Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काभे्रपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आउँदो चैत महीनाभित्र ६०० वटा माध्यमिक विद्यालयलाई डिजिटलाइजेसन गरिने बताएका छन् । पाँचखाल नगरपालिका–१२ कोशीदेखास्थित श्रीराम माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले भने, “प्रत्येक निर्वाचन क्षेत्रका तीन वटा सामुदायिक विद्यालयलाई डिजिटलाइजेसन गरिने छ ।” मन्त्री बाँस्कोटाले प्रदेश नं २ को निर्वाचन क्षेत्रमा भने छ वटाका दरले विद्यालयलाई डिजिटलाइजेसन गरिने बताउँदै “आर्थिक अवस्था कमजोर भएका क्षेत्रको विद्यालयलाई डिजिटलाइजेसन गर्ने कार्यलाई विशेष प्राथमिकता दिइनेछ”, भने । “प्रविधिसँग जोड्न कम्प्युटरका माध्यमबाट जीवन निर्वाहमुखी शिक्षा उपलब्ध गराउने नीति रहेको छ”, उनले भने, “कम्प्युटर ल्याब स्थापनामार्फत डिजिटलाइजेसनको अभियान कर्णाली प्रदेशबाट केही दिनमै शुरु हुन्छ ।” मन्त्री…

Read More

काठमाडौँ: मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना आँैल्याएको छ । आज उच्च हिमाली भूभागका कही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पश्चिमी तथा पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । आइतबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रहेको छ । महाशाखाको…

Read More

काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले पछिल्लो समय श्रम सम्बन्धमा सुधार आएकाले मुलुकको आर्थिक विकासका लागि मार्ग प्रशस्त भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २१औँ स्थापना दिवस तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको बताए । व्यापार घाटा बढ्नु मुलुकका लागि दुःखद् रहेको भन्दै उनले निर्यात बढाउनेतर्फ पनि सरकार, उद्योगी तथा व्यवसायी केन्द्रित हुनुपर्ने बताए । आर्थिक विकासका लागि केही समय आयात नबढाइकन सुखै नभएको भन्दै अर्थमन्त्री डा खतिवडाले भने, “हामीलाई आर्थिक विकास पनि चाहिएको छ, लगानी पनि बढाउनुपरेको छ । त्यसका लागि आयात थप भएपनि हाम्रो सोच निर्यात…

Read More

मुम्बई: भारतमा आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुगेको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले दिएको विवरण अनुसार चालु आर्थिक बर्षको अघिल्लो त्रैमासिकभन्दा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ८.२ प्रतिशतले वृद्धि भएको छ । अहिलेको आर्थिक बृद्धिदर अघिल्लो बर्षको यही अवधिको भन्दा ६.३ प्रतिशतले बढी रहेको अधिकारीहरुले बताएका छन् । यो तथ्याङ्कले भारत विश्वकै तीव्र गतिमा आर्थिक बृद्धिदर हुने देशमा पर्ने देखाएको छ । तर नियमित रुपमा द्रुत गतिमा आर्थिक बृद्धि कायम राख्ने चुनौती भने उत्तिकै रहेको विश्लेषकहरुले बताएका छन् ।

Read More

चितवन: माडी क्षेत्रमा हिंस्रक बनेको जङ्गली हात्ती नियन्त्रणका लागि गएराति गरिएको प्रयास असफल भएको छ । निकुञ्जका प्राविधिकले माडी नगरपालिका–९ कान्छिवगइमा सो हात्तीलाई नियन्त्रणमा लिनका लागि डार्ट गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार राति ११ः ३५ बजे स्थानीय एक घरमा मकै खाँदै गर्दा हात्तीलाई डार्ट गरिएकामा त्यसको असर नपरेको हो । उहाँका अनुसार हात्ती विस्तारै हिँड्ने गरी ‘जाइलाजीर’ नामक औषधि राखेर डार्ट राखिएको थियो । तर त्यसले काम नगरेको र हात्ती भागेर निकुञ्ज पसेको उहाँले बताउनुभयो । सो क्षेत्रमा खोलानाला र अफ्ठ्यारो ठाउँ भएकाले ढल्ने गरी नभएर विस्तारै हिँड्नसक्ने बनाउने गरी डार्टको तयारी गरिएको…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी आज औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र पोल्याण्डतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनको उद्घाटन समारोहमा भाग आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Read More

