Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति काम खोज्नै प्रयास गर्दैनन्। पर्केकामध्ये १४.३ प्रतिशत व्यक्तिले काम खोजेर पनि पाउन नसकेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ मा उल्लेख छ। प्रतिवेदनअनुसार वैदेशिक रोजगारीबाट फर्केका ७५ प्रतिशत महिला बेरोजगार छन्। उता आर्जन गरेको पुँजी, सीप र प्राविधिक ज्ञानलाई उपयोग गरी स्वरोजगार बन्नेको संख्याभन्दा बेरोजगार हुनेको संख्या बढी छ। ४२.२ प्रतिशत मात्रै रोजगार तथा स्वरोजगारमा संलग्न भएको अध्ययनले देखाएको छ। प्रतिवेदनअनुसार कुनै पनि काममा संलग्न नहुने र बेरोजगार हुनेमा कर्णाली प्रदेश र सुदूरपश्चिम…

Read More

काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्तिविशेषका कारण सेयर बजार प्रभावित हुन नहुने बताएका छन् । कम्पनीको वित्तीय अवस्था र सरकारको आर्थिक नीतिका आधारमा सेयर कारोबार हुनुपर्ने भन्दै उनले त्यसमा कोही व्यक्ति आउनु र जानुले सरोकार राख्न नहुने बताएका हुन् । प्रतिनिधिसभामा नेपाल धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने ‘कम्पनीको वित्तीय अवस्था र भावी वित्तीय अवस्था कस्तो हुन्छ भनेर सेयर खरिद गर्ने हो,सरकारले कस्तो नीति नियम बनाउँछ र तिनको कार्यान्वयन कस्तो हुन्छ भनेर कारोबार गर्ने हो, व्यक्तिविशेष जो आए पनि गए पनि सेयर बजार प्रभावित हुनुपर्दैन ।’

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९(कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका योजना, रणनीति तथा क्रियाकलाप सार्वजनिक गरेको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमण फैलिन नदिन गरिएको तयारीबारे जानकारी गराएको हो। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस प्रभावित मुलुकमा नेपालबाट हुने हवाई उडानहरू महामारीको अवधिभरि बन्द गर्ने योजना बनाएको जानकारी दिए। मन्त्रालयले सार्वजनिक गरेको रणनीतिमा ‘पकेट एरिया लक डाउन’ गर्ने उल्लेख छ। जसमा बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेशसमेत रहने छन्। त्यसैगरी, कोभिड–१९ प्रभावित मुलुकहरूमा नेपालबाट हुने हवाइ उडान महामारी अवधिभरको लागि स्थगन गरिने सरकारको रणनीति छ। स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाका बन्द गर्ने, अत्यावश्यक…

Read More

काठमाडौँ: सरकारले श्रम आप्रवासनको विविध आयामलाई समेटेर ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री रामेश्वर राय यादवले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । मुख्यतः पाँच भागमा छुट्याइएको प्रतिवेदनमा श्रम आप्रवासन अवस्थाको सिंहावलोकन, वैदेशिक रोजगार संक्षिप्त परिचय, नेपालमा श्रम आप्रवासनको सुशासन, क्षेत्रगत मुद्दाहरु र सुधारका क्षेत्रलाई विस्तृतमा अध्ययन गरिएको छ । प्रतिवेदनले श्रम आप्रवासनका क्षेत्रमा राष्ट्रिय, द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी तहमा नेपालले शुरुआत गरेको सुधारका प्रयासलाई समेटिएको छ । तथ्यमा आधारित नीति निर्माणको महत्वलाई प्राथमिकता दिँदै प्रतिवेदनले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीका आधारमा नेपालको श्रम आप्रवासनको प्रवृत्तिको विस्तृतमा…

