Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 25
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सञ्चारमन्त्रीको घोषणा – आफ्नो मन्त्रालयअन्तर्गतका सबै कर्मचारीको विदेश भ्रमण रोक्का

    सञ्चारमन्त्रीको घोषणा – आफ्नो मन्त्रालयअन्तर्गतका सबै कर्मचारीको विदेश भ्रमण रोक्का

    पहिलोक्लिकपहिलोक्लिकDecember 13, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको विकास योजनानुरुप परिणाममुखी काम देखाउन मातहतका निकायलाई निर्देशन दिएका छन् नत्र भए कुनै पनि विदेश भ्रमण रोक्का हुने चेतावनी दिएका छन्।

    “अत्यावश्यक भ्रमण बाहेक म आजैबाट भन्छु तपाईहरुले गर्ने कुनै पनि विदेश भ्रमण आजबाट रोक्का हुन्छ यदी तपाईंहरु आफ्नो कार्ययोजना अनुरुप काम नगर्ने हो भने।”

    उनले कामको गति सुस्त भएको जनाउँदै मन्त्रालयले कर्मचारीलाई गम्भीर बन्नसमेत आग्रह गरेको छ ।

    सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल सरकारको लक्ष्य र योजनालाई साकार पार्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले जिम्मा लिएको काममा कुनै बहाना बनाएर प्रगति विमुख नहुन कर्मचारीलाई निर्देशन दिए ।

    बैठकमा मातहतका कार्यालयहरुले आव २०७५÷७६ को प्रथम चौमासिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए । मन्त्रालयको प्रशासन तथा योजना महाशाखाले आव २०७५÷७६ को प्रथम चौमासिकमा चालु बजेट रु एक अर्ब ५७ करोड ८० लाख र पूँजीगत बजेट रु १८ करोड ९० लाख रहेकामा चालुतर्फ ७७ दशमलव ३२ प्रतिशत र पूँजीगतर्फ रु ३७ दशमलव ९ प्रतिशत खर्च भएको जनाएको छ । जम्मा वित्तीय प्रगति भने ७० दशमलव ९८ प्रतिशत छ ।

    विषयगत कार्यालयबाट प्रस्तुत प्रथम चौमासिकको प्रगति अपेक्षाकृत नभएको जनाउँदै मन्त्री बाँस्कोटाले अब पनि योजनालाई दोष देखाएर पन्छिने अवस्था नरहेको स्पष्ट गरे । “आफैंँ योजना बनाउने आफैंँ कार्यान्वयन गर्ने, अनि काम नहुँदा कसलाई दोष देखाउने ?” मन्त्री बाँस्कोटाले प्रश्न गरे ।

    प्रगति समीक्षा सन्तोषजनक नभएकामा कडा रुपमा प्रस्तुत हुँदै उनले दोस्रो चौमासिकको कार्ययोजना र स्रोेत व्यक्तिसहितको कार्ययोजना मन्त्रालयमा बुझाउन सात दिनको समयसीमा तोक्नुभएको छ । “निर्माण र खरीदको अवधि सबै लिखितमा आउनुपर्छ, गर्दैछु, हुँदैछ भन्ने कुरा अब हुँदैन, ” उनले थपे।

    अब प्रत्येक महीना कामको समीक्षा गर्ने जानकारी दिँदै उनले पहिलो चौमासिकमा हुन नसकेका काम दोस्रामा सँगसँगै लैजान समेत निर्देशन दिए। “पहिलो चौमासिकको कामलाई दोस्रो चौमासिकको कामसँग कसरी समायोजन गरेर सम्पन्न गर्न सकिन्छ, गर्नुहोस् यसमा कुनै छुट छैन, शतप्रतिशतको अपेक्षा छ” मन्त्री बाँस्कोटाले भने।

    उनले अब हरेक कार्यालयको कामको अनुगमन मन्त्रालयको सचिवको नेतृत्वमा हुने समेत बताए। कामप्रति ध्यान नदिई जथाभावी कर्मचारी विदेश भ्रमण गइरहेको प्रसङ्ग कोट्याउँदै मन्त्री बाँस्कोटाले जानैपर्ने बाहेकका विदेश भ्रमण रद्द गरिएको जानकारी गराए।

    कामतिर ध्यान नदिने तर एउटा गोष्ठीको निम्ता आउँछ भने दौडिहाल्ने काम राम्रो नभएको बताउँदै उनले दोस्रो चौमासिकको प्रतिवेदन शतप्रतिशत आयो भने केही फुकुवा गर्न सकिने उल्लेख गरे। संसद् बैठक सकिएपछि मन्त्रालय कानून निर्माणतिर लाग्दा कर्मचारी निद्रामा सुतेको बताउँदै उनले अब महीनैपिच्छे प्रगतिको अध्ययन हुने जानकारी दिए । कुनै समस्या परे राति ८, ९ बजे पनि छलफल गर्न तयार रहेको बताउँदै उनले त्यसै नबस्न कर्मचारीलाई आग्रह गरे ।

