Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ अध्यादेश जारी गरिकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज सो अध्यादेश जारी गरिकी हुन् । प्रदेश तहमा कर्मचारी अपुग भइरहेको र खटाइएका स्थानमा कर्मचारी नजाने समस्या विद्यमान रहेको अवस्थामा उक्त अध्यादेशले तोकिएको सुविधा दिएर कर्मचारी प्रदेशमा खटाउने र अटेर गरेमा सेवाबाट बिदा दिन सकिनेसम्मको अधिकार रहेको जनाइएको छ । सङ्घ र प्रदेशबीच तथा प्रदेशप्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेकै दिन अध्यादेश जारी…

Read More

काठमाडौँ: सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूतको योग्यता, सोच, कार्ययोजना र अवधारणा सुनेपछि उहाँहरुको नाम सर्वसम्मतिले स्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि राजदूतमा डा अञ्जान शाक्यको नाम सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । उहाँहरुमध्ये आचार्यसँग पूर्वमन्त्री एवं पूर्वराजदूत भएको अनुभव छ भने पाण्डे पनि यसअघि राजदूतको जिम्मेवारी सम्हालीसक्नुभएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव ढकालले…

Read More

काठमाडौँ: सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिकासमेत जारी गरेको थियो । कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गर्न दिइएको छ महीना लामो समयमा एक हजार ५०० कम्पनीका करीब छ हजार सवारी मात्र दर्ता भएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। पुस १ गतेदेखि कम्पनीमा दर्ता भएर…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गरे । प्रधानमन्त्री ओलीले भने, “अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन, नगर्ने नै भन्छन् तर थामी नसक्नु, रोकी नसक्नु भ्रष्टाचार भएको भइरहेकोछ, भनेपछि यो कति डरलाग्दो छ ।” समृद्ध, सम्भ्रान्त र सुसङ्गत समाज निर्माणको परिकल्पना र प्रयासमा भ्रष्टाचारले…

Read More

काठमाडौँ: कारोवारको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज आइतबार नेप्से परिसूचक १० दशमलब ८५ अंकले बढेर एक हजार १३१ दशमलब ७० अंकमा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवाररकममा भने साधुर आउन सकेन । आजको कारोवारमा बाणिज्य बैंक समूहको परिसूचक १० दशमलब ४५ अंक, विकास बैंक १० दशमलब ९९ अंक र निर्जीवन बीमा १० दशमलब ७१ अंकले बढेको छ । त्यसैगरी जीवन बीमा ४ दशमलब ०७ अंक, अन्य समूहको परिसूचक २ दशमलब ८३ अंक र जलबिधुत ३ दशमलब ५६ अंकले बढेको छ । यधपी, उत्पादन १० दशमलब ०३ अंक र होटल एक दशमलब ०३ अंकले…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेका छन् । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका लागि आज सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता दोहो¥याएका हुन् । उनले भने, “भ्रष्टाचार गर्न दिन्न भन्ने सङ्कल्प शतप्रतिशत कार्यान्वयन हुन्छ, गर्न दिन्न भन्नेमा मेरो प्रयास जारी छ ।” उनले कुनै पनि राज्यका जिम्मेवार पदाधिकारी र कर्मचारीलाई आफू मातहतका व्यक्तिसँग नगिर्ने गरी काम गर्न आग्रह गर्दै भने, “मैले भ्रष्टाचार गर्न मन्त्रीहरु र मुख्यमन्त्रीसँग गिर्नुपर्छ, त्यस्तो म गर्दिन र अरुले पनि…

Read More

कञ्चनपुर : पश्चिमी नाका गड्डाचौकीबाट सय महिला तथा बालबालिकाको उद्धार गरिएको छ । माइती नेपालका अनुसार एक वर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको छ । संयोजक महेश्वरी भट्टले सन् २०१८ को अवधिमा माइती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालकबालिका र महिलाको उद्धार गरी घरपरिवारको जिम्मा लगाएको बताए । उनका अनुसार गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गेपुलमा माइती नेपालको सूचना केन्द्रमार्फत उनीहरुको उद्धार गरिएको होे । विभिन्न बहानामा दलालले बेच्नका लागि उक्त नाका भएर भारत लाने क्रममा सोधपुछ गरी जोखिममा रहेकाको विश्लेषणपश्चात् घरपरिवारको जिम्मा लगाइएको संयोजक भट्टले बताए । माइती नेपालको तथ्याङ्कअनुसार ४९ जिल्लाका महिला…

Read More

काठमाडौँ:एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ । कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि हिजो भएको उद्घाटन खेलमा ललितपुर विराटनगरसँग ३ विकेटले पराजित भएको थियो । जितसँगै दुई खेल खेलेको ललितपुरले २ अङ्क जोडेको छ । ललितपुरले दिएको १४४ रनको लक्ष्य पच्छाएको चितवन बीस ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा १३२ रनमा समेटियो । चितवनको लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन जोडे । कप्तान पृथु बास्कोटले २६, भीम सार्कीले २१, गर्जयो स्कोटले १८ तथा…

Read More

काठमाडौं: निरन्तर ओरालो लागीरहेको शेयर बजारका ठुला लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनशन सुरु गरेका छन् । राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै शेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कार्यालयको मूलगेटमै अनशन शुरु गरेका हुन् । अनशनरत लगानीकर्ताले तत्काल विशेष कार्यक्रम ल्याएर भएपनि शेयर कारोबारलाई सहज नबनाए देशभरका शेयर लगानीकर्ताहरु आमरण अनशन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले पहिलोक्लिकलाई बताए। शेयर बजारका लागि संचालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीले काम नगरेपछि शेयर लगानीकर्ताहरुले आपत्ति जनाउँदै अर्थमन्त्री खतिवडाको समेत राजीनामा माग गरेका हुन् । नियमनकारी निकायले बनाएका…

Read More

काठमाडौँ: निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थाका आफना ३२ जना ग्राहक सदस्यहरुको सहभागितामा मंसिर १२ गतेदेखि १४ गतेसम्म सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा “ब्यवसायिक कुखुरापालन तालिम” सम्पन्न गरेको छ । एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइ रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाको वीरेन्द्रनगर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख राज कुमार पोख्र्रेलले बताए । यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय…

Read More