Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
वीरगञ्ज: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले चालु आर्थिक वर्षमा प्राप्त गरेको जिरा मसिनो धान खरिदको कोटाको लक्ष्य पूरा गर्न सकेको छैन । शाखाले चालु आर्थिक वर्षका लागि पाँच हजार क्विन्टल जिरा मसिनो धान खरिदको कोटा पाएको थियो । तर अहिलेसम्म ३२ क्विन्टल २६ केजी मात्र खरिद गर्न सकिएको कम्पनीको वीरगञ्ज शाखा कार्यालयले जनाएको छ । नेपालभन्दा भारतमा बढी उत्पादन हुने जिरा मसिनो धान भारतबाट आउन नसकेकाले तोकिएको लक्ष्य प्राप्ति हुन नसकेको हो । शाखा प्रमुख नरनाथ अधिकारीले भने, “यो धान नेपालमा नगन्य मात्रामा मात्र लगाउने गरेको र उत्पादन पनि थोरै हुने गरेकाले किसानले यो धान लगाउन छाडिसकेको…
भोजपुर: भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा ‘फेरी’ निर्माण गरिएसँगै स्थानीयवासी खुशी भएका छन् । फेरी निर्माण गरिएसँगै यातयातमा सहजता थपिएको छ । सङ्घीय सांसद् क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ जाख र षडानन्द नगरपालिकाको रु ५५ लाखको लागतमा फेरी निर्माण गरिएको षडानन्द नगरपालिका प्रमुख वीरबल राईले जानकारी दिए । फेरी सञ्चालनको लागि तीन जना अपरेटर राखिएको प्रमुख राईले जानकारी दिए । उक्त अपरेटरको पारिश्रमिक व्यवस्थापनको सहजताका लागि फेरी प्रयोगकर्ताबाट थोरै राजश्व लिने योजना रहेको नगर प्रमुख राईको भनाइ छ । कुन सवारीबाट कति लिने भन्ने निर्णय भइनसकेको र अबको…
काठमाडौँ: नेपाल टेलिकम, दू.सं.का.गल्याङले दुई हजार पाँच सय निःशुल्क सिम वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा उक्त सिम वितरण गरिएको हो । सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिएको उक्त सिममा रु.५० टक भ्यालु समेत रहेको छ । चौथो पुस्तामा आधारित फोरजी प्रविधिमार्फत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको अत्याधिक रुचि देखिएकाले यति धेरै संख्यामा निःशुल्क सिम वितरण गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार फोरजी प्रविधि मार्पmत उच्च गतिको इन्टरनेट प्राप्त हुने हुँदा उच्च गुणस्तरिय श्रव्य दृश्य सामग्रीहरु हेर्न तथा सुन्न सकिने भएकाले आम उपभोक्ताको…
गलकोट: नेपाल सरकारले ल्याएको सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना कार्यान्वयन हुन थालेको छ । सरकारले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि पारित गरेको दुई महिनापछि बागलुङको जैमिनी नगरपालिकाभित्र अध्ययनरत छात्राले सेनेटरी प्याड प्राप्त गरेका छन् । चालू आर्थिक वर्षबाट सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरी सरकारले बजेट विनियोजन गरेको थियो । जैमिनी नगरपालिकाको शान्ति माध्यामिक विद्यालयका छात्रालाई प्याड वितरण गरी नगरपालिकाले सामुदायिक विद्यालयमा प्याड वितरण कार्य शुभारम्भ गरेको हो । उक्त विद्यालयमा गठित बालअधिकार चेतना समूहका अध्यक्ष मेलिना चापागाईलाई आइतबार नगरपालिकाका उपप्रमुख लीला रानाले एकमुष्ठ सेनेटरी प्याड हस्तान्तरण गरेर नगर भित्रका सम्पूर्ण…
