Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भीमदत्तनगर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा आज गोठमा आगलागी हुँदा दश वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा दश वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए । घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ । “गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ”, प्रहरी सहायक निरीक्षक पन्तले भने, “आगलागी कसरी भयो भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दैछौँ ।” उनले आगलागीबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । प्रहरीका अनुसार बालिका स्थानीय सूर्योदय…
काठमाडौँ: थ्रीस्टार क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको अङ्क तालिकामा तेस्रो स्थानमा उक्लेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा थ्रीस्टारले साविक उपविजेता सङ्कटालाई १–० गोल अन्तरले पराजित गर्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको हो । थ्रीस्टारको जीतमा अनन्त तामाङ नायक बने । उनले खेलको दोस्रो हाफमा गोल गरेका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अनन्तले खेलको ६१ औँ मिनेटमा थ्रीस्टारको लागि निर्णायक गोल गरे । खेलमा थ्रीस्टारका विक्रम लामा म्यान अफ दि म्याच घोषित भए । जारी प्रतियोगितामा थ्रीस्टारले ११ खेलमा २० अङ्क…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विरोध गर्दै संसद बैठक अवरुद्ध गरेको छ । कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि रोकिएको प्रतिनिधिसभाको बैठक २ दिनका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो १ः२० बजेतिर शुरु भएको प्रतिनिधिसभा बैठकको शुरुमै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसको अवरोध जारी गरेपछि सभामुख अग्नि सापकोटाले आधा घण्टाका लागि स्थगित गरेका थिए । सभामुख सापकोटाले दिउँसो २ः१० बजे पुनः बस्ने गरी बैठक स्थगित गरेपनि बैठक शुरु हुन सकेन । संघीय संसद सचिवालयले अब अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जनाएको छ । बालुवाटारको…
बागलुङ: तीन जनाको ज्यान जाने गरी तमानखोला गाउँपालिका–३ बुलबुलेमा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ । ग १ त ५७६२ नम्बरको ट्र्याक्टर म्याग्दीको मालिका गाउँपालिका–२ बाट तमानखोला गाउँपालिका–१ बोङ्गादोभान जाने क्रममा दुर्घटनामा परेको थियो । ट्र्याक्टरमा मालिकाका प्रताप पुनको बिहेमा हिँडेका ३५ जन्ती सवार थिए । कच्ची सडकमा ट्र्याक्टरमा जन्ती बोकेर चालकले कमजोरी गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले बताए । “चालक, यात्रु दुवै पक्षको लापरवाही देखिन्छ”, उहाँले भन्नुभयो, “सामान्य सजगता पनि अपनाएको पाइएन ।” प्रहरीले चालक ३५ वर्षीय रमेश घर्तीलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । पैदल जान गाह्रो भएपछि…
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध दायर गरेको मुद्धामा निर्दोषहरु परेको आरोप लगाउँदै काँग्रेस भातृसंगठनहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार काठमाडौंको माइतीघरमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन् । अख्तियारले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजय गच्छदार लगायत १७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
काठमाडौं: चीनमा रहेका सन्तानलाई नेपाल फर्काइदिन आग्रह गर्दै शुक्रबार गृहमन्त्रालय पुगेका अभिभावक निराश भएर फर्किएका छन् । चीनको वुहानमा कोरोना भाइरस फैलिएपछि त्रासमा रहेका सन्तानलाई नेपाल फर्काइदिन आग्रह गर्दा गृहमन्त्री रामबहादुर थापाको जवाफले उनीहरुलाई निरास बनाएका हुन् । शुक्रबार भएको भेटका क्रममा गृहमन्त्री थापाले एक हप्ताभित्र फर्काउने तयारी गरेको तर कहिले फर्काउने भन्ने थाहा नभएको जवाफ दिएको अभिभावकले बताएका छन् । गृहमन्त्रीलाई भेटेर फर्किएका उनीहरुले भने, ‘एक हप्ताभित्रमा ल्याउँछौं, चिन्ता नगर्नुस् भन्नु भएको छ । कहिले ल्याउने थाहा छैन ।’ तर एक हप्ता भन्न थालेकै धेरै भइसकेको भन्दै उनीहरुले आफ्नो आग्रहलाई सरकारले बेवास्था गरेको गुनासो गरे ।…
काठमाडौं: झापाको चारपानेमा भारतीय नागरिक सुवान शेखको हत्या गरी जलाएको खुलेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा पनि लिएको छ । २१ माघको विहान विर्तामोड २ चारपानेमा एक व्यक्तिको शव जलाएको अवस्थामा भेटिएको थियो । मृतक भारत घर भई करिव १० वर्षदेखि चारपाने क्षेत्रमा बस्दै आएका ४० वर्षका सुवान शेख भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार २० गते मादक पदार्थ सेवन गरेका करण चौधरी र लक्ष्मण यादवको शेखसँग विवाद भएको थियो । त्यहाँबाट गएका उनीहरु फेरि त्यही ठाउँमा आइपुग्दा पनि शेखलाई भेटेपछि थप विवाद भएको र त्यही क्रममा ढुंगाले हानेका थिए । ढुंगा…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आशनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिए । सांसद विश्वकर्माले काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताए । उनले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा हुने गरी सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको आरोप लगाए । काँग्रेसले यही विषयमा विरोध जनाउँदै बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको थियो । यही माघ २२ गते आयोगले…
धनगढी: नेपालमा हालै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपालले ५१ स्वर्णसहित २०६ पदक प्राप्त गरेर भारतपछिको दोस्रो स्थान हासिल गर्न सफल भयो । यस प्रतियोगितामा नेपालको सुदूरपश्चिम क्षेत्रबाट सहभागी खेलाडीले मात्र १२ स्वर्ण, ३१ रजत र ३० कास्य पदक दिलाएका थिए । सुदूरपश्चिम क्षेत्रबाट एकल र समूहतर्फ गरी ५९ पुरुष तथा महिला खेलाडी सहभागी थिए । यहाँबाट विभिन्न खेलका नौ प्रशिक्षक सागको बन्द प्रशिक्षणदेखि नेपाली टिम प्रशिक्षणमा व्यस्त रहे । खेलकूदमा यस्तो उल्लेखनीय उपस्थिति यसपटक मात्र नभएर अघिल्लो सागमा पनि सुदूरपश्चिम क्षेत्रको रहेको थियो । क्रिकेट, कुस्ती, भारत्तोलन, तेक्वान्दो, हक्की, भलिबल, कवड्डी, फुटबल र…
दमौली: तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनाल ‘घाँसी बाजे’ को नामबाट परिचित छन् । ७० वर्ष उमेर पूरा भइसकेका उनले घाँस खेतीबाटै दामसँगै नाम पनि कमाएको छ । उनलाई चिन्नेहरु तनहुँमा मात्रै होइनन्, देशभर छन् । उनलाई सबैले ‘घाँसी बाजे’ को नामबाट बोलाउने गर्दछन् । खनालले घाँस बिक्रीबाटै वार्षिक लाखौँ आम्दानी गरिरहेको छ । खनालले यो वर्ष करिब रु २५ लाखको घाँस बिक्री गर्ने लक्ष्य राखेको छ । यो वर्षको वर्षायाममा खनालले रु नौ÷दश लाखको घाँस बिक्री गरिसकेको छ भने अझै रु १५ लाखको घाँस बिक्री हुने क्रममा रहेको खनालले जानकारी दिए । “झण्डै रु दश लाखको घाँस…
