काठमाडौँ: प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनको अवरोध हटाउने भएको छ ।
आइतबार संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । त्यसपछि संसद सुचारु हुनेछ ।
गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्नुपर्ने माग सम्बोधन भएपछि कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षालाई मुद्दा बनाएको थियो । डा. केसीले एकतर्फी रुपमा अनसन तोडेपछि कांग्रेसले संसदमा अवरोध नगर्ने भएको हो ।
Facebook Comments Box