Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंकको २१ लाख सात हजार ३७ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । बैंकको उक्त परिमाणको शेयर लाभांश आज सूचीकृत भएको हो । जनउत्थानको २० प्रतिशत लाभांश यस्तै जनउत्थान साुमदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २० प्रतिशत अर्थात् रु ५७ लाख ६० हजार बराबरको शेयर लाभांश दिने भएको छ । बैंकको हाल कूल चुक्ता पूँजी रु दुई करोड ८८ लाख रहेको छ । यस्तै बैंकले गत साधारणसभाको निर्णयअनुसार हकप्रद शेयर प्रक्रियामा रहेको र उक्त शेयर बिक्री भएपछि कायम हुन आउने चुक्ता पूँजी रु पाँच करोड ७६ लाखको दश प्रतिशतको दरले वितरण…

Read More

काठमाडौँ: धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ विन्दुले घटेर २४६.४७ विन्दुमा झरेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर रु ३० करोड आठ लाख १४ हजार ३८७ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । बैंकिङ ३.१७, होटल १.६९, विकास बैंक ३.०७, जलविद्युत् १३.८५, निर्जीवन…

Read More

काठमाडौं: मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्या गम्भीर त्रुटि गरेको औँल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरुमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा ४ वटा सिफारिस र २४ वटा निर्देशन दिएको छ । अनुसन्धान क्रममा प्रहरीबाट शृंखलाबद्ध गल्ती भएको र डीएनए परीक्षणमा विज्ञहरुबाट लापरबाही गरिएको आयोगले जनाएको छ । यो समाचार घनश्याम खड्काले कान्तिपुरमा लेखेका छन् ।

Read More

काठमाडौँ: फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । टर्कीका इगा प्रोजेक्टले फ्री भिसा र टिकटको सुविधा दिएर नेपालका ६ वटा म्यानपावर कम्पनीलाई एक हजार तीन सय कामदार पठाउने कोटा दिएको थियो । उक्त कम्पनीले कामदारसँग अतिरिक्त पैसा नलिन निर्देशन दिए पनि त्यस विपरित म्यानपावर कम्पनीहरुले प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म असुलेको खुलासा भएपछि कामदार फिर्ता पठाएको हो । देशभर छरिएका एजेन्टले विभिन्न प्रलोभन देखाई युरो, मास्टर…

Read More

काठमाडौं: नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका समर्थन र अमेरिकालगायत पक्षधरको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ । सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’मा लिएको भन्दै अमेरिकी दूतावसले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रस्ट पार्न आग्रह गरेको हो । ‘सरकारको धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाएका छौँ,’ अमेरिकी राजदूतावासका एक अधिकारीले भने । दाहालले शुक्रबार भेनेजुएलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए । यो समाचार दुर्गा खनालले कान्तिपुरमा लेखेका छन् ।

Read More

काठमाडौँ: चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १९ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले नेपाल चिकित्सक संघको नेतृत्वमा सोमबारदेखि चिकित्सकहरुले सामूहिक अनशन सुरु गर्ने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् । डा. केसीसँग भएको सहमतिविपरीत प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि चिकित्सकहरुले उनको माग पूरा नभएसम्म अनशन जारी राख्ने भएका हुन् । चिकित्सकहरुले त्रिवि शिक्षण अस्पतालमा दैनिक विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म अनशन बस्ने कार्यक्रम छ ।

Read More

काठमाडौँ: राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ । आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार अनुसन्धान टोलीबाट प्राप्त प्रतिवेदनउपर आयोग बैठकबाट छलफल गरी यही माघ ९ गतेको निर्णयअनुसार आयोगले चारबँुदे सिफारिश एवम् २४ बुँदे निर्देशनसहित आज सरकारसमक्ष पेश गरेको हो । सो विषयमा घटनाको प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अन्त्य नभएसम्म आयोगको अनुगमन जारी रहने जनाइएको छ । गत साउन १० गते बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको घटना सम्बन्धमा आयोगद्वारा कात्तिक २७ गते विज्ञसहितको अनुसन्धान टोली गठन गरेको थियो । पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा…

Read More

काठमाडौँ: नेपाल धितोपत्र बोर्डले स्थायी लेखा नम्बर(प्यान)का सम्बन्धमा सरोकारवाला र बजारका सम्बद्ध पक्षसँग छलफल गराई पूर्वाधार तयारीका आधारमा कार्यान्वयनमा ल्याउने भएको छ । सरकारको चालू आवको नीति तथा कार्यक्रम र बजेटमा दोस्रो बजारमार्फत शेयर खरीद गर्दा खरीदकर्ताले अनिवार्यरुपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । सो सम्बन्धमा अर्थ मन्त्रालयबाट बोर्डलाई निर्देशन प्राप्त भएकामा त्यसको संवेदनशीलतालाई दृष्टिगत गरी प्रणालीगत तथा अन्य पूर्व तयारीका लागि नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरिएको प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो । स्थायी लेखा नम्बरको सम्बन्धमा सरोकार भएका र बजारसँग सम्बद्ध पक्षलाई छलफल गराई पूर्वाधारको तयारीको आधारमा कार्यान्वयन गराइने…

Read More

काठमाडौँ: व्यवस्थापिका संसद्को विकास तथा प्रविधि समितिले दूरसञ्चार प्राधिकरणलाई बुझाउन बाँकी बक्यौता रकम असुली गर्ने प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएको छ । बक्यौता रकम असुली नभएको अवस्थामा अनुमतिपत्रअनुसार सेवा सञ्चालन नगरेका कम्पनीलाई यथाशीघ्र सेवा प्रारम्भ गराउन र अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाउन समितिले निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म नौ कम्पनीको रु दुई अर्ब ९६ करोड ६५ लाख ८५ हजार बक्यौता छ । स्मार्ट टेलिकमको मात्रै रु एक अर्ब ४० करोड ६७ लाख ५८ हजार र युनाइटेड टेलिकमको रु ७९ करोड ४२ लाख ९५ हजार बक्यौता छ । समितिले दूरसञ्चार नीतिलाई समय सापेक्ष बनाउँदै दूरसञ्चार ऐन र…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पछिल्लो समयमा लगातार टे«जरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनःटे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ । बैंकले यसअघि रु पाँच अर्ब ५० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

Read More