Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » तत्काल बक्यौता उठाउ नभए अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाउन समितिको निर्देशन

    तत्काल बक्यौता उठाउ नभए अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाउन समितिको निर्देशन

    पहिलोक्लिकपहिलोक्लिकJanuary 27, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: व्यवस्थापिका संसद्को विकास तथा प्रविधि समितिले दूरसञ्चार प्राधिकरणलाई बुझाउन बाँकी बक्यौता रकम असुली गर्ने प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएको छ ।

    बक्यौता रकम असुली नभएको अवस्थामा अनुमतिपत्रअनुसार सेवा सञ्चालन नगरेका कम्पनीलाई यथाशीघ्र सेवा प्रारम्भ गराउन र अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाउन समितिले निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म नौ कम्पनीको रु दुई अर्ब ९६ करोड ६५ लाख ८५ हजार बक्यौता छ ।

    स्मार्ट टेलिकमको मात्रै रु एक अर्ब ४० करोड ६७ लाख ५८ हजार र युनाइटेड टेलिकमको रु ७९ करोड ४२ लाख ९५ हजार बक्यौता छ । समितिले दूरसञ्चार नीतिलाई समय सापेक्ष बनाउँदै दूरसञ्चार ऐन र नियमावलीको संशोधन प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र नवीकरण गर्दा दस्तुर रकम यथाशीघ्र टुङ्ग्याउनसमेत निर्देशन दिएको छ ।

    ग्रामीण दूरसञ्चार विकास कोषको उपयोगद्वारा अघि बढाइएका परियोजनामा भइरहेको ढिलासुस्तीलाई समाधान गर्दै तोकिएको समयमै गुणस्तर कायम हुने सुनिश्चिततासहित अघि बढाउने र त्यसको विवरण समितिमा उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । दूरसञ्चार सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउनुका साथै ग्रामीण क्षेत्रमा अझै पनि उक्त सेवा सहजरुपमा पाउन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै तोकिएको समयमै हिमालदेखि पहाड हुँदै तराई–मधेशसम्म थप टावर निर्माण गरी दुर्गम क्षेत्रमा रहेका ग्रामीण भेगका जनताले सहज सेवा पाउन सक्ने गरी कार्यक्रम थाल्न निर्देशन दिइएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।

    समितिको बैठकमा सांसदले ग्रामीण दूरसञ्चार कोषको रकमको प्रभावकारीरुपमा सदुपयोग हुन नसकेको भन्दै लक्षित वर्गमा तत्काल सेवा तथा सुविधा पु¥याउन माग गरेका थिए । ठेक्का लागेको लामो समय भइसक्दासमेत काम नभएको भन्दै उहाँहरुले किन त्यस्तो भएको हो, उचित जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिनुपर्ने माग गर्नुभयो । सांसद प्रभु साह, रामबहादुर विष्ट, दामोदर भण्डारी, आशाकुमारी विष्ट, अनिल झालगायतले ग्रामीण दूरसञ्चार कोषको रकम सदुपयोग गर्न र समयमै काम हुने वातावरण बनाउन माग गर्नुभयो ।

    समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङले नेपाली नागरिकलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ विभिन्न चरणमा काम भइरहेको जानकारी दिँदै आगामी दुई वर्षभित्र देशका सबै क्षेत्रमा गुणस्तरीय दूरसञ्चार सेवा पुग्ने विश्वास दिलाउनुभयो । दूरसञ्चार प्राधिकरणमार्फत देशव्यापीरुपमा ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउन प्रयास भइरहेको जानकारी दिँदै उहाँले केही ऐन, नियम तथा कानूनकोसमेत संशोधनको प्रक्रिया अगाडि बढेकाले समयमै काम हुने बताउनुभयो ।

    Facebook Comments Box

    दूरसञ्चार प्राधिकरण
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.