Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: डाक्टरहरुको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि हरेक पाँच बर्षमा उनीहरुको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता बृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच—पाँच बर्षमा परीक्षा लिन लागेको हो । यसअघि एकपटक लाईसेन्स पाएपछि डाक्र सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो । तर, अब हरेक पाँच बर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाईसेन्स नवीकरण हुने, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Read More

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा १४ लाख बढी असुलेको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । नागरिकलाई प्राप्त विवरण र उक्त मेडिकल कजेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग गरिएको कुराकानीपछि यसको पुष्टि भएको हो ।

Read More

भक्तपुर: दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार सहमत भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जापान भ्रमणका क्रममा कोटेश्वर जडीबुटी सुरुङमार्ग र सूर्यविनायक– धुलिखेल छ लेन सडकको निर्माण गर्न जापान सरकारले सहमति जनाएको सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

Read More

काठमाडौँ: सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालयअन्तर्गतको सिंहदरबार सचिवालय पुननिर्माण समितिसँग रहेको छ । सचिवालय अहिले संघीय संसद सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिला मन्त्रालयअन्तर्गत थियो ।

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र गरीबी निवारण अभियानमा सहभागी हुन लघुवित्त संस्थालाई अपिल गरेका छन् । आजदेखि यहाँ शुरु भएको दोस्रो लघुवित्त सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “शहरी र चक्रपथभित्रभन्दा पनि ग्रामीण क्षेत्रमा लघुवित्त संस्था जानुपर्छ ।” प्रधानमन्त्री ओलीले लघुवित्त न्यून आय भएका र गरीब जनताको हितका लागि स्थापना भएको संस्था रहेको बताउँदै “महङ्गो ब्याजमा पैसा लगाउने लघुवित्त हुन सक्दैनन्, सञ्चालकको रुचि होइन, लक्षित समूहको हित हेर्नुपर्छ, उनीहरुलाई सेवा दिनुपर्छ”, भने । सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघुवित्तको ठूलो योगदान हुने बताउँदै उनले साना लगानीबाट ठूला उद्यम भएका उदाहरण थुप्रै छन् भने…

Read More

सुर्खेत: बीरेन्द्रनगर नगरपालिका–१४ स्थित भे१ख ८४९ नम्बरको बस दुर्घटना हुँदा आज बेलुका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा लेकबसी नगरपालिका–८ गगनेपानी सुर्खेतकी ४० वर्षीया जानकी दर्लामी र सोही वडाकी २२ वर्षीया देउमाया वन्काटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त घटनामा ५० जना घाइते भएकोमा १२ जनाको अवस्था गम्भीर रहेको छ । घाइते २५ जनालाई प्रदेश अस्पताल सुर्खेत र बाँकी माया नर्सिङ होम तथा देउती अस्पतालमा उपचार भइरहेको छ । जनजागृति युवा क्लबको टोली बोकेको बस वनभोज खाएर फर्कँदै गर्दा कटकुवा र कपासेको बीचमा दुर्घटना भएको थियो । सडकभन्दा १००…

Read More

काठमाडौँ: नेपाल विद्यार्थी सङ्घले देशभर जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ । नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म हुने १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि आज ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो । अध्यक्ष नैनसिंह महरले सङ्घको विधान र नियमावलीअनुसार सबै जिल्लामा निर्वाचन सम्पन्न गर्न केन्द्रबाट प्रतिनिधि खटाएको जानकारी दिए । “सङ्घको विधान र नियमावलीअनुसार काम नगर्ने प्रतिनिधिलाई कडा कारवाही गर्नेछौँ,”उनले भने । खटाइएको चार दिनभित्रमा तोकिएको जिल्ला पुगेर काम नगर्ने प्रतिनिधिको विकल्पमा अर्को पठाइने उनको भनाई छ । नेविसङ्घले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यामिक विद्यालय, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगर, पुस ८ भित्र…

Read More

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजीको विकासलाई प्राथमिकता दिँदै राष्ट्रिय हितअनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेकपाका केन्द्रीय सदस्य वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीति, सम्भावना र चुनौती’ विषयको पुस्तक सार्वजनिक गर्दै उनले सरकारको कामलाई जनपक्षीय बनाउँदै राष्ट्रिय पूँजी निर्माणमा ध्यान दिनुपर्ने बताए । पूर्वप्रधानमन्त्री दाहालले भने, “हाम्रा विकास नीति, बजेट तथा कार्यक्रम राष्ट्रिय पूँजी निर्माण गर्न केन्द्रित छन् की छैनन्, समाजवादको आधारका रुपमा रहेको राष्ट्रिय पूँजीको विकास गर्न खोज्दा हाम्रो गतिविधिले कतै दलाल पूँजीको विकासमा मद्दत पुगेको त छैन भन्ने प्रश्न गरे ।” समाजवाद उन्मुख राजनीति, अर्थतन्त्र, संस्कृति र…

Read More

काठमाण्डौ: नेपालमा पहिलो पटक आयोजना गरिएको एसियाप्यासिफिक समिट – २०१८ मा सहभागीहुन काठमाण्डौआएका नाउरुका राष्ट्रपति बरुन दिभेदीवाबा तथा फिलिपिन्सकी उपराष्ट्रपति लिनि रोब्रुडोले आज चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन् । अनौपचारिक भ्रमणको क्रममा रहेका पाहुनालाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा संचालकहरु हेमराज ढकाल र कल्याण गुरुङ्गले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । भ्रमणमा सहभागी नाउरुका राष्ट्रपति र फिलिपिन्सकी उपराष्ट्रपतिले चन्द्रागिरि अत्यन्तै सुन्दर ढङ्गले निर्माण गरिएको र चन्द्रागिरिबाट एकदमै सुन्दर दृष्य देखिएको प्रतिक्रिया दिदै आगामी दिनमा फेरी भ्रमण गर्ने इच्छा रहेको बताए । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल,…

Read More

काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारसम्म २७ जिल्ला समन्वय समितिलाई स्थायी कर्मचारीको सङ्ख्या विवरण पठाउन निर्देशन दिएको छ । कर्मचारी समायोजनका लागि सबै जिल्ला समन्वय समितिले स्थायी कर्मचारीको विवरण पठाए पनि उक्त जिल्लाले विवरण नपठाएपछि आइतबारसम्म पठाउन निर्देशन दिइएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिए । मन्त्रालयले सबै समन्वय समितिबाट विवरण सङ्कलन गरेर कर्मचारी समायोजन गर्ने जनाएको छ । पटकपटक विवरण पठाउन निर्देशन दिए पनि नटेरेपछि आइतबारसम्म विवरण पठाउन भनिएको उनले जानकारी दिए। उनका अनुसार ताप्लेजुङ, धनकुटा, खोटाङ, सप्तरी, धनुषा, महोत्तरी, पर्सा, रामेछाप, काभ्रेलाञ्चोक, सिन्धुपाञ्चोक, रसुवा, लमजुङ, कास्की, पर्वत, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, पाल्पा,…

Read More