काठमाडौं । बंगलादेशमा अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुस बनेपछि त्यहाँका अवस्था पहिलेजस्तो भयावह नरहेको त्यहाँ रहेका नेपाली विद्यार्थीले जनाएका छन ।
एक महिना अघिदेखि सुरु भएको कोटा विरोधी आन्दोलन हिंसात्मक बन्दै गएसँगै प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारततिर लागेकी छन् । त्यसपति युनुस आजमात्रै सरकार प्रमुख बनेका हुन । उनले सरकारको बागडोर सम्हालेलगत्तै स्थिती सामान्य बन्दै गएको त्यहाँ रहेका नेपाली विद्यार्थीहरुले बताएका छन ।
बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई यसअघि नै सुरक्षित रहन आग्रह गरेको थियो । हाल बंगलादेशमा करिब ४०० जना नेपाली विद्यार्थी छन् । उनीहरू सुरक्षित रहेको समेत दूतावासले जनाएको छ ।
दूतावासले उनीहरूलाई सम्पर्क गरेर सुरक्षित रहेर बस्नु भनेको थियो । दूतावासले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने र नसकेको खण्डमा नेपाल फर्किन भनेको थियो । तर, आफूहरू सुरक्षित नै रहेकाले नेपाल नफर्किएको विद्यार्थीहरुले बताए ।
