Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, महोत्तरीका नायब सुब्बा ढकबहादुर कार्कीलाई रु दश हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको महोत्तरी कार्यालयबाट खटिएको टोलीले रकमसहित पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार नायब सुब्बा कार्कीलाई गौशाला नगरपालिका–१ रामनगरबाट शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो।
काठमाडौँ: प्रभु बैंकले चुक्ता पूँजीको आठ प्रतिशत शेयर लाभांश दिने भएको छ । यसअघि बैंकले पाँच प्रतिशत शेयर लाभांश र पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि बैंकले नयाँ लाभांश प्रस्ताव गरेको हो । नयाँ प्रस्तावअनुसार बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६५ करोड ८७ लाख १५ हजार ८८२ तथा त्यसमा लाग्ने करवापत रु रु तीन करोड ४६ लाख ६९ हजार २५७ नगद लाभांश वितरण गर्नेछ । गत पुस २२ गते प्रस्ताव गरिएको शेयर र नगद लाभांशमा भने केन्द्रीय बैंकले सुधार गरेर ल्याउन निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार प्रभु बैंकले…
काठमाडौँ: वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने भएका छन् । नेपाल बैंकर्स सङ्घको आजको बैठकले त्यस्तो निर्णय गरेको हो । पछिल्लो पटक ‘क’ वर्गका वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज लिएको भन्दै बैंकहरुबीच नै गुनासो बढेपछि सङ्घको बैठक बसेको हो । बैठकले नवीकरणको हकमा भने बढी ब्याज दिन पाउने व्यवस्था गरेको छ । संस्थागत निक्षेपकर्तालाई ८.५० प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था यसअघि नै गरिएको थियो । त्यसमा बैंकले थप एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था गरिएको थियो । त्यसआधारमा वाणिज्य बैंकहरुले ९.५० प्रतिशतसम्म संस्थागत निक्षेपकर्तालाई ब्याज दिँदै आएका थिए । पछिल्ला दिनमा केही बैंकले निक्षेप…
भक्तपुर: मध्यपुरथिमि नगरपालिकाले बहुउपयोगी डिजिटल प्रविधिमा आधारित नक्साङ्कन एवं घरधुरी सर्वेक्षण गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण घर, सम्पदा, मठ, मन्दिर, खुला क्षेत्र, बस्ती, सडकलगायत नगरको सचित्र आउने गरी नक्साङ्कन गरिने भएको हो । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यही माघ २६ गते नगरपालिका क्षेत्रको पुरानो र परम्परागत बस्तीका रुपमा रहेको बालकुमारी, चपाचो, नगदेश र बोडेमा नक्साङ्कनमा लागि ड्रोन क्यामरा उडाइने बताउनुभयो । “घर नम्बरिङको बेस म्याप बनिसक्यो, हामी थ्रि डि नक्साङ्कनमा जाने योजनामा छाँै” उहाँले भन्नुभयो, “नगरपालिकाबाट नगर क्षेत्रको सबै घरसहितको सम्पूर्ण संरचना हेर्न सकिने गरी नक्साङ्कन गरी हाउस नम्बरिङमा समेत जाने छौ ।” उहाँले मध्यपुरथिमिको परम्परागत नाम र…
काठमाडौँ: प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनको अवरोध हटाउने भएको छ । आइतबार संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । त्यसपछि संसद सुचारु हुनेछ । गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्नुपर्ने माग सम्बोधन भएपछि कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षालाई मुद्दा बनाएको थियो । डा. केसीले एकतर्फी रुपमा अनसन तोडेपछि कांग्रेसले संसदमा अवरोध नगर्ने भएको हो ।
काठमाडौंँ : दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, “मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झैझगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार दाना अन्नका लागि भीषण युद्ध गर्छन्, यस्तो चालाले कसरी चल्छ ?” मग्न भएर चराहरूले फाप्रेका कुरा सुन्दै गए । “मैले कयौँ साल जलथलमा सबैतिर यात्रा गरेँ, अनगिन्ती रहस्य थाहा पाएँ, थाहा छ तिमीहरूलाई ? हाम्रा एक राजा रहेछन् नी !” सुगाले आश्चर्य प्रकट ग¥यो, “राजा राजा ।” सबै चरा चिरबिर गर्न थाले । “हो, हामीले उनलाई खोज्नै पर्छ, नत्र हामी सबैको नाश हुनेछ, हाप्रेले भन्यो ।…
