काठमाडौं : दक्षिण कोरियाली चलचित्र ’प्यारासाइट’ले २०२० को ओस्कार अवार्ड जितेको छ ।
ओस्कार अर्वाड जित्ने उक्त चलचित्र अंग्रेजीबाहेक अन्य भाषामा पनि बनेको छ।
‘जोकर’ चलचित्रका ओआकिन फिनिक्सले उत्कृष्ट नायक र ’जुडी’ चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जितेका छन्।
ब्रयाड पिट ‘वन्स अपन अ टाइम इन हलिउड’ का लागि उत्कृष्ट सहनायक र लोरा डेर्न ’म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सहनायिकाको पुरस्कार हात पार्न सफल भएका छन् ।
प्यारासाइटले उत्कृष्ट निर्देशनसहित चारवटा उपाधि जितेको हो । साम मेन्डेसको १९१७ चलचित्रले तीनवटा उपाधि जितेको छ ।
Facebook Comments Box