Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

दमौली: वेदव्यासको जन्मभूमि दमौलीलाई सनातन धर्म संस्कृतिको अन्तर्राष्ट्रिय केन्द्र बनाउने उद्देश्यले आयोजना गर्न लागिएको महासम्मेलनको तयारी तीव्र पारिएको छ । विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिको आयोजनामा आगामी चैत १ देखि ४ गतेसम्म दमौलीमा अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना हुँदैछ । नेपालका सम्पूर्ण जाति, जनजातिको मौलिक धर्म, संस्कृति र सभ्यताको संरक्षण संवद्ध्र्रन गर्न अभिप्रेरित गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक बनाउने उद्देश्यसहित ‘सनातन धर्म संस्कृति’ विषयक अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले जानकारी दिए । “व्यासभूमि दमौलीलाई ओमकार परिवारको अन्तर्राष्ट्रिय तीर्थस्थलका रुपमा परिचित गराउँदै नेपालका सम्पूर्ण जातजातिको धर्म संस्कृति संरक्षण गर्नु हामी सबैको कर्तव्य हो,” अधिकारीले…

Read More

भक्तपुर: सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को पुस मसान्तसम्म रु ८२ करोड ९५ लाख ५८ हजार ९९४ आम्दानी गरेको छ । कूल रु १ अर्व ३० करोडको बजेट स्वीकृत गरेको नगरपालिकाले स्वीकृत वार्षिक बजेटको ६३ दशमलव ८१ प्रतिशत लक्ष्य हासिल गरेको नगरपालिका प्रमुख वासुदेव थापाले जानकारी दिए । नगरपालिकाद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले रु ४७ करोड ४ लाख १० हजार ५८ आय प्राप्त गर्ने लक्ष्य पुरा गर्ने जानकारी दिए । नगरपालिकाले पुस मसान्तसम्म रु ४९ करोड ३८ लाख ३७ हजार ९४१ र पैसा ६० सञ्चित गरेको जनाएको छ । त्यस्तै पूँजीगत खर्च रु १२ करोड ८५…

Read More

काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदको रिक्त रहेको सदस्य सचिव पदमा डा प्रदीप ज्ञवाली नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यकारी अधिकारसहित सदस्य सचिव पदमा नियुक्त गरेको हो। करिब एक वर्षदेखि खाली रहेको परिषद्को सदस्यसचिव पद डा ज्ञावालीलाई नियुक्त गरिएको हो। महाराजगञ्ज मेडिकल क्याम्पसका सहप्राध्यापक डा ज्ञवाली यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका व्यक्ति हुन्। परिषदमा अध्यक्ष र सदस्य सचिव पद स्वास्थ्यमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले नियुक्ति गर्ने व्यवस्था छ। हाल परिषदको अध्यक्ष भने प्राडा. अञ्जनीकुमार झा छन्। यस्तै, हिजोकै मन्त्रिपरिषदको बैठकमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रिक्त कार्यकारी परिषदको सदस्य पदमा डा सन्तोष पौडेल नियुक्त भएका…

Read More

सिन्धुली : बोधिश्रवण धर्म संघ केन्द्रीय समितिले तपस्वी रामबहादुर बमजनलाई शंका गर्नुपर्ने कुनै कारण नरहेको बताएको छ। समितिले सोमबार बमजनको आश्रमस्थल सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरेमा पत्रकार सम्मेलनको आयोजना गरेर तपस्वी बमजनमाथि लगाइएको आरोप सत्य नभएको दाबी गरेको हो। जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि गत माघ २४ गते बमजनको आश्रममा प्रहरी पुगेको थियो। तर प्रहरीले बमजनलाई फेला भने पारेको छैन। अहिले पनि प्रहरीले बमजनको आश्रमस्थल पैरेमा घेरा हालेर बमजनको खोजतलास तथा अनुसन्धान गरिरहेको छ। आश्रममा प्रहरीले अचानक छापा मारेको विषयलाई लिएर समितिले सोमबार पत्रकार सम्मेलन गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै बोधिश्रवण धर्म संघ…

Read More

गलकोट: असोज कात्तिक महिनामा मात्रै होइन, अहिले पनि बागलुङबजारका विभिन्न चोक, गल्ली र टोलमा छाडा कुकुर छरपस्ट देखिन्छ । देखिने मात्र होइन, बेला बेला उस्तै आक्रामक भएर पनि आउने गर्दछ । छाडा कुकुरको व्यवस्थापनका विषयमा स्थानीय सरकारका रूपमा बागलुङ नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयप्रति तीव्र प्रश्न पनि उठ्छ तर यसलाई विष हालेर मार्दा पशु अधिकारकर्मीको चर्को विरोध आएपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । यद्यपि नगरपालिकाले कुकुर व्यवस्थापनका लागि छुट्टै बजेट विनियोजन गरेर अघि बढ्ने पहल थालेको छ । छाडा कुकुरको सङ्ख्या बढ्दै गएका कारण मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएपछि नगरपालिकाले छाडा कुकुर…

