Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र…

Read More

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकारमा पार्टीको नेतृत्व गरेर जाने प्रस्ताव अस्वीकार गरेका छन् । कांग्रेस र एमालेबीच १७ असारमै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । प्रतिनिधिसभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । कांग्रेसमा भने मन्त्रीहरु छनोट सुरु भइसकेको छ । स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले सरकारमा पार्टीको नेतृत्व गरेर जाने नेताबारे छलफल गरेका छन् । नेताहरुका अनुसार दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ यसअघि प्रचण्ड सरकारमा गइसकेकाले नयाँ सरकारमा पठाउने सम्भावना छैन…

Read More

काठमाडौँ: चालू आर्थिक वर्ष २०८०/८१ को एघार महीना अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालू आवको जेठ मसान्तसम्म साढे एक वर्षको वस्तु तथा सेवा तथा १५.१ महिनाको वस्तु आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । विसं २०८१ जेठ मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्दि भई १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । यसैगरी अमेरिकी डलरमा कुल विदेशी विनिमय सञ्चिति…

Read More

काठमाडौँ: बाढी पहिरोले भौगोलिक कठिनाइ आउने भन्दै, सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लिग साउनदेखि लागु नगर्ने निर्णय गरेको छ। बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र लागू गर्ने निर्णय भएकोमा तत्कालका लागि पछि हटेको हो। बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय प्ररिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय प्ररिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताइन्। यस्ता छन्…

Read More

काठमाडौँ: अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो। जसमा ३३ पुरुष र २५ महिला, २५ बालबालिका रहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक ९डीआईजी० दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए। घाइते हुनेमा ५१ पुरुष, ३६ महिला, १९ बालबालिका रहेका छन्। घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला रहेका…

Read More

काठमाडौँ: प्रधानमन्त्री अल्पतमा परेपछि प्रतिनिधि सभामा विश्वासको मत नपाए संविधानको धारा ७६ को उपधारा (२) कि (३) अनुसार सरकार गठन हुन्छ भन्नेमा बहस जारी छ। यता, नव गठित नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार उपधारा (२) अनुसार नै हुने भन्दै कम्तीमा १७८ सांसदको हस्ताक्षर तयार गरेका छन्। युक्त सांसदहरूको हस्ताक्षरसहित धारा ७६ (२) अनुसार सरकार गठनको दाबी गरिने कांग्रेस स्रोतले जानकारी दिएको छ। सरकारलाई समर्थन गर्ने ठूलो दलले साथ झिकेपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। तर, उनले विश्वासको मत पाउने सम्भावना नभएपछि प्रतिनिधि सभाको ठूलो दलले संविधानको धारा ७६ (३) अनुसार सरकार…

Read More

काठमाडौँ: युरोपियन कपको पहिलो सेमिफाइनलमा गएराती स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पाखा लगाउंदै फाइनल यात्रा तय गरेको छ । म्युनिखको म्युनिख फुटबल एरिनामा भएको पहिलो सेमिफाइनल नेपाली समयअनुसार राति पौने १ बजे सुरु भएको खेलमा खेलको ८ औं मिनेटमै फ्रान्सले लिएको थियो भने त्यसको पहिलो हाफको २१ मिनेटमा स्पेनले बराबरी गोल फर्काएको थियो भने पुनः त्यसको केहि मिनेटमा पुन: स्पेनले दुई गोल गर्दै अग्रता कायम गर्यो। दोश्रो हाफमा कुनै पनि गोल हुन नसकेपनि दुवै टोलिले गोलका अवसरभने निकै बनाएका थिए। समूह बीमा रहेको स्पनेले समूह चरणमा क्रोएसियालाई ३–०, इटालीलाई १–० र अल्बानियालाई १–० गोल अन्तरले हराउँदै नकआउट चरणमा प्रवेश गरेको…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भएपनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरे । उनले कोभिडको बेलामा राष्ट्र बैंकले दिएको सुविधाले व्यवसाय बाचेको बताए । त्यतिबेला राष्ट्र बैंकले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको उनले बताए । राष्ट्र बैंकले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको उनको भनाई छ । राष्ट्र बैंकका सीमा, कार्यादेश तथा परिधिभित्र बसेर आगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको तयारीमा रहेर…

Read More

काठमाडौँ: नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) गजुरी, धादिडले पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक राति ५ घण्टा बन्द हुने सूचना जारी गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत नौबिसे -मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोला पुलहरूको मर्मत गर्नुपर्ने भएकाले सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले ५ घण्टा बन्द गर्नुपरेको सूचनामा उल्लेख छ। असार २६ देखि साउन ९ गतेसम्म हरेक राति बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारी साधनहरूलाई पूर्णरूपमा रोकिने सूचनामा लेखिएको छ। एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन मात्र चल्न पाउने भनिएको छ। सम्पूर्ण सवारी चालकहरूले आफ्नो…

Read More

काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ ।बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो । कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी १६ पुस २०८०मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो । प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्र सम्बन्धी कागजात पेस गरेको थियो । पेस…

Read More