Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीमा दुई लाइन संघर्ष हुनु सामान्य भएको बताएका छन् । पछिल्लो पटक पार्टीभित्र गम्भीर खालको समस्या देखा परेको टिकाटिप्पणीकाबीच प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने धारणा राखे । बिहीबार नेकपा बागमती प्रदेशको प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेको भन्दै ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह गरे । उनले पार्टीभित्रको विवादबारे मिडियामा आएको कुरालाई विश्वास नगर्न समेत अनुरोध गरे । पछिल्लो समय नेकपा सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले आनाकानी गरेको बताइएको बेला प्रचण्डले यस्तो बताएका हुन् । बुधबारको…

Read More

काठमाडौं: केही दिन अगाडि मेहेन्दी, संगीत समारोह आयोजना गरेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिवाह गरेका छन् । उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिवाह गरेका हुन् । अदालतमा एक अर्काेलाई माला लगाउँदै उनीहरुले कानूनी बिवाह गरेका छन् । उनीहरुको अदालती बिवाहमा पारिवारिक सदस्यको मात्र उपस्थिती रहेको थियो । बिवाहपछि अभिनेत्री कार्की र जोशीले सामाजिक सञ्जालबाट तस्बिर पोष्ट गर्दै कानुनअनुसार आफुहरु एक भएको जनाएका छन् । कानुनी रुपमा आज बिवाह गरे पनि प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिवाह गर्ने र आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि पनि सोही दिन पार्टी दिने बुझिएको छ ।

Read More

काठमाडौं: प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै आफ्नो किड्नी ट्रान्सप्लान्ट गर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफु अस्पताल भर्ना हुने बताए । उनले भने, ‘केही दिनभित्रै किड्नी ट्रान्सप्लान्ट गर्न अस्पताल भर्ना हुँदैछु । ५ दिन अस्पताल बस्छु, छैटौं दिन अस्पतालबाट डिस्चार्ज हुन्छु र आफ्नो काममा लाग्छु ।’ प्रधानमन्त्री ओलीले बिरामी भएर खासै सक्रिय नभएको भन्ने आरोपको खण्डन गर्दै आफु १८ घण्टासम्म काममा खटिरहेको दाबी गरे । प्रधानमन्त्री ओलीले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले भ्रष्टाचार गरेको ठहर भएमा सजाय भोग्न तयार हुनुपर्ने बताउँदै कुनै अनाधिकृत व्यक्तिले अडियो…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ७० करोडको सेक्युरिटी प्रेस बार्गेनिङ प्रकरणमा मुछिएर मन्त्री पद गुमाएका गोकुल बाँस्कोटाको बचाउमा उत्रिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० कमिसन मागेको आरोप बाँस्कोटामाथि छ । उनीमाथि कडा कारबाही हुनुपर्ने र प्रधानमन्त्रीले पनि यसबारे प्रष्ट पार्नुपर्ने आवाज उठिरहेको बेला ओलीले उल्टै बचाउ गरेका हुन् । बिहीबार राजधानीमा आयोजित नेकपा बागमती प्रदेशस्तरीय तथा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभइ प्रश्न उठेकाले राजीनामा दिएको बताए। उनले भने, ‘एउटा टेप प्रकरणमा कुनै मान्छेले अनाधिकृत तवरले अडियो सार्वजनिक गरेको छ। तर केही प्रमाण छैन । गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ। उक्त…

Read More

काठमाडौँ: सवारी दुर्घटनामा गम्भीर घाइते भएका माले महासचिव सीपी मैनालीसहित सबै घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई बिहीबार अपरान्ह काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिए । दुर्घटनामा घाइते भएका उनीहरुको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचार भएकोमा थप उपचारका लागि काठमाडौं ल्याइएको हो । बिहीबार बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पुजा…

Read More

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अङ्कले बढेर ३४७.६८ मा पुुगेको छ । जुन प्रतिशतका आधारमा ३.४६ हो । नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे चार अर्ब पुुगेको छ । आज कूल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता शेयर रु चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार २५१ मा खरिद बिक्री भयो । नेप्सेमा भारी वृद्धि हुँदा कारोवार भएका कूल १२ मध्ये…

Read More

काठमाडौं : कोरोनाभाइरस (कोविड १९) संक्रमणको आशंकामा जापानको योकोहाबाट भारत सरकारले एक नेपाली सहित एक सय २४ जनाको उद्धार गरेको छ। एक पानीजहाजबाट उद्धार गरिएका तीनीहरुलाई भारतको मन्सेरास्थित क्वारेन्टाइनमा राखिएको छ। भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीका अनुसार उनलाई त्यहाँ १४ दिनसम्म राखिनेछ। जापानको योकोहामा पोर्टमा रोकिएको डाइमन्ड प्रिन्सेस पानीजहाजमा रहेका आफ्ना ११९ नागरिकलाई उद्धार गर्ने क्रममा भारत सरकारले नेपाल, श्रीलंका, दक्षिण अफ्रिका र पेरुका एक एक जना नागरिक गरी १२४ जनाको उद्धार गरेको हो । आफूलाई व्यक्तिगत रूपमा जानकारी आएकाले ती नेपालीको नाम ठेगाना खुल्न बाँकी रहेको प्रवक्ता ओडारीले बताए। भारतका विदेशमन्त्री डा। एस जयशंकरले पनि ट्विट गर्दै…

Read More

ताप्लेजुङ : तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित सात जनाको निधन भएको थियो । दुर्घटनामा अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर धु्रवदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो । तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि अध्ययन तथा अवलोकनका क्रममा आउनुभएका मन्त्री अधिकारीसहितको टोली त्यहाँको कार्यक्रम…

Read More

काठमाडौँ : पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकादेखि बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताए । “आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन”, उनले भने । बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुला भई घाम लाग्ने बताइएको छ । राति देशका मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने औँल्याइएको छ । शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्नपछि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिश गरेको छ । चीनको केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्नेक्रममा यही पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छाडेको र उक्त सुन आवश्यक कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउनुपर्नेमा आपसमा बाँडफाँड गरी लिएको आरोपमा आयोगले उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । निलम्बनमा पर्नेमा प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरु…

Read More