Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » बमजन प्रकरण: पत्रकार सम्मेलनमा रामबहादुर बमजनमाथिको आरोप सत्य नभएको अनुयायीहरूको दाबी

    बमजन प्रकरण: पत्रकार सम्मेलनमा रामबहादुर बमजनमाथिको आरोप सत्य नभएको अनुयायीहरूको दाबी

    पहिलोक्लिकपहिलोक्लिकFebruary 11, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    सिन्धुली : बोधिश्रवण धर्म संघ केन्द्रीय समितिले तपस्वी रामबहादुर बमजनलाई शंका गर्नुपर्ने कुनै कारण नरहेको बताएको छ।

     

    समितिले सोमबार बमजनको आश्रमस्थल सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरेमा पत्रकार सम्मेलनको आयोजना गरेर तपस्वी बमजनमाथि लगाइएको आरोप सत्य नभएको दाबी गरेको हो। जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि गत माघ २४ गते बमजनको आश्रममा प्रहरी पुगेको थियो। तर प्रहरीले बमजनलाई फेला भने पारेको छैन। अहिले पनि प्रहरीले बमजनको आश्रमस्थल पैरेमा घेरा हालेर बमजनको खोजतलास तथा अनुसन्धान गरिरहेको छ।

     

    आश्रममा प्रहरीले अचानक छापा मारेको विषयलाई लिएर समितिले सोमबार पत्रकार सम्मेलन गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै बोधिश्रवण धर्म संघ केन्द्रीय समितिका अध्यक्ष नीलबहादुर थिङ्खले बमजनमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन्। प्रहरीले बमजनको आश्रममा गरेको खानतालासीप्रति असन्तुष्टि जनाउदै उनले भने, ‘अनुसन्धान हुनुपर्छ। त्यसमा हाम्रो कुनै मतभेत छैन। न्याय सबैले पाउनुपर्छ तर सत्य र असत्य दुवै छुट्याउनुपर्छ। संविधान, कानुन विधिअनुसार अनुसन्धान हुनुपर्छ’।

     

    बमजनलाई खोजतलास गर्नेक्रममा प्रहरीले बमजनको आश्रममा तोडफोड गरी प्रवेश गरेको प्रति आपत्ति जनाउँदै शान्त, सालिन वातावरण र धार्मिक आस्थामाथि अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार प्रहरी प्रशासनले गरेको समितिका अध्यक्ष थिङ्खले बताए। अभियोग लागेका व्यक्तिलाई अदालतमा उपस्थित हुन म्याद टाँस नगरी त्रासपूर्ण तरिकारले संविधान र आचारसंहिताविपरीत प्रहरीले खानतलासी गरेको उनको आरोप छ।

     

    उनले बोधिश्रवण धर्म संघले सरकारलाई न्याय र न्यायोचित विधि प्रक्रिया र व्यवहारमा सधै साथ दिने बताए। तपस्वी बमजनमाथि एक अनुयायीको हत्या र तीन आनी बेपत्ता पारेको आरोप लागेको छ। बमजन आश्रमबाट बेपत्ता भएको र बलत्कारको समेत आरोपमा उजुरी परेपछि उनको सिन्धुपाल्चोक बाडेगाउँ आश्रम सिल गरि प्रहरीले छानविनसमेत गरेको थियो। त्यसबेला पनि प्रहरीले पैरे आश्रममा खोजतलास गरेको थियो। पैरेमा बमजनको आश्रम करिब ४२ बिगाहामा फैलिएको छ। २४ बिगाहाको लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको स्थानीयको भनाई छ।

     

    जिल्ला अदालत सर्लाहीले आरोपित बमजन पक्राउ गर्न गत माघ २४ गते बिहीबार पूर्जी जारी गरेपछि सिआइवी, प्रदेश नम्बर दुईको दंगा नियन्त्रण टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका ८ पैरेस्थित बमजनको आश्रममा खानतलासी गरेको थियो।

    Facebook Comments Box

    बमजन प्रकरण
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.