काठमाडौँ:प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका छन्। एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालजस्तो विविधतापूर्ण समाजमा वार्ता, समझदारी, आपसी सम्मान, सम्झौता र संलग्नताले भित्री र बाह्य द्वन्द्वलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ भन्ने देखाएको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक सङ्क्रमणबाट पार भई इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल भएको र सन् २००६ मा आरम्भ भएको विस्तृत शान्ति प्रक्रिया सफल भएको बताए । उनले नेपालको शान्ति प्रक्रिया नेपालीले नै स्थापना र नेतृत्व गरेको, स्वामित्व लिएको र बलियो बनाएको तथा नेपाली जनताले साहासीपूर्ण र दृढ निर्णय लिएको उल्लेख…

Read More

काठमाडौँ: भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत पबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन आफ्नो मुलुकले स्वीकार नगर्ने खुलाशा गरेका छन्। इपिजीको कार्यकाल सकिएको ५ महिना बितिसक्दापनि प्रतिवेदन ग्रहण गर्न ढिलाई किन भारतीय प्रधानमन्त्री मोदीले ढिलाई गरिरहेका छन् भन्ने कुरा भाजपा नेता जोलीको यो भनाईले स्पष्ट पारेको छ। उनले प्रतिवेदन सार्थक नभएको आरोप लगाएका छन्। इपिजीप्रति आक्रोस ‘ईपीजीको प्रतिवेदन तयार पार्ने क्रममा नेपाल–भारत सम्बन्धका जानकार र सम्बन्धित पक्षहरुसँग कुनै छलफल नै गरिएन’ शुक्रबार आयोजित साक्षात्कारमा जोलीले भने, ‘नागरिक समाज, पत्रकार, राजनीतिकर्मी, शिक्षाकर्मी, उद्योगपतिको तहमा प्रतिवेदन निर्माणबारे कुनै छलफल गरिएन।’ यस्ता…

Read More

काठमाडौँ: अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ। अमेरिकाका पूर्वराष्ट्रपति समेत रहेका उनका छोरा जर्ज डब्लु बुसले शुक्रबार राति विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएका हुन्। गत अप्रिलमा उनकी श्रीमती बारबाराको निधन भएको थियो। सोहि महिनादेखि उनको स्वास्थ्य अवस्था कमजोर भएका कारण उनलाई अस्पतालमा राखिएको थियो। अमेरिकाका ४१औं राष्ट्रपति उनले सन् १९८९ देखि सन् १९९३ सम्म सत्ता सम्हालेका थिए। दोस्रो कार्यकालका लागि निर्वाचनमा उठेका उनलाई विल क्लिन्टनले राष्ट्रपतिय निर्वाचनमा पराजित गरेका थिए। सन् १९८१–१९८५ र १९८५–१९८९ सम्म उनले दुई कार्यकाल लगातार अमेरिकाको उपराष्ट्रपति पद सम्हालेका थिए। त्यसबेला रोनाल्ड रेगन अमेरिकी राष्ट्रपति थिए। रिपब्लिकन…

Read More

काठमाडौं: चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तर्गत मिस नेपाल श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा पुग्न सफल भएकी छिन्। आफ्नो समूह अन्तर्गत रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटिङमार्फत् पछि पार्दै खतिवडा दोस्रो चरणमा पुगेकी हुन् । श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबैलाई धन्यवाद दिएकी छन् । दोस्रो चरणको प्रिजिन्टेसनका लागि तयार रहेको पनि उनले बताएकी छन् । उनले आफ्नो सोसल भिडियोमा भनेकी छिन्, ‘म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु’। भोटको खाँचो, भोट गर्न एसो गर्नुहोस श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने…

Read More