Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: शेयर बजार ओरालो लाग्ने क्रम आजपनि जारी रहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ४६ अंकले घटेर एक हजार १६२ दशमलव ७० अंकमा झरेको छ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार मंगलबार १४ दशमलव ६१ अंकले घटेको थियो । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २६ अंकले घटेर २४७ दशमलव ३३ अंकमा पुगेको छ । आजको कारोवारमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३६ दशमलब ५६ अंकले र बाणिज्य बैंक ८ दशमलब ६५ अंकले घटेका छन् । त्यसैगरी, होटल ५ दशमलब ५४ अंकले, लघुवित्त ५ दशमलब ९३…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव २०७४/७५ को मुनाफा समेतबाट उक्त शेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो । सञ्चालक समितिले सोही हदसम्म जारी पूँजी वा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिको यही पुस १ गते बसेको बैठकले शेयर लाभांशसम्बन्धी निर्णय गरी आज नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको हो । बैंकले प्रस्ताव गरेको उक्त शेयर लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत तथा बैंकको साधरणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ । बैंकले यही पुस २७ गते साधारणसभा बोलाएको…

Read More

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन्। ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन सघाएको भन्ने अमेरिकी सिनेटले सार्वजनिक गरेको ठीक एक दिनपछि आएको हो । उनले भने, “फेसबुक, ट्वीटर र गुगल ‘डेमोक्रेटिक’ को पक्षमा देखिएका प्रष्ट भएको छ जुन निन्दनीय छ ।” उनले थपे, “वास्तवमा ट्वीटरले जनतालाई अमेरिकी राष्ट्रपति ट्रम्पसँग जोडिन धेरै समस्या बनेको छ । उनीहरूले धेरै मेरो समर्थकका धेरै नामहरूलाई हटाइदिएका छन् र तह र गतिको…

Read More

वीरगञ्ज: केही दिनयता भारतको आन्ध्र प्रदेशमा आएको चक्रवातका कारण कृषि सामग्री कम्पनी लिमिटेडको ३० हजार मेट्रिक टन रासायनिक मल विशाखापट्टनम बन्दरगाहमा रोकिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका अनुसार विगत केही दिनदेखि भारतको आन्ध्रप्रदेशमा आएको चक्रवातको कारण विशाखापट्टनम बन्दरगाहमा रहेको रेल्वे लिकमा अवरोध भएपछि युरिया मल २५ हजार मेट्रिक टन तथा पोटास पाँच हजार मेट्रिक टन रोकिन गएको हो । विशाखापट्टनम बन्दरगाहबाट रेल मार्ग हुँदै उक्त रासायनिक मल वीरगञ्जको अलौस्थित एकीकृत जाँच चौकी (आइसिपी)मा आउनुपर्ने लिमिटेडका क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बताए । उनले अन्य रासायनिक मल मौज्दात अवस्थामा रहे पनि पोटासको अभाव भएकाले केही मात्रामा भए पनि…

Read More

धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणका लागि खेलाडी दर्ताको आवेदन खुला भएको छ । आवेदन आजदेखि यही पुस १० गतेभित्र भर्नुपर्ने आयोजकले जनाएको छ । यो संस्करणमा सम्पूर्ण खेलाडीलाई एकै वर्गमा समावेश गरिएको छ । खेलाडीले फर्म भर्दा न्यूनतम रु ३० हजारदेखि अधिकतम दुई लाख ५० हजारसम्म आफ्नो मूल्य निर्धारण गर्न सक्नेछन् । फर्म भर्नका लागि डिपिएलको आधिकारिक वेब पोर्टल धधध।मउयिााष्अष्ब।िअयm मा लगइन गर्नुपर्नेछ । फर्म शुल्क डिपिएलकै वेबसाइटमा दिइएको इ–सेवाको लिङ्कमार्फत भुक्तानी गर्नुपर्नेछ । फर्मको शुल्क रु एक हजार तोकिएको छ । छ टोलीको सहभागिता रहने डिपिएल आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट…

