काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।
आज सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिएको हो ।
बलात्कारको आरोप पुष्टि नभएको अदालतले ठहर गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिने फैसला गरेको हो ।
संघीय संसद सचिवालयमा कार्यरत् कर्मचारी रोशनी शाहीले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरी दिएपछि महराले बलात्कार प्रयासको मुद्दा खेपिरहेका थिए ।
आफूमाथि अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।
Facebook Comments Box