सोहि भेटलाई लिएर आइतबार पुनः प्रचण्ड र ओलीबीच पनि भेटवार्ता भयो जहाँ पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पनि समेटिए। अनि फेरी सुरु भयो सत्ताघटक भेटवार्ता। प्रधानमन्त्री दाहालले सत्तामा बसिरहन र सत्ताको नेतृत्व गर्न आफूहरूसित ‘जादुयी नम्बर’ रहेको र पूरै अवधि सरकारमा बस्ने बताएको साता दिनमै कांग्रेस र एमालेको नेतृत्वबीच भएको…
काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई सोमबार अदालत पेश गरिने भएको छ । शुक्रबार राति पक्राउ परेका थापालाई नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा सुनुवाइका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । तर उक्त मुद्दामा आइतबार सुनुवाइ नै भएन । आइतबार पालो नआएको भन्दै पुनः सोमबार ल्याउन अदालतले आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । ‘आज नभ्याउने भएकाले भोलि पुनः अदालत पेश गर्न आदेश भएको छ । अब भोलि अदालत पेश गछौं ।’ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा थापाविरुद्ध प्रहरीले यसअघि…
काठमाडौं: प्रहरीले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सीइओ सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार भट्टराईलाई काठमाडौँको विशालनगरबाट पक्राउ गरिएको हो । लालीगुराँस सहकारीको ६ अर्ब रुपैयाँ अपचलन गरेको उनीमाथि आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । उक्त सहकारीले बचतकर्ताकाे १० अर्ब भन्दा बढि ठगेकाे अभियोग छ । रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइने एसएसपी भट्टराईले बताए । उनलाई अनुुसन्धानका लागि आईतबार…