लहान: विगत एक महीनादेखि हुलाकी सडकअन्तर्गत पर्ने कमला र बलान नदीको पुल निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जारी राखेको रिले अनशन तोडिएको छ । गत पुस १७ गतेदेखि सदरमुकाम सिरहास्थित महावीर चौकमा सङ्घर्ष समितिले रिले अनशन बस्दै आएको थियो । हुलाकी सडकमा पर्ने कमला र बलान पुल २०७७ वैशाखसम्ममा उद्घाटन हुने निश्चित भएकाले रिले अनशन तोडिएको सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले जानकारी दिए । शहीद हेमनारायण यादवको १५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी सडकमा पर्ने कमला र बलानको पुल २०७७ वैशाख २ गते उद्घाटन गर्ने घोषणा गर्नुको साथै भौतिक योजनामन्त्री रघुवीर महासेठले समेत कुनै…
बेइजिङ: अमेरिकाले दशकौँ पहिले रूससँग गरेको मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ)बाट फिर्ता हुने निर्णय गर्नु बेठीक भएको चीनले जनाएको छ । शनिबार चिनिया विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले भन्नुभयो, “चीनले अमेरिकाद्वारा आइएनएफ सन्धिबाट फिर्ता हुने निर्णयप्रति असहमति जनाएको छ र अमेरिका र रूसले यसबारे देखिएका आफ्ना भिन्नतालाई रचनात्मक वार्ताका माध्यमबाट सही तरिकाले समाधान गर्न आग्रह गरेको छ ।” संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले शुक्रबार अमेरिकाले शनिबारदेखि लागु हुनेगरी सन्धिलाई अमान्य घोषणा गरेको बताउनुभएको थियो । अमेरिकाले यस सन्धिबाट फिर्ता भएको जनाएपनि यसबाट प्रक्रियागत रूपमा बाहिरिन कम्तिमा छ महिनाको समय लाग्नेछ । उक्त अमेरिका तथा तत्कालिन सोभियत संघबीचको शीत…
काठमाडौं: संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले कानुनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटीको दुरुपयोग गरका छन् । विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराईले सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवासुविधा दुवै लिएका छन् । कानुनमा महासचिव भट्टराईले एउटा गाडी र चालक पाउँछन् । सरकारका मुख्य सचिवसरह पारिश्रकिम पाउँछन् । उनले ५ वटा गाडी र ३ जना चाकल लिने गरेको जानकारी संघीय संसद सचिवालय स्रोतले दिएको छ । उनी मासिक तलव र पेन्सन दुवै लिन्छन् । उनले प्रतिमहिना ५८ हजार ८ सय ८० तलब र ३२ हजार ८ सय ९९ रुपैयाँ पेन्सन (निवृत्तिभरण) बुझन्े गरेको…
काठमाडौं: अमेरिकालाई साम्राज्वादी भनी जारी गरिएको विज्ञप्तिमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई झुक्याइएको टिप्पणी भएपछि उनले शुक्रबार निजी सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै यसको खण्डन गरे । पहिले वक्तव्य नै आफ्नो आधिारिक धारण भएको र त्यसमा कसैले नफसाएको स्पष्ट पारे । भेनेजुएला विषयमा निकालिएको विज्ञप्ति नै विवादमा परिरहेको बेला त्यसलाई किन आइलाग्यो त ? ‘किनभने भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेकै थियो र त्यसमा हामी बोल्नैपथ्र्यो,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘यसरी बोलेको कुरामाथि शंका उब्जेपछि त्यसलाई प्रष्ट पार्ने दायित्व अध्यक्षज्यूले पूरा गर्नु भएको हो । हाम्रो सम्बन्ध अमेरिकासँग राम्रो हुनुपर्छ तर उसको अन्यायलाई सहने मूल्यमा होइन ।’ यो समाचार आजको कान्तिपुरमा घनश्याम खड्काले…
