Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ पुगेको छ । बढेको मूल्य नेपाली सुन चाँदी व्यवसायमा नयाँ कीर्तिमान भएको व्यवसायीहरुले बताएका छन् । सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको खरिद बिक्री मूल्यअनुसार छापावलको सुनको मूल्य ८० हजार ३ सय छ भने तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार खुलेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ । आइतबारको तुलनमा सुनको मूल्य प्रतितोलम १५ सयले बढेको भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ । मूल्य बढेसँगै पुराना गहना बिक्री गर्न आउने ग्राहक बढेको सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले…

Read More

काठमाडौं : केही समयअघि मात्रै नेकपाले सार्वजनिक गरेको आचारसंहिता स्वंय सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लंघन गरेका छन । ओलीले आफ्नो ६९ औं जन्मदिन मनाउने क्रममा तेह्रथुमको आठराई गाउँपालिकामा सार्वजनिक विदा दिने र भव्य रुपमा केक काटेर मनाउने शैलीले नेकपाको आचारसंहिताको खिल्ली उडाएका छन। नेकपाले एक महिनाअघि सार्वजनिक गरेको आचार संहिताको बुँदा नम्बर २ का अनुसार ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गनु्र्रपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्छ ।’ भन्ने रहेको छ। आचारसहिताले जन्मदिन घरपरिवारमा सिमित राख्नुपर्ने उल्लेख…

Read More

काशीराम शर्मा बाँके: बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको भविष्य अन्योलमै छ । नहरमा मर्मतपछि चार क्युमेक्सभन्दा बढी पानी थेग्न सक्छ भन्ने विश्वास आयोजनाका प्राविधिकहरुमा छैन । पश्चिमी र पूर्वी गरी आयोजनाका दुई मूल नहर छन् । पश्चिमी नहरबाट ३३ हजार ७६६ र पूर्वी नहरबाट नौ हजार हेक्टर गरी ४२ हजार ७६६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । जीर्ण पश्चिमी नहर मर्मत गरेर बढीमा तीन घनमिटर प्रतिसेकेण्ड (क्युमेक्स) सम्म पानी सञ्चालन भएको छ । आयोजनाले कुन विधिबाट, कसरी मर्मत गर्दा नहर टिकाउ हुन्छ भन्ने यकिन गर्न सकेको छैन । …

Read More

काभ्रेपलाञ्चोक: जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पु¥याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बन्नुभएको छ । उहाँले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पु¥याउनुभएको छ । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि एम्बुलेन्स खरिद गरिएको जनाइएको छ । वडा नं ५ र ११ मा रहनेगरी दुवै वडास्थित एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षद्वयलाई आइतबार कार्यक्रममा संविधानसभा सदस्य तीर्थ लामाले हस्तान्तरण गर्नुभयो । सरकारद्वारा कर छुटसहित रु २१ लाख ५२० मा दुई एम्बुलेन्स खरिद गरिएको हो । ती एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला…

Read More

चितवन: गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताउनुभएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र काठमाडौँद्वारा रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवद्र्धन’सम्बन्धी तालीमको आज शुभारम्भ गर्दै उहाँले औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले उत्पादन बढाइ निर्यातमा वृद्धि गर्न आग्रह गर्दै आन्तरिक सुरक्षा व्यवस्था सबल बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाकर्मीको मनोवल उच्च बनाउन गृह मन्त्रालयले काम गरिरहेको छ । प्रहरी चौकी निर्माण र पुनः निर्माणको काम भइरहेको छ ।” गृहमन्त्री थापाले राजमार्गमा राखिएकासडक बोर्डको दस्तुर सङ्कलन केन्द्रले समस्या बनाएको हुँदा ती केन्द्रलाई जिल्लाको सीमा क्षेत्रमा…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कार्यदलले सुझावसहित दिएको एमसीसीको प्रतिवेदनलाई कसरी अघि बढाउने, संविधान संसोधनका लागि कार्यदल गठन भएपछि उत्पन्न प्रतिक्रिया एवंम रिक्त रहेको उपसभामुख पद कसलाई दिने भन्नेमा समेत दुई अध्यक्षबीच सघन छलफल भइरहेको बुझिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई नेताबीच अनौपचारिक भेट भएकाले ठोस यही नै विषयमा वार्ता भएको भन्ने नभएको बताएका छन ।

