Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » मेलम्ची आयोजना: सरकार-सीएमसीबीचको वार्ता अनिर्णित

    मेलम्ची आयोजना: सरकार-सीएमसीबीचको वार्ता अनिर्णित

    पहिलोक्लिकपहिलोक्लिकDecember 19, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: सरकारले मेलम्ची खानेपानी आयोजनासँग जोडिएका पछिल्ला गतिविधिलाई संयमतापूर्वक समाधान गर्न प्रयत्नशील रहेको जनाएको छ ।

    खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजनाको निर्धारित कार्यतालिका प्रभावित नहुने गरी आयोजना सम्पन्न गर्न विभिन्न विकल्पमा छलफल गरिरहेको र ठेकेदार कम्पनी सीएमसीसँग पनि पछिल्लो अवस्थाका बारेमा छलफल भइरहेको उल्लेख गरेको छ ।

    आयोजनाको निर्माण कार्य सम्पन्न गर्न हालकै निर्माण व्यवसायीमार्फत गर्न सकिने अवस्थाका बारेमा पनि मन्त्रालय र मेलम्ची आयोजनाले विभिन्न विकल्प राखेर परामर्श गरिरहेको उल्लेख गर्दै मन्त्रालयले हालको निर्माण व्यवसायी कम्पनीले काम नगर्ने परिस्थितिमा समेत कार्यतालिका प्रभावित नहुने गरी प्रक्रिया अगाडि बढाउन पनि तयार रहेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रालयले पछिल्लो विकसित परिस्थितिबाट मेलम्ची आयोजनाको निर्माण कार्य प्रभावित नहुने व्यहोरा स्पष्ट गर्दै आयोजनाप्रति कहीँकतै आशङ्का नगर्न र निर्माण कार्यमा नेपाल सरकारलाई आ–आफ्नो स्थानबाट सकारात्मक सुझाव र उत्प्रेरणा प्रदान गर्नसमेत आग्रह गरेको छ ।

    आयोजनाको निर्माण कार्य चलिरहेकै समयमा आइतबार बेलुका ठेकेदार कम्पनी (सीएमसी) का प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेको लगायतको टोलीले अनुमति विना आयोजना स्थल छाडेका थिए ।

    प्रोजेक्ट म्यानेजरसहितका कर्मचारी एकाएक नेपाल छोड्न खोजेको मेलम्ची खानेपानी आयोजना र खानेपानी मन्त्रालयले जानकारी पाएपछि अध्यागमनमा क्रिस्टियानोलगायतका प्रतिनिधिको अवस्था बुझ्न खानेपानी मन्त्रालयले गृह मन्त्रालयलाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रालयको अनुरोधबमोजिम अध्यागमन विभागले उनीहरुलाई निगरानीमा राखिएको भन्दै मन्त्रालयले पछिल्लो विकसित घटनाक्रमपछि मन्त्रालय आयोजनाको काम प्रभावित नहुने गरी समस्या समाधान गर्न निरन्तर क्रियाशील रहेको जनाएको छ । नेपालको राष्ट्रिय गौरवको आयोजनाका रुपमा परिचित मेलम्ची खानेपानी आयोजना दुई दशक पुरानो राष्ट्रिय आयोजना हो । आयोजना विसं २०६५ सालमा सीआरसीसी नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

    चिनियाँ कम्पनीसँग २०६९ असोज ९ गते निर्माण सम्झौता भङ्ग भएपछि नेपाल सरकार खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले इटालीको सीएमसी कम्पनीसँग २०७० असार ३१ गते दोस्रो निर्माण सम्झौता गरेको हो । मेलम्ची खानेपानी विकास समिति र सीएमसी कम्पनीबीच रु सात अर्ब ७२ करोड ३४ लाख ७१ हजार ३४२ प्रारम्भिक निर्माण सम्झौता भएको थियो ।

    सम्झौतामा सीएमसीले ३६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख थियो । निर्माण सामग्रीको अभाव, भूकम्प, नाकाबन्दीजस्ता कारणले मेलम्ची आयोजनाको निर्माण कार्य सम्झौतामा उल्लेखित मितिमै सम्पन्न हुन सकेन । पछिल्लो ६ महिनाको अवधिमा आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ । कूल २७ किलोमिटर लामो सुरुङ मार्ग निर्माणको कार्य सम्पन्न भइसकेको छ ।

    सुरुङको भुइँ ढलानलगायत काम सम्पन्न भएको छ । सुन्दरीजलको प्रशोधन केन्द्रको निर्माण कार्य पूरा भएको मन्त्रालयले जनाएको छ । आयोजनासँग सम्बन्धित प्राविधिक पक्षलगायतका महत्वपूर्ण कामहरु सम्पन्न भइसकेका छन् । आयोजनामा भेन्टिलेशन साफ्ट, हेड वक्र्स, अडिट टनेलको गेट, सेन्सर क्यामेराका केही काम मात्र बाँकी छन् ।

    मन्त्रालयले सोमबार र मङ्गलबार सरोकारवाला पक्ष र निकायसँग औपचारिक एवं अनौपचारिक रुपमा बैठक र परामर्श गरिरहेको उल्लेख गर्दै समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समिति, ठेकेदार कम्पनी (सीएमसी) का प्रतिनिधि, परामर्शदाता इप्टिसा, दातृ निकाय एशियाली विकास बैंक, विज्ञ, कानूनका ज्ञाताहरुलगायत आवश्यक संस्था र व्यक्तिहरुसँग विभिन्न चरणमा परामर्श गरेको विज्ञप्तिमा जनाइएको छ ।

    मन्त्रालयले परामर्शदाता कम्पनी इप्टिसालाई मेलम्ची आयोजनाको सुरुङको प्राविधिक विश्लेषणसहितको प्रतिवेदन तयार गरी एक हप्ताभित्र पेश गर्न निर्देशन दिइसकेको जनाएको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.