Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

जनकपुरधाम : अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा आजदेखि शरू भएको छ । पन्ध्रदिने उक्त परिक्रमा मेला फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । आज आइतबारदेखि विधिवत् रुपमा शुरु भएको विश्वको लामो धार्मिक पदयात्रा परिक्रमाको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले गरेका छन । उनले सो अवसरमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने घोषणा गरेका छन । परिक्रमाको आज उद्घाटन गर्दै प्रचण्डले परिक्रमा प्रारम्भ हुने स्थल धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीको मिथलाविहारीको मन्दिर नजीक धर्मशाला बनाउने घोषणा गरेका हुन । उनले भने, “यहाँ धर्मशालाका बनाउनुपर्ने ठूलो आवश्यकता रहेको छ । यस कारण…

Read More

काठमाडौँ : राष्ट्रिय बीमा संस्थानले ५३ औँ वार्षिकोत्सवसम्म आइपुग्दा संस्थान जीवन बीमा कोषमा रु २५ अर्ब ९६ करोड पुगेको छ । मुलुकमा स्थापित १९ वटा जीवन बीमा कम्पनीका बीचमा संस्थाले बीमा कोष र बीमा शुल्क सङ्कलन क्रमशः १० प्रतिशत र १२ प्रतिशत हिस्सा ओगटेको छ । चालू आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा १९ जीवन बीमा प्रदायकको जीवन बीमा कोषमा दुई खर्ब ६५ अर्ब ७१ करोड सङ्कलन भएको छ । विसं २०२४ फागुनदेखि निर्जीवन र त्यसको पाँच वर्षपछि जीवन बीमा शुरु गरेको संस्थानले कानूनी अड्चनका कारण २०७१ सालपछि जीवन बीमा मात्र गर्दै आएको छ । संस्थामा हाल बीमा गर्नेको सङ्ख्या छ…

Read More

काठमाडौं : कमिसनकाण्डपछि पदबाट राजीनामा दिएका निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अभियानकर्मीहरु विजयबाबु सिवाकोटी र प्रतिम सुवेदीले बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । सेक्युरिटी प्रेस खरिदका लागि ठेक्का पारिदिने प्रलोभनमा विदेशी कम्पनीका एजेन्टसँग कमिसन (घुस)को मोलमोलाई गरेको अडियो प्रमाणलाई आधार बनाएर बाँस्कोटाविरुद्ध अनुन्धानको माग गर्दै उजुरी दर्ता गरिएको हो । उजुरीमा बाँस्कोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा  (१) अनुसारको कसुर गरेको दाबी गरिएको छ । बाँस्कोटाले १ करोड रुपैयाँभन्दा बढी रकम घुस लिन खोजको दाबी गर्दै उनीविरुद्ध १० वर्षसम्म कैद सजाय हुने गरी…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउने भएपछि त्यहाँ सार्वजनिक बिदा दिइएको छ । प्रधानमन्त्री ओली जन्मदिन मनाउन आफ्नो जन्मथलो आउने भएपछि आठराई गाउँपालिकामा आज आइतबार स्थानीय सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा विकास निर्माणका कामको शिलान्यास गर्ने भएकाले स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ । विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम तय भएकोले बिदा दिइएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले जानकारी दिए । आज (आइतबार) प्रधानमन्त्री ओलीले ६९ औँ जन्मदिन मनाउँदै छन् । जन्मथलो जानु अघि प्रधानमन्त्री ओलीले बालुवाटरमा…

Read More

चौतारा : सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मुख्य प्रशारण लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा पैदलयात्रीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते गुरुङको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