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । अर्थमन्त्रीसमेत रहनुभएका मन्त्री खतिवडाले आज सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनता समक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउन सरकार र आमसञ्चार माध्यमबीचको सहकार्यको आवश्यकता औँल्याउनुभयो । मन्त्री डा खतिवडाले भन्नुभयो, “सञ्चारसम्बन्धी केही विधेयक निर्माण प्रक्रियामै छन्, त्यसलाई छलफल गरेर मात्र ल्याइनेछ, सङ्घीयताको पूर्ण कार्यान्वयनसँगै लोकतन्त्रलाई बलियो बनाउन पनि सरकार र सञ्चारमाध्यमबीच सहकार्य हुन आवश्यक छ ।” उहाँले आम नागरिकप्रति मर्यादित…

Read More

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यामा नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गीअड्डामा आइतबार साँझ आयोजित स्वागत तथा सांस्कृतिक कार्यक्रममा सरिक भएकी छिन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत उपस्थित रहेका थिए । संवैधानिक निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकृत, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको समारोहमा उपस्थिति थियो । उक्त संस्कृतिक कार्यक्रममा सेनाले देशको जातीय आधारमा पहिचान झल्किने नृत्य प्रस्तुत गरेको थियो। आज साँझको यस कार्यक्रम संगै सेना दिवससंग सन्दर्भित सबै कार्यक्रम सम्पन्न भएको समेत सेनाले जनाएको छ।

Read More

काठमाडौं : आज फागुन ११ गते आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइट अवलोकनकर्ताको भीड ह्वात्तै बढेको छ । शेयर बजार उकालो लाग्न थालेपछि वेबसाइट हेर्ने आउनेको भीड बढेको हो । नेप्सेका आईटी प्रमुख निरन्जन सिंह नायकका अनुसार आज १२ हजारले एकैपटक वेबसाइट भिजिट गरेको बताए । उनले भने ‘१२ हजारले एकै पटक नेप्सेको वेबसाइटमा क्लिक गरिरहेका छन् ।’ उनका अनुसार अन्य समयमा एक हजारदेखि १२ सयले एकै पटक नेप्सेको वेबसाइट खोल्ने गरेकोमा आज त्यो संख्या १२ गुणाले बढेको हो । ह्वातै ट्राफिक बढ्दा कारोबार अवधिमा वेबसाइटमा डाटा देखिन केहि समय लागेको उनले बताए । यद्यपि डाटामा भने…

Read More

काठमाडौं : नेप्से परिसूचकमा आज आइतबार उछाल आई बजार १५०० को विन्दू पार गर्न सफल भएको छ । आइतबार सुरुवातदेखि नै तीव्र गतिमा उछाल आउँदा बजार कारोबारको २ घण्टा र केही मिनेटको समयमा नै १५०० को विन्दू पार गर्न सफल भएको थियो । नेप्से परिसूचकमा ६९ दशमलब ५६ विन्दूको बढोत्तरीसँगै नेप्से परिसूचक १५०४ दशमलब १४ को विन्दूमा पुगेको छ । यो अवधिसम्म ३ अर्ब बढीको सेयर कारोबार भएको छ । बजारमा एकैदिन ४ दशमलब ८५ प्रतिशतको बढोत्तरीको निकै दुर्लभ घटना भएको छ । राम्रा र बलिया कम्पनीमा उच्च खरीद चाप भएका कारण सेन्सेटिभ इण्डेक्स पनि एकैदिन १७ दशमलब ०७…

Read More