Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने कर्जा प्रवाह र बचत सङ्कलन ९आर्थिक कारोवार० बन्द गर्ने भएको छ । कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोवार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले जानकारी दिए । शाखाले प्रेस विज्ञप्ति जारी गरी अत्यावश्यक सेवा भने यथावत् राख्दै सञ्चयकर्तालाई भाइरसविरुद्ध उच्च सतर्कता अपनाउन आह्वानसमेत गरेको छ ।

Read More

काठमाडौं : सरकारले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने तयारी गरेको छ । सरकारले कोरोना भाइरस जोखिम घटाउनका लागि प्रदेश अन्तर्गत कार्यरत मेडिकल अधिकृत, वरिष्ठ चिकित्सकहरु, मेडिकल अधिकृत, वरिष्ठ चिकित्सकहरु, मेडिकल कलेजहरुमा छात्रवृत्तिमा अध्ययनरत एमडी एमएसका विद्याथीहरु तथा एमबीबीएसका विद्यार्थीहरुलाई कोरोनाको रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि परिचालन गर्ने निर्णय गरेको हो । सरकारी छात्रवृत्तिमा एमबीबीएस र एमडीरएमएस अध्ययन सकेका डाक्टरलई आवश्यकताअनुसार परिचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारलाई पत्र काटेको छ ।

Read More

काठमाडौँ : कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकालेसङ्घले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिए । “व्यापार सङ्घमा आबद्ध व्यवसायीलाई अत्यावश्यक सामानबाहेक अरु सामग्री बिक्रीवितरण बन्द गर्ने निर्णय गरेका छौँ,” उनले भने। अध्यक्ष कार्कीले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने समेत बताए । बैठकले कोभिड–१९ का कारण उद्योग, तथा…

Read More

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टी पंक्ति र जनसमुदायमा आग्रह गरेका छन । अध्यक्ष दाहालले आज प्रेस नोटमार्फत कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गर्दै पार्टी र सरकारले लिएका नीतिगत र व्यावहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेका हुन । अध्यक्ष दाहालले कोरोना भाइरसको सङ्क्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउनेतर्फ आफ्नो पहल बढाउन सरकारलाई अनुरोध समेत गरे । यस्तै उनले जोखिमसँग जुध्न राष्ट्रिय एकता र उच्च मनोबलका साथ…

Read More

काठमाडौं : कोरोना भाइरसको अति जोखिममा रहेको नेपालमा यसको संक्रमण रोक्न आज आइतबारदेखि सरकारले देशभर अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दा भएको घोषणाअनुसार आजदेखि अत्यावश्यक बाहेक सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द हुने बताएका थिए । सरकारले सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट प्रवाह हुने १९ प्रकारका सेवालाई अत्यावश्यक सेवाको रुपमा सूचीकृत गरेको छ । ती सेवाहरु भने बन्द हुने छैनन् । प्रधानमन्त्रीको घोषणाअनुसार गृह मन्त्रालयले अत्यावश्यक बाहेकका…

Read More

काठमाडौं: अमेरिकी डलरको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ । आइतबार डलरको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा थियो । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ता अमेरिकी डलर सञ्चय गर्नतर्फ आकर्षित भएका हुन् । यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम र सेयर मूल्य घटेको छ । तर सुन र डलर भने माथि लागेका छन् । कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित…

Read More

काठमाडौँ: सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर ७६ हजार ५०० रुपैयाँ पुगेको हो । गत शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ७५ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर ६७ हजार २०० रुपैयाँ पुगेको छ । गत शुक्रबार तेजावी सुनको भाउ प्रतितोला ७५ हजार २०० रुपैयाँ थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर ७ सय २० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ७ सय रुपैयाँ थियो ।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक आइतबार बोलाएका छन् । मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । सो बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । हाल सोही समितिले सबै कार्ययोजना बनाएर काम गरिरहेको छ । यसबीचमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधनसमेत गरिसकेका छन् । सरकारले अत्वाश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदलसमेत बनाइसकेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकमा…

Read More

जनकपुरधाम: कोरोना संक्रमण फैलिन नदिन प्रदेश २ का सीमानाकाहरु बन्द गरिएको छ । केहीलाई मात्र खुल्ला राख्दै अधिकांश सीमा नाकाहरु आइतबार बिहानैदेखि बन्द गरिएको हो । सप्तरीका कुल आठमध्ये ७ वटा सीमानाका बन्द गरिएको छ । कुनौली भन्सारबाहेकका सबै सीमानाका आइतबारदेखि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए । सिरहामा दुईबाहेक सबै सीमा नाका बन्द गरिएको छ । माडर र ठाडीबाहेक सबै सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले जानकारी दिए । सिरहामा साना र ठूला गरी २३ वटा सीमानाका रहेको छ । धनुषामा ३७ बाहेक ३५ वटा सीमा नाका बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी…

Read More

बनेपा: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एकापसमा आज बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उहाँको पाँच वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन् । एकै परिवारका पति,पत्नी…

Read More