    बैठकमा सञ्चार मन्त्रालयको प्रशासन तथा योजना महाशाखासहित राष्ट्रिय समाचार समिति(रासस), नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, रेडियो नेपाल, हुलाक सेवा विभाग, सूचना तथा प्रसारण विभाग, सूचना तथा प्रविधि विभाग, मुद्रण विभाग, नेपाल टेलिकमले आफ्नो प्रथम चौमासिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।

    चौमासिक प्रगति समीक्षा प्रस्तुत गर्ने अन्य संस्थामा सुरक्षण मुद्रण केन्द्र, राष्ट्रिय सूचना प्रविधि केन्द्र, चलचित्र विकास बोर्ड, प्रमाणीकरण नियन्त्रणको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समिति छन् ।

    सूचना तथा प्रसारण विभागको प्रगति समीक्षाप्रति टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले अन्य क्षेत्रमा काम गर्नेहरुले पनि प्रेस पास लिएको सन्दर्भ उठाउँदै सम्बन्धित सञ्चारमाध्यमको सिफारिशमा विशुद्ध पत्रकारलाई मात्रै पत्रकार दुर्घटना बीमा गर्न निर्देशन दिए । उनले पत्रकारको न्यूनतम पारिश्रमिक कडाइका साथ लागु गर्न सम्बद्ध निकायलाई निर्देशन दिँंदै जसरी भए पनि कार्यान्वयन गर्नैपर्ने बताए । विभिन्न भत्ता जोडेर रु २४ हजार ५०० बनाइएको पाइएको छ भन्दै उनले विशुद्ध पारिश्रमिक नै २४ हजार ५०० उल्लेख हुनुपर्ने बताए ।

    नेपाल दूरसञ्चार प्राधिकरणको प्रगति समीक्षाका विषयमा मन्त्री बाँस्कोटाले सेवामा गुनासो आइरहेकाले सुधार गर्न निर्देशन दिए। उनले अश्लील साइट भए तत्कालै नियन्त्रण गर्न निर्देशन दिए । प्राधिकरणले अहिलेसम्म २५ हजार बढी यस्ता साइट बन्द गरिसकेको जनाइएको छ ।

    इण्टरनेट वितरण गर्ने निजी कम्पनीमाथि निगरानी जरुरी रहेको उनको भनाइ थियो । “नागरिक ठगिन नपाओस्, योजना बनाएर लाग्नुस्,” मन्त्री बाँस्कोटाले भने, “यस्ता कम्पनीहरुलाई स्पष्टीकरणको प्रक्रियामा ल्याएर आवश्यक परे निलम्बनसमेत गर्नुपर्छ ।”

    बैठकमा प्रेस काउन्सिल नेपालले दर्ता नभएका र अज्ञात ठाउँबाट सञ्चालन भएका अनलाइनले बढी आचारसंहिता उल्लङ्घन गरेको जानकारी दिको थियो । मन्त्री बाँस्कोटाले यस्ता अनलाइनलाई बन्द गराइने बारे सूचना जारी गर्न प्रेस काउन्सिललाई निर्देशन दिए। नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता साइट तोकिएर आए पाँच मिनेटमा बन्द गर्न सकिने जनाएको छ ।

    बैठकमा मातहतका कार्यालयले पेश गरेको प्रगति प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आफ्ना कार्यालयको लक्ष्य के हो र प्रगति के भयो भनेर स्पष्टका साथ प्रस्तुत हुन कर्मचारीलाई आग्रह गरे । पूँजीगत खर्च अन्य मन्त्रालयभन्दा राम्रो रहेको उल्लेख गर्दै उनले तर पनि आशातीत काम हुन नसकेको जिकिर गरे । “अहिले हामी खतरा जोनमै छौंँ”, सचिव गुरुङले भने, यसप्रति गम्भीर हुनुहोस् ।”

    उनले बेरुजु फछ्र्याेटलाई तीव्रता दिन समेत आग्रह गरे । बाहिरबाट सञ्चालित अनलाइनमा अवाञ्छित क्रियाकलाप देखिएको छ भन्दै उनले यसको नियन्त्रणका लागि प्राविधिक रुपमा काम भइरहेको जानकारी दिए । उनले दोस्रो चौमासिक समीक्षामा आउँदा प्रष्ट प्रगतिसहित प्रस्तुत हुन मातहतका निकायलाई आग्रह गरे ।

    बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले हरेक कार्यक्रम जोखिम विश्लेषण गरेर आउने भन्दै कार्यान्वयनको समयमा आएर समस्या देखाउनु उचित नहुने बताए। उनले एकीकृत विकासमा लाग्नुपर्नेमा जोड दिंँदै प्रधानमन्त्रीको भावनालाई साथ दिन आग्रह गरे । सरकार परिवर्तनको उत्कर्ष चाहनाका साथ अगाडि बढेकाले कर्मचारीको साथ आवश्यक रहेको उनको भनाइ थियो ।

    Facebook Comments Box

    विदेश भ्रमण रोक्का
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.