काठमाडौं : सुनको मूल्यले आज आइतबार पनि नयाँ रेकर्ड बनाएको छ ।
निरन्तर बढीरहेको सुनको मूल्य आज आइतबार ७०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७८ हजार ८०० रुपैयामाँ कारोबार भइ्रहेको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
पछिल्लो समय अन्तरराष्ट्रिय शेयरबजार कोरोना भाइरसका कारण प्रभावित भइरखेको अवस्थामा अन्तरराष्ट्रिय स्तरमा नै सुनको मूल्य बढेको हो।
आइतबार चाँदीको मूल्य ५ रुपैयाँ बढेर प्रतितोला ९२० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments Box