Read More

रामपुर: रामपुर नगरपालिकामा बट्टाईंपालन शुरु गरिएको छ । रामपुर नगरपालिका–७ सिरुपाटाका युवक आभाष भट्टराईले यस क्षेत्रमा पहिलोपटक बट्टार्इं पाल्न शरु गरेपछि अवलोकन गर्नेको आकर्षण बढ्दो छ । शहीद बहुमुखी क्याम्पस स्नातक तह चौथो वर्षमा व्यवस्थापन सङ्कायमा अध्ययन गर्नुभएका भट्टराईले गत भदौदेखि काठमाडौँबाट चल्ला ल्याएर रामपुरमा नयाँ व्यवसायको रुपमा व्यवसाय शुरु गरेको हो । एक हजार दुई सय चल्लाबाट व्यवसाय सञ्चालन गरेका भट्टराई दोस्रोपटक आठ सय, तेस्रोपटक एक हजार दुई सय थप गरी बिक्रीसमेत गरिसक्नुभएको छ । पुनः एक हजार चल्ला थप्ने तयारी गरेको छ । एकवटा चल्ला रु ६० मा खरिद गरी ६० दिनको समय भएपछि भाले २५०,…

Read More

रौतहट: रौतहटमा एक वृद्धको हत्या भएको छ । जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पर्साटोलका ६५ वर्षीय फेकन पण्डितको हत्या भएको हो । सोमबार राति अज्ञात समूहले पण्डितलाई उनकै गोठमा हतौडा प्रहार गरी हत्या गरेको पीडित परिवारले जनाएको छ । घरमा खाना खाएर गाउँबाट झण्डै १ किलोमिटर रहेको गोठमा सुत्न गएका उनी मंगलबार बिहान अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्य खोज्न जाँदा पण्डितको टाउकोमा हतौडा प्रहार गरी हत्या गरेको अवस्थामा गोठमै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक नविनकुमार सिंहले घटनाको पुष्टि गरेका छन् । रौतहटका प्रहरी प्रमुख एसपी रविराज…

Read More

’ काठमाडौँ: कोटेश्वर–कलङ्की सडक खण्डमा हालसम्म ‘सर्भिस ट्र्याक’ निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्र्याकले गति लिन नसकेको हो । चीन सरकारले मुख्य र सहायक गरी आठ लेन सडक निर्माण गरिदिएको थियो । नेपाल सरकारले सडकको दुबैतर्फ एक–एक लेन निर्माण गर्ने गरी सम्झौता भएको थियो । सो खण्डको मर्मत दुई वर्ष पहिले शुरु भएपनि अझैसम्म सम्पन्न हुन नसकेको बताइएको छ । कतिपय स्थानमा जग्गा कारण मार्ग निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । कोटेश्वर, एकान्तकुना, बल्खुलगायतका विभिन्न स्थानमा सो समस्या रहेको योजना प्रमुख अमृतमणि रिमालले…

Read More

चितवन: भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदी किनारको रमणीयस्थल पटिहानीमा रु तीन करोड खर्च गरी दुई वर्ष लगाएर ‘अम्ब्रेला स्ट्रिट’ तयार पारिएको छ । सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्ये सो स्थलमा पहिलोपटक सो स्ट्रिट सञ्चालनको अन्तिम तयारी हुँदैछ । भरतपुर महानगरपालिका–२२ का वडा अध्यक्ष विष्णुराज महतोका अनुसार यही फागुन १ गतेबाट खाना महोत्सवसहित सो स्ट्रिट सञ्चालनमा ल्याइने छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय रु एक करोड, महानगरपालिका रु एक करोड ५० लाख र सोही वडाबाट रु ५० लाख गरी रु तीन करोडको लागतमा स्ट्रिट तयार गरिएको जनाइएको छ । विश्वका शहरसँगै रहेका समुद्रका छेउमा पर्यटकलाई आकर्षण गर्न…

Read More

पोर्चुगल: प्रवासमा रहेर पनि बाग्लुङ समाज पोर्चुगलले आफ्नो कला संस्कृतिको जगेर्ना तथा प्रचार गर्दै आइरहेको छ । हरेक वर्ष विशेष मेलाको आयोजना गर्दै समाजले आफ्नो कला, संस्कृतिको जगेर्ना गर्दै आइरहेको हो । यस वर्ष पनि चैतेदशैँको अवसर पारेर समाजले बागलुङको कला, संस्कृतिको प्रदर्शनका साथै भलिबल प्रतियोगिताको समेत आयोजना गरिनेको समाजका अध्यक्ष प्रेम खड्काले बताए । उनका अनुसार विदेशी र नेपाली समुदायलाई नेपाली लोकगीतमा छमछमी नचाइनेछ । “नेपाली कला, संस्कृति र परम्परालाई विदेशी भूमिमा उजागर गर्न लागेका छौँ”, उनले भने, “यस्ता कार्यक्रमले नेपाल सरकारले आयोजना गरेको पर्यटन वर्षलाई सघाउनेछ ।” कार्यक्रमलाई सफल पार्न मूल व्यवस्थापन समितिसहित सात अन्य उपसमितिसमेत…

Read More