Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: आज राजधानीमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाइएको छ। २०६२ साल पुस १ गते संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो। अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रबद्र्धन र प्रचार प्रसार गर्ने उद्देश्यले दिवस मनाइएको हो । सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यमबाट नेपाली झण्डा बोकेर काठमाडौँको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको थियो ।
काठमाडौँ: विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए । नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो । गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् । महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो । महेश्वरले २०१६ मा…
लहान: गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर निजको दुई घरका साथै छिमेकी कारी दासको दुई घर, देवेन्द्र दासको एक घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेर नष्ट भएको हो । आगो निभाउने क्रममा गेनी दासकी ४१ वर्षीया श्रीमति देवकुमारी दास घाइते भएको र उनको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भइरहेको…
काठमाडौँ: सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ । मन्त्रिपरिषद् बैठकबाट स्वीकृकत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो । सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला सरकारले उनलाई थप विवादमा तान्नेगरी २४ सै घण्टा स्टयाण्डबाइ रहनेगरी महँगो हरिकप्टर खरिद गरेको हो ।
काठमाडौँ: नेता वामदेव गौतमले पार्टी कामको एकल नेतृत्व पुष्पकमल दाहाललाई दिन माग गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको हालसम्मको कामको आलोचना गर्दै पेस गरेको १६ पृष्ठको छुट्टै प्रतिवेदनमा प्रधानमन्त्रीले पार्टी कामको पनि जिम्मेवारी लिँदा त्यो भूमिका सफलतापूर्वक निर्वाह गर्न नसकेको उल्लेख गरेका छन् । त्यसैले अर्का अध्यक्षले पार्टी सञ्चालनमा बढी ध्यान दिने गरी ‘एक व्यक्ति एक जिम्मेवारी’ को अवधारणा लागू गर्नुपर्ने उनले जनाएका छन् ।
काठमाडौं : सत्तारुढ नेकपाको बैठकमा शीर्ष नेताहरूकै ‘परस्पर विरोधी’ दस्तावेज पेश भएका छन्। पार्टी एकतापछि पहिलो पटक लिखित राजनीतिक दस्तावेजसहित सुरु नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको साझा राजनीतिक प्रतिवेदनमाथि सचिवालय सदस्य वामदेव गौतमले छुट्टै प्रस्ताव पेश गरेका छन्। अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन ओलीले नेतृत्वको सरकारको ९ महिने अवधिमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको विश्लेषणसहित आएपछि नेता गौतमको छुट्टै पुरक प्रस्ताव आएको हो। प्रधानमन्त्री ओलीले बैठकमा सरकारको काम असाधारण, आश्चर्यजनक खालको उपलब्धी मूलक रहेको दाबी गरेका थिए। ‘सरकारको उपलब्धी असाधारण र आर्चश्यजनक ढंगको छ। सरकारको काम सगरमाथा नै पुगे–पुगे जस्तो छ। तर सगरमाथानै पुगेको त नठानौं,…
काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ। यसको क्षमता १८ जनाको हो। तर घुस लिने कर्मचारीका कारण त्यो ‘हाउसफुल’ छ। यहाँ ३३ जना हिसारतमा छन्। विगतको तुलनामा यो संख्या बढी हो। पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’लाई तीव्रता दिएका कारण हिरासत भरिएको अख्तियारको भनाइ छ। ‘हिरासतको क्षमता १७–१८ हो। क्षमताभन्दा बढी भएर प्रहरी परिसर र प्रभागतिर पठाउनुपर्ने अवस्था छ’, अख्तियारका प्रवक्ता रामेश्वर दंगालले भने, ‘मालपोत, यातायात व्यवस्था कार्यालय र भूमिसुधारका कर्मचारी धेरै छन् ।’ प्रहरी हिरासतको तुलनामा अख्तियार हिरासतमा बस्नेलाई खानेबस्ने सुविधा राम्रो छ। परिवार पनि भेट्न पाइन्छ। त्यसैले पक्राउ परेका व्यक्ति बाहिर बस्न चाहन्नन्। पछिल्लो समय…
काठमाडौँ: महत्वका साथ हेरिएको नेपाली काङ्ग्रेसको महासमिति बैठक आजदेखि राजधानीमा शुरु भएको छ । बैठक उद्घाटन समारोहमा नेताहरुले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाए । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले हात समाएर एकताको सन्देश प्रस्तुत गरे । दुई नेताबीच दूरी बढेको सार्वजनिक टिप्पणी भइरहेका बेला बैठक उद्घाटन समारोहमा उपसभापति विजयकुमार गच्छदारले हात समाएर एकताको सन्देश दिन आह्वान गर्नुभएको थियो । गच्छदारले भाषण गर्ने बेलामा दुवै नेतालाई एक हुन सार्वजनिकरुपमा अनुरोध गरेपछि उपस्थित कार्यकर्ताले गडगडाहट तालीले स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आफू सबै नेतालाई मिलाएर अघि बढ्न तयार रहेको बताए । महासमिति…
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर दाजुभाइ हुन् । बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीता देवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “बेलौरीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याए पनि दुवै…
डोटी: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयवासीलाई समस्या उत्पन्न भएको छ । भारतीय रुपैयाँ २००, ५०० र दुई हजारका नोट नचलाउने सरकारको निर्णयपछि सुदूरपश्चिम प्रदेशका स्थानीयवासी समस्यामा परेका हुन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीले घर फर्किदा ल्याएका भारतीय नोट अहिले नसाटिन थालेपछि उनीहरु निकै समस्यामा परेको डोटीका स्थानीयवासी चेतराज भट्टले बताए । ‘रोजगारी गरी भारतबाट फर्किदा उनीहरु भारतीय नोट ल्याएका छन्, सरकारले भारतीय नोट नसाट्ने भनेपछि समस्या भएको छ, उनले भने, “हामीले कमाएर ल्याएको सम्पति कहाँ गएर साट्ने ।” दिपायल पिपल्लास्थित किरण इलेक्ट्रोनिकका सञ्चालक किरण भण्डारीले आफू कहाँ दैनिक दजर्नौ ग्राहकहरु भारतीय रुपैयाँ लिएर आउने…