Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ पर्सी फागुन ७ गते चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । निर्वाचन आयोगका अनुसार, राष्ट्रपतिको समुपस्थितिमा फागुन ७ गते आयोग परिसरमा मूल समारोह कार्यक्रम आयोजना गरिनेछ । उक्त कार्यक्रममा आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, ९२०७६÷०७७–२०८०÷०८१०, निर्वाचन स्मारिका– २०७६ र निर्वाचन न्याय, स्रोत पुस्तिका– २०७६ को लोकार्पण हुनेछ । विसं २०१५ को संसदीय आम निर्वाचन प्रारम्भ भएको फागुन ७ को दिनलाई २०७३ सालदेखि निर्वाचन दिवसका रुपमा मनाउन शुरु गरिएको हो । उक्त निर्वाचन पहिलो बालिगमताधिकारका आधारमा भएको आम निर्वाचन थियो । निर्वाचन…
हेटौँडा : वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा—धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । आत्मनिर्भरता बढाउँदै समृद्धितर्फ जाने उद्देश्यका साथ प्रदेश सरकारले विद्युतिय बस सञ्चालन गर्न लागेको हो । प्रदेश सरकारले ‘प्रदेश यातायात निगम’ स्थापनाको तयारी अघि बढाइसकेको जनाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतिय बसको सञ्चालनले प्रदेशलाई समृद्ध बनाउने बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले यस्ता गौरवका योजना छिटो नै सम्पन्न गरेर समृद्ध प्रदेश निर्माण गर्नेछ । उहाँले सरकारले दुई वर्षभित्र समृद्धितर्फ जाने गौरवका योजनाको डिपिआर…
दार्चुला : जिल्ला सदरमुकाम खलङ्गाबाट आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्केका उपप्रधानमन्त्री ईश्वर पोखरेल हवाई निरीक्षण गरेर फर्किएका छन । व्यास क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न बाक्लो हिउँ जमेका कारण हवाई निरीक्षण गरेरै फर्किएका हुन । त्यस क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टरबाटै अतिक्रमित क्षेत्रको निरीक्षण गरेर फर्किएको टोलीमा सहभागी सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले बताइन । “हेलिकोप्टर ल्यान्ड हुने अवस्था भएन”, उनले भनिन, “हेलिकोप्टरबाटै भारतले अतिक्रमण गरेको क्षेत्र हेरियो ।” भारतले तीन–तीन किलोमिटर क्षेत्रमा राखेका सुरक्षा पोष्ट देखाइएको उनले बताइन । उनले भनिन, “हाम्रोतिर निकट भविष्यमै सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट ९बिओपी० राख्ने प्रस्तावित स्थलसमेत देखाइएको…
काठमाडौं : नेपालका दिवेश पोखरेल अमेरिकन आइडलमा छनोट भएका छन्। काठमाडौंका दिवेश पढाइको सिलसिलामा अमेरिका पुगेका हुन्। दिवेश अमेरिकन आइडलको १८ औं सिजनमा प्रतिस्पर्धाका लागि सहभागी भएका थिए। आइतबार दिवेश अमेरिकन आइडलमा छनौटमा परेका हुन्। अडिसनमा दिवेशले बब डाइलनको ‘गर्ल फ्राम दि नर्थ कन्ट्री’ भन्ने गीत गाएका थिए। जुन आइडलका सबै जजले मन पराएका थिए। उनको गीत सुनेपछि सबै जजले दिवेशलाई ‘हलिउडमा स्वागत छ’ भनेका थिए। दिवेश पोखरेलले आफ्नो स्टेज नाम ‘अर्थर गन’ रहेको बताएका छन्। अमेरिकन आइडलमा हाल जजका रुपमा चर्चित गायक गायिका लुक ब्रायन, केटी पेरी र लयोनल रिची छन्।तीनै जजले दिवेश पोखरेलको…
काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार मुद्दामा सफाइ पाएका छन् । आज सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिएको हो । बलात्कारको आरोप पुष्टि नभएको अदालतले ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिने फैसला गरेको हो । संघीय संसद सचिवालयमा कार्यरत् कर्मचारी रोशनी शाहीले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरी दिएपछि महराले बलात्कार प्रयासको मुद्दा खेपिरहेका थिए । आफूमाथि अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।
चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आज विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक रहेका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार पाठकको टाउकोमा चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आक्रमण गरेको अभियोगमा प्रहरीले रामपुरबाट तीनजना विद्यार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार पक्राउ पर्नेमा प्रेम घर्ती, सबित सुवेदी र अभिषेख न्यौपाने रहेका छन् । तत्कालीन अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुबीच झडप भएको हो । पाठक तत्कालीन अनेरास्ववियुका जिल्ला अध्यक्ष हुन । पक्राउ परेकाहरु अखिल क्रान्तिकारी निकट रहेको जनाइएको…
काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकले पहिलो संविधानसभाका सदस्य सिद्धार्थकुमार सोमानी र राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा दिवङ्गत सोमानी र उपाध्यायको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो । सांसद उपाध्याय २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश नं। ५ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । क्यान्सर रोगका कारण स्व। नेता उपाध्यायको ५१ वर्षको उमेरमा यही फागुन २ गते उपचारका क्रममा निधन भएको थियो । त्यसैगरी स्व। सोमानी विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा…
चितवन : नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताए । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रस्ट पारे । सरकार परिवर्तनको विषय सत्ता पक्षको आन्तरिक विषय भएको उनको भनाइ थियो । उपसभापति निधिले भने, “हामी सरकार ढाल्नेमा छैनौँ । आफ्नै महाधिवेशनको तयारीमा जुटेका छौँ ।” उनले नेपाली काँग्रेसको चौधौँ महाधिवेशन सार्वजनिक भएको तालिकाअनुसार नै सम्पन्न हुने बताउँदै पार्टीभित्र सैद्धान्तिक विषयमा कुनै मतभेद नरहेको तथा पार्टी विधान र सहमतिअनुसार नै चलेको छ भने । काँग्रेस प्रतिपक्षको भूमिकामा नचुकेको दाबी गर्दै…
काठमाडौं : सरकारबाट प्राप्त अनुदान रकम हिनामिना गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको लानास्थित केदारेश्वर उच्च माध्यमिक विद्यालयको तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार अध्यक्ष बोहोराले जिल्ला शिक्षा कार्यालय डोटीबाट विद्यालय भवन निर्माण र छात्रवृत्ति प्रदानका लागि भनेर प्रदान गरिएको ४१ लाख ५४ हजार ५ सय रुपैयाँ मध्येबाट ७ लाख २९ हजार ९ सय ४६ रुपैयाँ ४१ पैसा हिनामिना गरेको भेटिएको छ । बोहोराले जिल्ला शिक्षा कार्यालय डोटी र विद्यालयको आन्तरिक स्रोतको गरी ४१ लाख ५४ हजार ५ सय रुपैयाँ पेश्की लिएका…
जनकपुरधाम : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बलात्कार गर्नेहरुमध्ये २ जना प्रहरी नियन्त्रणमा रहेको जिप्रका धनुषाले जनाएको छ । बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारतको विहार प्रान्त मधुवनी जिल्लास्थित कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्रकुमार सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जनाए । फरार रहेका २ जनाको खोजी कार्य तिव्ररुपमा भइरहेको प्रहरी निरिक्षक झाले जानकारी दिए ।
