Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » वाग्मती प्रदेशमा मन्त्रालय भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्रीसहित ७, एमालेलाई ६

    वाग्मती प्रदेशमा मन्त्रालय भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्रीसहित ७, एमालेलाई ६

    पहिलोक्लिकपहिलोक्लिकJuly 23, 2024No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नेपाली कांग्रेस–नेकपा एमालेबीच वाग्मती प्रदेशमा मन्त्रालयको भागबन्डा टुंगिएको छ । कांग्रेसले ७ र एमालेले ६ वटा मन्त्रालयको नेतृत्व गर्ने गरी सहमति भएको हो । सहमतिअनुसार एमालेले शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा प्राप्त गरेको ५ वटा र समाजवादीले सम्हालेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेतृत्व गर्ने भएको छ ।

    कांग्रेसले माओवादीले प्राप्त गरेको ३ वटा, समाजवादीले लिएको २ वटा र हाम्रो नेपाली पार्टीको नेतृत्वमा रहेको एउटा मन्त्रालयको जिम्मेवारी लिने भएको छ ।

    कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने भएको हो ।

    एमालेले आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सिँचाइ, वन तथा वातावरण, स्वास्थ्य, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिने भएको हो ।

    कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दुई दलबीच सहमति भइसकेको बताए । ‘हामीबीच कसले कुन मन्त्रालय लिने विषयमा सहमति भइसकेको छ । एमाले संसदीय दलका नेता काठमाडौंबाट आउँदै भएका कारण हामी कुरिरहेका छौं,’ उनले भने । लामाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्नुअगाडि सबै विषय टुंगिने बताए ।

    एमाले नेता जगन्नाथ थपलियाले मन्त्रालय बाडफाँड र पार्टीभित्र मन्त्री बनाउने विषयमा आन्तरिक छलफलका लागि सोमबार काठमाडौं गएका थिए । कांग्रेस सांसद कुन्दनराज काफ्लेले भने सहमतिको विषयमा सांसदहरू अनभिज्ञ रहेको बताए । ‘दलका नेताहरूले सहमति भयो भन्नु भएको छ । उहाँहरूले सार्वजनिक गर्नु भएको छैन,’ उनी भन्छन् ।

    कांग्रेस–एमालेबीच खेलकुद, कृषि र श्रम मन्त्रालयको भागबन्डाको विषयमा विवाद रहँदै आएको थियो । कांग्रेसले सांसद संख्याको आधारमा मन्त्रालयको विभाजन गर्नुपर्ने बताउँदै आएको थियो । एमालेले केन्द्रबाटै सहमतिमा बराबर मन्त्रालयको भागबन्डा भएकाले सोहीअनुसार अगाडि बढ्न जरुरी रहेको औंल्याउँदै आएको थियो । स्रोतका अनुसार अझै पनि कृषि र खेलकुद मन्त्रालयको नेतृत्व परिवर्तन हुनसक्छ ।

    नेकपा एमालेभित्र मन्त्री बन्ने र संख्याको विषयमा विवाद हुँदा नयाँ मुख्यमन्त्रीको दाबीमा ढिलाइ हुँदै आएको छ । बहुमत सांसदको हस्ताक्षरसहित कांग्रेस नेता लामाले सोमबार बिहान १० बजे प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरे पनि एमालेभित्र विवाद हुँदा रोकिएको हो । आज मंगलबार बिहान १०:३० बजे लामाले मुख्यमन्त्रीमा दाबी पे; गर्ने कांग्रेस सांसद छिरिङदोर्जे लामाले बताए ।

    प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आइतबार दाबी पेस गर्न आह्वान गरेका थिए । शर्माले आज मंगलबार साँझ ५ बजेसम्म दाबीका लागि समय तोकेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । केन्द्रीय समीकर अनुसार वाग्मतीमा नेकपा एमालेको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको हो ।

    वाग्मतीमा कांग्रेस र एमाले मिल्दा सहज बहुमत पुग्ने अवस्था रहेको छ । ११० सदस्यीय प्रदेशसभामा कांग्रेस ३७ र एमाले २७ गरी ६४ सांसद रहेका छन् । जुन सरकार गठनका लागि पर्याप्त हो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.