काठमाडौँ: पूँजी बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज कारोवार मापक नेप्से परिसूचक ३० दशमलव २६ अंकले बढेर एक हजार २१६ दशमलव २७ अंकमा पुगेको ।
‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव ४१ अंकले बढेर २५८ दशमलव ८२ अंकमा पुगेको छ ।
आजको कारोवारमा सबै समूहको परिसूचकमा भारी वृद्धि भएको छ ।
सबैभन्दा बढी जीवन बीमा ४४३ दशमलब ५ अंक, निर्जिबन बीमा समूहको परिसूचक २४५ दशमलब ०६ अंकले र बाणिज्य बैंक १८ दशमलब ५४ अंकले बढेको छ ।
त्यसैगरी, विकास बैंक २० दशमलब ६९ अंकले, जलबिधुत १९ दशमलब ३४ अंक, होटल ६५ दशमलब ६२ अंक र लघुवित्त ५० दशमलब २१ अंकले बढेका छन्।
स्टकका अनुसार आज कूल १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर ६९ करोड २६ लाख २३ हजार ७४६ मूल्यमा खरीद बिक्री भएका छन् ।