Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: कोरोना भाइरसको संक्रमण हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै चैत २१ गतेसम्मका लागि सबै अदालतमा मुद्दा, रिट लगायतका नियमित सेवा रोक्ने निर्णय भएको छ। सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनबाट हुनसक्ने महामारीको अवस्थाबाट बच्न पूर्व तयारी स्वरुप यस्तो निर्णय गरेको जनाएको छ। कोरोनाको कहर फैलिएसँगै आज सर्वोच्च अदालतमा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। अदालतहरूको कार्यप्रकृतिका आधारमा ठूलो उपस्थिति र भिडभाड हुने भएकाले सम्भावित संक्रमणबाट बच्न सर्वोच्च अदालत र माताहतका अदालत तथा न्यायाधिकरणहरुमा चैत्र २१ गतेसम्म नियमित सेवामा स्थगन गर्ने निर्णय भएको हो। साथै, अत्यावश्यक सेवाहरुको संचालन र सोको व्यवस्थापनको सम्बन्धमा विशेष निर्णय भएको सर्वोच्चले जनाएको छ।
काठमाडौँ: कोभिड १९ सार्क आपतकालीन कोषमा नेपालले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोषमा १० करोड रुपैयाँ योगदान गर्नेे बताएका हुन् । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए । भारती प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फरेसमा यो कोषको घोषणा गरिएको थियो । भारतले एक करोड अमेरिकी डलर योगदान गर्ने बताएको छ । यो रकम सार्कका कुनै पनि देशले प्रयोग गर्न पाउनेछन् ।
काठमाडौं: सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको छ । शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गर्ने बताए । त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए । प्रधानमन्त्रीको घोषणामा के के मा रोक लगाइएको छ ? नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ । सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस…
काठमाडौं: सरकारले चैत १० गतेदेखि लामो दुरीका सवारीसाधन सञ्चालनमा अनिश्चितकालीन रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट सतर्क हुन सवारी सञ्चालनमा रोक लगाइएको घोषणा गरेका हुन् । यस्तै, ९ गतेदेखि लागू हुने गरी १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने र अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गरिने प्रधानमन्त्रीले जानकारी गराए । यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले २५ जनाभन्दा धेरै जम्मा नहुन र सबै शैक्षिक संस्थाको परीक्षा र पठनपाठन बन्द गर्ने निर्णग गरिसकेको छ।
काठमाडौं: सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । सरकारी कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर सेवा दिने पनि प्रधानमन्त्रीले बताए । सरकार चालेका कदमहरू यस्ता छन् – · नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत…
काठमाडौँ : कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरिएको जनाएको छ । योसँगै अब विदेशीले पदयात्रा जान नपाउने भएका छन् । बोर्डले आजैबाट लागू हुने गरी टिम्स वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको हो । नेपालको पदयात्रामा जाने विदेशीले टिम्स अनिवार्य लिनुपर्छ । टिम्सबापत विदेशीले व्यक्तिगतरुपमा रु दुई हजार र संस्थागत गएमा रु एक हजार तिर्नुपर्छ । पर्यटनको महत्वपूर्ण आम्दानीका रुपमा टिम्स रकमलाई लिइन्छ । वसन्त ऋतु पदयात्राका लागि उपयुक्त याम भएकाले धेरै आरोही…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन । प्रधानमन्त्री निवास बालुवाटारबाट उनले साँझ ६ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मुलुकको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षाका उपाय विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने बताइएको छ ।
चितवन : भरतपुरमा ७२ घण्टामा कोरोना विशेष ९अस्थायी० अस्पताल सञ्चालनमा ल्याइएको छ । साधारण ५० श्यया तयार गरी सेवा प्रारम्भ गरिएको हो । १०÷१० श्ययाको सघन उपचार कक्ष र हाइ डिपेन्डेन्ट युनिट ९एचडीयु०को निर्माण कार्य भइरहेको छ । वाग्मती प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री युवराज दुलालले बिरामी र स्वास्थ्यकर्मीलाई आवश्यकपर्ने व्यक्तिगत सुरक्षा सामग्री ९पिपिइ० भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरी अस्पताल शुभारम्भ भएको घोषणा गरे । सो अवसरमा मन्त्री दुलालले भने, “कोरोना भाइरससँग लड्न सक्षम छौँ भन्ने सन्देश भरतपुरले दिएको छ ।” अहिलेको विसंम परिस्थितिमा आम नेपाली एकजुट भएर चुनौतीलाई परास्त गर्नुपर्ने उनको भनाइ थियो । प्रदेशमा एक…
काठमाडौं: पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मनोहराफाँटस्थित निवासमा बम विस्फोट गराएको अभियोगमा विप्लवका ३ कार्यकर्ता पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाई नियन्त्रणमा लिएको हो । महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रमुख सहकुल थापाले काठमाडौंका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको अनलाइनखबरलाई जानकारी दिए । ‘विस्फोटको घटनामा संलग्न रहेको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ,’ अपराध महाशाखाका एसपी मुकेश कुमार सिंहले भने । पक्राउ पर्ने तीनैजना विप्लव नेतृत्वको नेकपाका मध्यकमान्डअन्तर्गतका हुन् । उनीहरूलाई अहिले टेकुमा राखिएको छ । पूर्वसञ्चारमन्त्री बास्कोटाको मनहरा फाँटस्थित निर्माणाधीन घरको कम्पाउन्डमा गत फागुन २८ गते बिहान ७ः४५ बजे…
एजेन्सी: । बहुचर्चित निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो । यसअघि अदालतले फाँसी दिन दिएको आदेशविरुद्ध एक अभियुक्तले त्यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए । सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई मृत्यु दण्ड दिइएको हो । के हो निर्भया प्रकरण ? निर्भया, पीडितको वास्तविक नाम गोप्य राख्न सञ्चार माध्यमले जुराएको नाम हो । निर्भयामाथि राम सिंहले हाँकीरहेको बसमा १६ डिसेम्बर २०१२ राति सामूहिक बलात्कार भएको अदालतले ठहर गरेको छ । राम…
