Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्ने बताए । “विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ । उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने,…

Read More

काठमाडौँ । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका भने १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एक जना गरी १४ जनाको मृत्यु भएको छ । काठमाडौँस्थित नागार्जुन नगरपालिका–३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका–६ का मनोज बिकको मृत्यु भएको थियो । पहिरोमा परी उदयपुरको…

Read More

विराटनगरल: अविरल वर्षाका कारण पानीकाे बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ । भारतको नियन्त्रणमा रहेको पलुमा ५६ वटा ढोका छन् । आज बिहान ९ बजेको मापनपछि ५६ वटै ढोका खोलेको हो । यो वर्षकै बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार आज बिहान ९ बजेपछि ३ लाख ६८ हजार क्युसेक पानीकाे बहाव मापन भएको छ । सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

Read More

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठक अगाडि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन सुझाएको थियो । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन् । यही असार २८ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिने तय भएको छ । प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत लिए विश्वासको मत नदिने निर्णय एमाले संसदीय दलले गरेको छ । ‘वर्तमान सरकारलाई एमाले लगायत बिभिन्न राजनीतिक पार्टीहरुले दिएको समर्थन फिर्ता लिइसकेपछि स्पष्ट अल्पमतमा परेको छ । अझै पनि राजीनामा दिएको अवस्था छैन् । राजीनामा नदिइ बस्नु अनुचित हो,’ बैठकपछि एमालेका…

Read More

काठमाडौँ: सुनको मूल्यले आज फेरि सर्वाधिक महँगो केकर्ड कायम गरेको छ। प्रतिलोला एक हजार रुपैयाँले बढेर सुनले आज सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक लाख ४५ हजार चार सय निर्धारण भएको छ। त्यसैगरी शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ। त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा रु २० ले वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु एक हजार आठ सय…

Read More

काठमाडौंको नागार्जुन नगरपालिका–३ को सिंगल ट्री नजिक अवस्थित एक रेस्टुरेन्टमा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ। नागार्जुन-३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विक,२२, को मृत्यु भएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिरामा परेर गम्भीर घाइते भएका विकको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए। पहिरो भने बिहान ११ बजेतिर खसेको थियो। त्यस्तै काठमाडौं महानगरपालिका–२९ घट्टेकुलोस्थित भित्रि बाटोमा रोडको छेउमा वर्षाका कारण करिब एक मिटर जति भासिएकाले सचेत हुन प्रहरीले अनुरोध गरेको छ। काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरफेदीस्थित…

Read More

काठमाडौँ । अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण देशभरमा २६ महत्त्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार काठमाडौं हेटौडा जाने वैकल्पिक राजमार्गको रूपमा रहेको कान्ति लोकपथ पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको छ । बागमती गाउँपालिका वडा नम्बर ३ मा पहिलो गएका कारण सडक अवरुद्ध भएको छ । यस्तै चित्लाङ–मकवानपुर सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । यो सडक खण्डमा चन्द्रागिरि वडा नम्बर ४ मा अन्तर्गत रहेको सडकमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । यस्तै भीमफेदी गाउँपालिका ४ मा गएको पहिरोका कारण भीमफेदी काठमाडौ सडक अवरुद्ध भएको छ । यस्तै सिन्धुलीको…

Read More

काठमाडौं: अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका-६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

Read More

शिक्षामन्त्रीसँग विदेशी पीआर रहेको भन्दै उजुरी, सतर्कता केन्द्रले थाल्यो छानबिन काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विदेशको स्थायी आवासीय अनुमति (पीआर) राखेको उजुरी परेपछि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई लिएर राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको हो । पहिलो चरणमा मन्त्री स्वयम्लाई पत्राचार गरेर जानकारी लिने तयारी भइरहेको सतर्कता केन्द्र स्रोतले जनाएको छ । केन्द्रका अनुसार श्रेष्ठले बैंक खाता खोल्दा आफू युरोपेली युनियन मातहतको देश पोल्यान्डको नागरिक भएको भनेर कागजात पेस गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारमा परेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राष्ट्रिय सतर्कता केन्द्रमा आइपुगेको बुझिएको छ । सतर्कता…

Read More

काठमाडौँ : काठमाडौँ उपत्यकाको विभिन्न वर्षा मापन केन्द्रहरूमा मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । यसैबिच ललितपुर जिल्लास्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको हो । त्यस्तै, पछिल्लो ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वर्षामापन केन्द्रहरूमा मध्यम-भारी वर्षा मापन, तिनाउ नदी,पश्चिम राप्ती,डुम्रे…

Read More