Read More

भक्तपुर: कोरोना भाइरस (कोभिड–१९) को असरले बजारमा माक्स, सेनेटाइजर र औषधिको अभाव देखाई कालोबजारी गर्ने गरेको गुनासो आएपछि भक्तपुर नगरपालिकाले आज औषधि पसलहरुको अनुगमन गरेको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा जगाति र च्याम्हासिंमा सञ्चालनमा रहेका औषधि पसलको अनुगमनको क्रममा उच्च रक्तचाप र मधुमेहको औषधिको अभाव भएको पाइएको छ । अनुगमनको क्रममा चाँगुनारायण पोलिक्लिनिक प्रालिका सञ्चालक सुजित श्रेष्ठले उच्चरक्तचाप र मधुमेहको औषधिको अभाव भएकोे बताउनुभयो । त्यसैगरी अनुगमन गरिएका उक्त पोलिक्लिनिकलगायत जगाती मेडिकल हल, सुसा फर्मेसीमा क्लिनिक, नवदुर्गा औषाधि पसल, यातु औषाधि पसल, च्याम्हासिं मेडिकल हललगायतमा गरिएको अनुगमनमा औषधि अभाव हुन नदिन आवश्यकताभन्दा बढी बिक्री वितरण…

Read More

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से झण्डै ४६ अङ्कले घटेको छ । नेप्से ४५.९१ अङ्कले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ९.१९ ले घटेर २९५.५० मा पुगेको छ । कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर रु दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोवार भएको छ । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको…

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी गराएको छ । प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानूनी प्रबन्ध रहेको छ । प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरी गत माघ १७ गते आयोगसमक्ष नयाँ महसुल दर बुझाएको थियो । सोहीअनुसार आयोगले आगामी चैत १४, १६ र १७ गते सार्वजनिक सुनुवाइ गर्ने भएको छ । आयोगले सार्वजनिक सुनुवाइमा सहभागी हुन सबै सरोकार भएका पक्षलाई आग्रह गरेको छ । सार्वजनिक सुनुवाइ फेसबुक, युट्यूब…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको नवौँ दिन आज उहाँको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख छन् । त्रिवि शिक्षण अस्पतालमा उहाँको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणलाई निरन्तरता दिइएको छ । उहाँको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको र नियमित आहार लिइरहनुभएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मिर्गाैलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसक्नुभएको छ । प्रधानमन्त्री ओलीलाई चिकित्सक र परिवारको परामर्शमा केही दिनमा निवास फर्काइने तयारी छ । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले आज उहाँलाई पहिलो पटक भेट्नुभएको छ । यसअघि बुधबार घर फर्कनुपूर्व…

Read More

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा ‘अध्यागमन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद कोमल वलीले पुरानो कानूनलाई समसामयिक व्यवस्थासहित परिमार्जन गरिनुपर्ने बताउनुभयो । सांसद प्रकाश पन्थले अध्यागमन विधेयक, २०४९ किन खारेज गर्नु परेको भन्ने कुरा विधेयकमा आएको छैन भन्नुभयो । विधेयकमा दण्ड सजाय बढाइएकाले विदेशी पर्यटक आउन पनि प्रभाव पार्छ कि भन्नेतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद रामनारायण बिडारीले ८० प्रतिशत कानून कार्यपालिकाले बनाउन थाल्नु र २० प्रतिशतमात्र कानून संसद्ले बनाउन थाल्नुले व्यवस्थाप्रति नै निराशा देखाउन खोजेको…

Read More

काठमाडौँ : पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले गाभ्ने तथा गाभिने प्रक्रियालाई निरन्तरता दिएका छन् । सोही क्रममा आजदेखि प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोवार शुरु गरेको छ । गत असारमा भएको सम्झौताबमोजिम प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोवार थालेको हो । प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले एकीकृत कारोवार शुरु भएको घोषणा गर्नुभएको हो । कार्यक्रममा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीको सहभागिता थियो । कैलाशको १०० कित्ता शेयर बराबर प्राइमको ९४ कित्ता शेयर रहने गरी समझदारी भएको थियो । नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राइमलाई एकीकृत कारोवार गर्न स्वीकृति दिएको थियो । कैलाशको…

Read More