Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
विराटनगर: सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले रु २४ लाख नेपालीसहित दुई भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज–९ का २८ वर्षीय सनोजकुमार साह र ५० वर्षीया सुशीलादेवी गुप्ता साह छन् । जाँचका क्रममा बिआर३८एच ६१४२ नंको भारतीय सुजुकी कारमा रकमसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो । हुण्डिमार्फत नेपालबाट भारत पठाइएको रकम भुक्तानी गर्न ल्याइएको आशङ्का गरिएको छ । उनीहरुको साथबाट २४ लाख १५ हजार नेपाली रुपैयाँ तथा चार हजार ९०० भारतीय रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि सुनसरीको इटहरीस्थित क्षेत्रीय राजश्व…
काठमाडौँ: उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी ‘कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसी’ भाग्न खोजेको उल्लेख गदै धरौटीको रकम जफत गर्ने सरकारको निर्णयमा रोक लगाउन अल्पकालीन अन्तरिम आदेश बुधबारसम्मलाई निरन्तरता दिएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र कृष्णबहादुर थापाको संयुक्त वाणिज्य इजलासले आज सो सिएमसीका तर्फबाट दायर भएको रिट निवेदनमाथि दुवैतर्फको बहस नसकिएकाले बुधबारसम्मका लागि धरौटी जफत गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो । उच्च अदालत पाटनले सो विषयमा यही पुस ५ गते पहिलो चरणको सुनुवाइ गरी आजसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालका…
काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको जितमा आशिष लामाले दुबै गोल गरेका थिए । पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफको ५६औँ मिनेटमा एपिएफका आशिषले पहिलो गोल गरे । यस्तै खेलको ८५औँ मिनेटमा उनले श्याककुमार नेपालीको पासलाई सदुपयोग गर्दै व्यतिmगत दोस्रो तथा विजयी गोल गरे । आर्मीका नवयुुग श्रेष्ठले खेलको ८६आँैं मिनेटमा एक गोल फर्काए पनि दोस्रो गोल फर्काउन नसक्दा आर्मी पराजित…
काठमाडौँ: स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ । सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान गर्ने तयारी गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । क्यामरा जडानमा स्थानीय तहलेसमेत उच्च प्राथमिकता दिँदै आएका छन् । केही महीनाअघि गृहमन्त्री रामबहादुर थापाकै उपस्थितिमा प्रहरी उच्च अधिकारीसँग भएको छलफलमा समेत उपत्यकाको स्थानीय तहका प्रमुखले सिसी क्यामरा…
काठमाडौँ:साताको कारोवारको पहिलो दिन शेयर बजारमा उल्लेख्य सुधार आएको छ । आज आइतबार नेपाल स्टक एक्सचेञ्ज कारोवार मापक नेप्से परिसूचक ३२ दशमलव २४ अंकले बढेर एक हजार १९८ दशमलव १८ अंकमा पुगेको । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव ३१ अंकले बढेर २५५ दशमलव ३८ अंकमा पुगेको छ । आजको कारोवारमा उत्पादन मूलक बाहेक सबै समूहको परिसूचकमा भारी वृद्धि भएको छ । सबैभन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक ३१८ दशमलब ०२ अंकले, जीवन बीमा २४७ दशमलब ३३ अंक र बाणिज्य बैंक २४ दशमलब ९२ अंकले बढेको छ । त्यसैगरी, विकास बैंक २८ दशमलब ६४ अंकले, जलबिधुत…
भरतपुर : कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी दुई रुपैया ५० पैसाका दरले मूल्य बढाएको हो । दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा सामग्री र भिटामिनको मूल्य बढेकाले दानाको मूल्य बढाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए । कुखुराको दाना बानाउन मकै, भटमास पिना लगायतको कच्चापदार्थ आवश्यक हुन्छ । असीदेखि ८५ प्रतिशत मकै, भटमास र पिना भारतबाट आयात हुने गरेको छ । “भटमास नेपालमा भुटेर खानसमेत पुग्दैन”, पुरीले भने, “सय प्रतिशत नै भटमास पिना भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।” नेपालमा उत्पादित मकैले ३० प्रतिशत मात्रै माग…
काठमाडौँ: बीस वर्षमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको सङ्ख्या २१ प्रतिशतले घटेको छ । सन् १९९६ मा ५७ प्रतिशत बालबालिकामा रहेको पुड्कोपन हाल ३६ प्रतिशतमा झरेको नेपाल जनस्वास्थ्य प्रतिष्ठानले शनिबार सार्वजनिक गरेको ‘नेपालमा पुड्कोपना न्यूनीकरण अध्ययन’ प्रतिवेदनमा तथ्याङ्क उल्लेख छ । पछिल्लो समय बालबालिकाको पोषण, मातृशिशु स्वास्थ्य, आमाको खानपान, खानेपानी तथा सरसफाइमा सुधार, आमा सुरक्षा कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविकाको उदाहरणीय भूमिकाले नेपालले पुड्कोपना न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताइएको छ । प्रतिष्ठानका अध्यक्ष डा महेश मास्केले विशेषगरी बालबालिकाको पोषण तथा बालस्वास्थ्यका क्षेत्रमा नेपाललले उल्लेखनीय सुधार गरेकाले पुड्कोपन घटेको बताए । बालरोग विशेषज्ञ प्रा डा रमेशकान्त अधिकारीका अनुसार सन् १९७५ मा…
काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी आज बिहानको बैठकमा नेता प्रदीप ज्ञवालीले प्रतिवेदनका विषयमा आफ्ना भनाइ राखेपछि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आज अपरान्ह ४ः३० बजे बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम छ । “प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनका विषयमा आफ्ना विचार राख्नुभयो, बिहानै अध्यक्षद्वयले छलफलमाथिको प्रतिउत्तर राख्ने सम्भावना थियो, समय अनुकुल भएन त्यसैले आजै ४ बजेपछि पुन बस्ने बैठकमा उनिहरुले विचार राख्नुहुन्छ,…
जुम्ला : छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन । श्रीमान्ले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उनले बताइन । झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै…
काठमाडौँ: सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान पाँच बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो । ४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो । २०७२ वैशाख १२ को भूकम्पपछि त्यसका पराकम्पहरु पछिसम्म पनि आइरहेका थिए । तर, आइतबार बिहान पराकम्प नभइ भूकम्प नै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ सालको भूकम्पले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा भएको थियो ।