काठमाडौं : चीनमा कोरोना भाइसरसका कारण आइतबार सम्ममा ३ हजार ३ सय ८१ जना अस्पतालबाट डिस्चार्ज चएका छन्। चीनका स्वास्थ्य अधिकारीले दिएको रिपोर्ट अनुसार आइतबार मात्रै अस्पातलबाट ६ सय ३२ जना अस्पातलबाट डिस्चार्ज भएका हुन्। चीनमा आइतबार सम्ममा मृत्यु हुनेको संख्या ९ सय ८ पुगेकाे छ। गत डिसेम्बरको अन्त्यमा चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरका कारण ४० हजार १ सय ७१ जनामा संक्रमण देखिएको जनाएको छ। चीनमा एक अमेरिकी र एक जापानी नागरिकको पनि ज्यान गएको छ। कोरोना भाइसर चीनबाहेक २८ देशमा फैलिएको छ। चीनका अलबा फिलिपिन्स र हङकङमा पनि थप एक एक जनाको ज्यान गएको छ।
काठमाडौं : दक्षिण कोरियाली चलचित्र ’प्यारासाइट’ले २०२० को ओस्कार अवार्ड जितेको छ । ओस्कार अर्वाड जित्ने उक्त चलचित्र अंग्रेजीबाहेक अन्य भाषामा पनि बनेको छ। ‘जोकर’ चलचित्रका ओआकिन फिनिक्सले उत्कृष्ट नायक र ’जुडी’ चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जितेका छन्। ब्रयाड पिट ‘वन्स अपन अ टाइम इन हलिउड’ का लागि उत्कृष्ट सहनायक र लोरा डेर्न ’म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सहनायिकाको पुरस्कार हात पार्न सफल भएका छन् । प्यारासाइटले उत्कृष्ट निर्देशनसहित चारवटा उपाधि जितेको हो । साम मेन्डेसको १९१७ चलचित्रले तीनवटा उपाधि जितेको छ ।
काठमाडौं : यसै हप्ता चीनको कोरोना भाइरसको उच्च संक्रमण रहेका वुहानबाट १८० जना नेपाली विद्यार्थी लीन जाने चिकित्सक, पाइलट तथा अन्य कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट ओरिन्टेसन तालिम दिने भएको छ। यस्तै, नेपाल फर्काइने नेपालीको स्वास्थ्य जाँच तथा हेरचाहका लागि ६० बढी स्वास्थ्यकर्मी खटिने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई आजबाट ओरिन्टेसन तालिम दिन थालेको हो। मन्त्रालयले ओरिन्टेसनमा डाक्टर नर्स, प्यारामेडिक्सबाहेक एम्बुलेन्स चालकहरू समेत सहभागी हुने र आजै ओरिन्टेसन सकिने बताइएको छ। तालिम लिएकाहरूलाई विमानस्थलको पार्किङ क्षेत्रमा बनाइने हेल्थ डेस्कमा चीनबाट आउनेहरूको स्क्रिनिङ गर्न, चीनबाट ल्याएर राखिने क्वारेन्टाइनमा हेरचाह गर्न खटाइने बताए। त्यसमा उनीहरूको यातायातको…
जनकपुरधाम: सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा सोमबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु.१६प ४४४१ नम्म्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका-३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डल रहेका छन् । सिराहा–चोहर्वा सडक खण्ड अन्तर्गत नरहा गाउँपालिका ५ मा मोटरसाइकललाई ठक्कर दिँदा दुबै जना गम्भीर घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि विराटनगर लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी बिदुर घिमिरेले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ: वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको खुल्न आएको छ । पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । भक्तपुरबाट पक्राउ परेका उनलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको महाशाखाले जनाएको छ ।
पोखरा : पोखरास्थित सेती नदीको खोँचमा अड्किएका एक युवकलाई सोमबार प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा महानगरपालिका(९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर अड्किएपछि कुकुरलाई बचाउन लाग्दा २३ वर्षीय आकाश गुरुङ आफैँ खोचमा खसेका थिए। खोचमा फसेका गुरुङलाई स्थानीयहरुले देखी प्रहरीलाई खबर गरेपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा उद्दारको लागि खटिएको, प्रहरीले जनाएको छ।
