Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । राष्ट्र बैंकले गत आवको तुलनामा लचिलो मौद्रिक नीति ल्याएको छ । निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ । सेयर धितोमा लचकता अपनाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ । व्यक्तिगत कर्जामा रहेको १५ करोडको सीमा भने यथावत छ । तलको लिंक क्लिक गर्नुहोस

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेकाे छ। चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले लगानीकर्ताले लामो समयदेखि राख्दै आएको माग पूरा गरेको हो। मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ। धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान…

Read More

काठमाडौँ : कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०:४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले कान्तिपुरलाई जानकारी दिइन् । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । उपमेयर शाक्यले भनिन्, ‘लामो समयदेखि डायलसिस गराउँदै आउनु भएको थियो । पछिल्लो १ महिनायता समस्या अलि बल्झिएको हो ।’ श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिने पनि उपमेयर शाक्यले बताइन् । नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । वामपन्थीहरूको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा पहिलो…

Read More

काठमाडौँ: राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी यसअघि पनि योजना आयोगको सदस्य थिए। बिहीबारको मन्त्रिपरिषद बैठकले योजना आयोगमा सातै जना नयाँ सदस्य पनि नियुक्त गरेको ती मन्त्रीको भनाइ छ।

Read More

काठमाडौँ: सरकारले अन्ततः कामु मुख्यसचिव लिला देवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो ।

Read More

काठमाडौँ । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ । क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् । उनको अनुसार, आँखा, टाउको, नाकमा चोट लागेको, ढाँडको एउटा हड्डी भाँचिएको र करङको ३ वटा हड्डी भाँचिएकोसमेत अस्पतालले जनाएको छ।

Read More

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि अनुसन्धानका लागि थुनामा रहेका बेचन झालाई रिहा गर्ने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदन अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो। सर्वोच्चले जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले उक्त निर्णय सदर गरेपछि उनी थुनामै रहने भएका छन् । जिल्ला अदालत काठमाडौँले संगठित अपराधमा अनुसन्धानका लागि पटक पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले २०८१ असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा दुई पटकसम्म पेशी तोकिए पनि…

Read More

काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले योसहित ५ वटा निर्देशन दिएको हो । नेपालको हवाई सुरक्षा, आईकाओको रिपोर्ट, कोरियन एयरलाइन्सको एकाधिकार तथा पोखरा र भैरहवा विमानस्थलको सञ्चालनको सन्दर्भमा भएको छलफलमा सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई एक हप्ताभित्र आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिएका छन् । अन्य मुद्दामा दिएको निर्देशन भने अर्को बैठकमा उपस्थित हुँदा लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिए । बैठकमा आईकाओको सन् २०२२ को रिपोर्ट एक हप्ताभित्र समितिमा बुझाउन निर्देशन दिँदै उनले प्राधिकरण…

Read More

काठमाडौं : त्रिभुवन विमानस्थल बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोष्टमार्टम आज पनि जारी राखिएको छ। बुधबार चार वटा शवको पोष्टमार्टम भएकोमा थप शवको आज गरिने त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए। पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल र पोखराबाट समेत चिकित्सकहरूलाई बोलाइएको उनले बताए। एउटा शवलाई पोस्टमार्टम गर्नका लागि कम्तिमा पनि चार घण्टा लाग्ने भएकाले शुक्रबार साँझसम्म आफन्तलाई शव दिने प्रयास गर्ने उनको भनाइ छ। यद्यपि शवको पहिचान गर्न नसकेर डीएनए परीक्षणमा जानुपरेको अवस्थामा भने अझै लामो समय लाग्नसक्ने उनको भनाइ छ। बुधबार बिहान ११ बजेर ११…

Read More

काठमाडौँ:त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनाको शोक मनाउन बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ। बुधबार सिंहदरबारमा बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘यस दुखद घडीमा शोकका लागि सम्बत २०८१ साल साउन १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।’ यस्तै, सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको मन्त्री गुरुङले जानकारी दिए। आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री…

Read More