Read More

जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ । होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ । मिथिला क्षेत्र प्राचीनकालदेखि नै ज्ञान, चिन्तन र दर्शनको भूमिका रूपमा प्रख्यात छ । प्राच्य सभ्यताको विकासका साथै सनातन वैदिक धर्मको प्रचलन एवं उत्तरवैदिक कालमा भएको धार्मिक सुधार इत्यादिका साक्षीका रूपमा मिथिलाञ्चल क्षेत्र रहिआएको छ । जनकपुरधाम पौराणिककालमा मिथिला प्रदेशको राजधानी थियो । निमि, मिथि, शिरध्वज, बहुलाश्व जस्ता दार्शनिक, प्रतापी एवं जनप्रिय राजाद्वारा सुशासित तथा याज्ञवल्क्य, गौतम, कणाद, गार्गी, मैत्रेयी जस्ता विद्वानको योग, तप, ज्ञान…

Read More

काठमाडौं : सुनको मूल्यले आज आइतबार पनि नयाँ रेकर्ड बनाएको छ । निरन्तर बढीरहेको सुनको मूल्य आज आइतबार ७०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७८ हजार ८०० रुपैयामाँ कारोबार भइ्रहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। पछिल्लो समय अन्तरराष्ट्रिय शेयरबजार कोरोना भाइरसका कारण प्रभावित भइरखेको अवस्थामा अन्तरराष्ट्रिय स्तरमा नै सुनको मूल्य बढेको हो। आइतबार चाँदीको मूल्य ५ रुपैयाँ बढेर प्रतितोला ९२० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं : सरकारले साढे १६ लाख नेपालीको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । आज फागुन ११ गते आइतबार राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सब समारोहमा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले साढे १६ लाख नागरिक चरम गरिबीको रेखामुनि रहेको भन्दै सबैको प्रिमियम सरकारले नै तिरेर बीमा गर्ने घोषणा गरेका हुन । ‘अहिले ३५ सय तिरेपछि लाख रुपैयाँसम्म कभर हुनेगरी परिवारको बीमा हुन्छ’ अर्थमन्त्रीले भने, ’गरिबीको रेखामुनि रहेका १६ लाखले त्यो तिर्नु परेन, सरकारले नै तिरिदिनेछ ।’ अर्थमन्त्री खतिवडाले पछिल्लो समय बीमाको पहुँचमा उल्लेखीय सुधार भएको भन्दै खुसी व्यक्त गरे । बीमा पुहँच बढेर २२ प्रतिशत पुग्नु ज्यादै खुसीको कुरा…

Read More

जाजरकोट: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमै मागको लामो फेरिस्त बुझाएका छन् । स्थानीयवासीसँगै स्थानीय तहका प्रमुखहरुले समेत सङ्घीय सरकारको तर्फबाट बजेट, योजना पठाएर समस्या समाधान गर्न माग गरेका छन् । चुनाव जितेर दोस्रोपटक पश्चिम जाजरकोट आउनुभएका मन्त्री बस्नेतलाई खानेपानी, विद्युत्, पुल, सडक र मोबाइल टावरसम्मका माग राखेर ध्यानाकर्षण गराइएको छ । चुनावमा गाउँ जाँदा घोरेटो बाटोमा हिँडेर जानुभएका उहाँ अहिले मन्त्री भएपछि सडक निर्माणकार्य भएको ठाउँमा गाडीमा सवार हुनुभएको छ । करिब दुई वर्षभित्र स्थानीय सरकार र सङ्घीय सरकारको बजेटबाट पश्चिम जाजरकोटका अधिकांश मुख्य ठाउँका कच्ची सडक निर्माण जारी रहेकाले मन्त्री गाडीमै सवार हुनुभएको…

Read More

काठमाडौं : कोरियाका लागि नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन त्यहाँका नेपालीहरुमा आह्वान गरेको छ । राजदूतावासले एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा कोरियामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना संक्रमणबाट सुरक्षित रहन नेपालीलाई आह्वान गरेको हो । नेपाली राजदूतावास सिओलले हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरु देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । थेगु र आसपासका क्षेत्रमा सात हजार नेपाली इपिएसमार्फत काम…

Read More