Read More

काठमाडौँ: राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्न पाउने भएका छन् । दुई ठूला क्लबबाट सम्झौता गरेपछि उनी जारी लिग खेल्नबाट वञ्चित हुँदै आएका थिए । अनन्तबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार बाहिर आएपछि लिग खेल्न दुवै थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लबसँग सम्झौता गरेका उनलाई अन्तिम समयमा दुवै क्लबले फुकुवा गर्न सहमति जनाएका हुन् । दुवै क्लबले अनन्तको अनुबन्धन सम्झौता आफूसँग रहेको जिकिर गर्दै प्रतिद्वन्द्वी क्लबबाट खेल्न नदिने अडान लिएका थिए । सोही अडानका कारण राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी अनन्तको खेल भविष्य नै जोखिमपूर्ण बनेको थियो । आज दुवै क्लबका पदाधिकारी अखिल नेपाल फुटबल सङ्घ…

Read More

काठमाडौँ: चक्रपथमा मोनोरेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ महानगरपालिकाले चिनियाँ कम्पनीलाई बुधबार जिम्मा दिएको छ। राजधानीको दुई जिल्ला काठमाडौं र ललितपुर महानगरपालिकालाई जोड्ने गरी डिपिआर तयार पार्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चाइना रेलवे २५औं व्युरो ग्रुप कम्पनी लिमिटेड ओभरसिस विजेनस म्यानेजमेन्ट विभागका प्रमुख झ्यु ग्वाङबिङबीच द्धिपक्षीय सम्झौता (एमओयु) भएको छ। डिपिआर निर्माण भएपछि निर्माण कार्य अघि बढाउने काठमाडौं महानगरपालिकाका मेयर शाक्यले जानकारी दिए। उनका अनुसार परियोजना निर्माण, सञ्चालन र हस्तान्तरण (बुट प्रणाली) अन्तर्गत तयार हुनेछ। चक्रपथमा निर्माण गर्न लागिएको मोनोरेलको सम्भाव्यता अध्ययन पनि सोही चिनियाँ कम्पनीले गरेको थियो। महानगर र चिनियाँ कम्पनीबीच ६ महिनामा…

Read More

हेटौँडा: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ । कार्यालयका अनुसार २०७५ साउनदेखि कात्तिकसम्म विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्य वस्तुको परीक्षण गर्दा दूषित एवम् अखाद्य वस्तु मिसावट गरिएको आरोपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ । खाद्य अनुसन्धान अधिकृत आकाश काफ्लेका अनुसार बारा, पर्सा, मकवानपुर, सर्लाही, चितवन र रौतहटका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सङ्कलित नमूनामा जाँच गर्दा कमीकमजोरी पाइएकाले मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएका ७९ वटा उद्योगमा दुग्धपदार्थ, चियाकफी, तेल,…

Read More

गलकोट: बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । यसका लागि आयोजनाले केही दिन अघि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरसहितको बैठक राखेर छनोटमा परेका स्थानीय तह र गर्नुपर्ने कामको बारेमा जानकारी गराएको नगरप्रमुख पौडेलको भनाइ छ । पौडेलका अनुसार गण्डकी प्रदेशका बागलुङलगायत तनहुँको शुक्लागण्डकी, ब्यास र स्याङ्जाको पुतलीबजार नगरपालिका आयोजना सञ्चालनको लागि छनोटमा परेका छन् । आयोजनाले सूचक तय गरी बजेट…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो पाँच महिना सकिदासम्म जम्मा १२ दशमलब ४६ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ । आर्थिक वर्षकोको शुरुमा विकासका कामले तिब्रता नपाउँदा पूँजीगत बजेटको जम्मा १२ प्रतिशत बजेट खर्च भएको छ । चालू आर्थिक वर्षको कुल पूँजीगत खर्च बिनियोजन ३ खर्ब ५९ अर्ब ५५ करोड मध्ये पहिलो चार महिनामा जम्मा ३९ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । त्यसैगरी, समिक्षा अवधिमा चालू खर्च २९ दशमलब ४१ प्रतिशत पुगेको छ । चालू खर्च तर्फको बजेट बिनियोजनको २ खर्ब ४८ अर्ब खर्च भएको छ । सरकारले चालू खर्च तर्फ ८ खर्ब ४५ अर्ब बिनियोजन गरेको…

Read More