Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज११प ४८६६ नंको मोटरसाइकलमा सवार सर्लाही लालबन्दी नगरपालिका–३ का २७ वर्षीय मनपुरण चौधरी र सोही ठाउँका २७ वर्षीय भुवन परियारलाई लागुऔधष नाइट्रभेट ८४० टब्यालेट र पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । काठमाडाँैँ महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होमिन्द्र बोगटीले उनीहरुमाथि अनुसन्धान शुरु गरिएकोे जानकारी दिए ।

Read More

गोरखा: गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता कुशल श्रेष्ठले जानकारी दिए। उक्त सामुदायिक वनमा भेटिएका ९९ प्रजातिका चरामध्ये तीन प्रजातिका चरा भने अहिले विश्वमै लोपोन्मुख अवस्था रहेको श्रेष्ठले बताए । गएको वैशाखदेखि कात्तिकसम्म गरिएको अनुसन्धानका क्रममा नेपालमै लोपोन्मुख अवस्था रहेको पौरी बाँज र सानो बैडाइ प्रजातिका चरा पनि भेटिएका हुन् । ‘‘हामीले गरेको अध्ययनका क्रममा गोरखाको एउटै सामुदायिक वनमा नेपालमा हालसम्म भेटिएका ८८६ प्रजातिका चरामध्ये ९९ प्रजातिको भेटिएका छन्,’’ श्रेष्ठले भने, “चराचुरुङ्गीको अध्ययन र अवलोकनका लागि…

Read More

काठमाडौँ: जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले सोमबार जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । जापानको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी तारो कोनोबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मन्त्रीद्वयको उपस्थितिमा दुवै मुलुकका राजदूतले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। नेपालमा खाद्य सुरक्षा सुनिश्चित गर्न जापान सरकारले उक्त सहायता उपलब्ध गराएको हो । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालको सामाजिक, आर्थिक एवं भौतिक पूर्वाधार…

Read More

काठमाडौँ: “खेलेरै बाँच्न नेपालमा कठिन छ, पछिल्लो समय लिग फुटबल पनि हुन छोड्यो, परिवारको भविष्यका लागि पनि देश छोड्नुप¥यो” आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भेटिएका नेपाली राष्ट्रिय टोलीका अग्रपङ्तिmका खेलाडी सन्तोष साहुखलको भनाइ हो यो । “अहिले देश फेरियो परिवेश फेरियो काम एउटै हो, नेपालमा रहँदा फुटबल खेल्थेँ, जापानमा फुटबल सिकाउँछु”, साहुखलले भने । परिवार र सन्ततिका लागि पनि केही गर्नुपर्ने भएकाले विदेश जानुपरेको उनको भनाइ छ । “खेलेर मात्र जीवन धान्न सकिने अवस्था रहेन, म मात्र होइन धेरै खेलाडी विदेशिएका छन् ।” नेपाली फुटबलमा साहुखलको नाम पछिल्लो तीन वर्षदेखि कतै सुनिएको छैन । साहुखल फुटबलबाटै टाढिएका भने होइनन्…

Read More

म्याग्दी: जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार बेनीदेखि लेते सडकखण्डमा दैनिक बिहान ७ः३० देखि ११ः३० बजेसम्म तथा दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ । बेनीबाट मुस्ताङ जाने यात्रुले…

Read More

विराटनगर: भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए । ट्याङ्कर चालकले तीन दिनसम्म इन्धन ढुवानी ठप्प पारेका थिए । ट्याङ्कर चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनुपर्ने, नेपाली ट्याङ्कर चालकमाथिको दुव्र्यवहार रोकिनुपर्ने, चालकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, जाम भइरहेको सडकको विकल्प खोजिनुपर्ने लगायतका माग राखेर आन्दोलन थालेका थिए । सोमबार भारतको जोगवनीमा नेपाल र भारतका अधिकारीबीच भएको छलफलमा भारतीय पक्षले गल्ती स्वीकार गर्दै…

Read More

काठमाडौँ: नेपाल यातायात मजदुर सङ्घले काठमाडौँ उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गरेको छ । यातायात मजदुर सङ्घको टोलीले सोमबार काठमाडौँ महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई भेटेर उपत्यकाका सबै बस बिसौनीमा सफा र व्यवस्थित शौचालयको माग गरेको हो । सङ्घका उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गएको टोलीले शौचालय निर्माण, यातायात मजदुरलाई परिचयपत्रको आधारमा शौचालयमा शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने तथा महिला मजदुरका लागि छुट्टै शौचालयको व्यवस्था गर्नुपर्ने माग राखेको हो । प्रशासन प्रमुख कार्कीले महानगरले सडक विभागसँग १४२ स्थानमा शौचालय निर्माणका लागि ठाउँ माग गरिएको जानकारी दिए। “बयालीस बस बिसौनीमा शौचालय निर्माणका लागि ठाउँ उपलब्ध भएको छ,” उनले भने। उपलब्ध गराएका स्थानमा…

Read More

काठमाडौँ: सरकारले प्रदेश लोकसेवा आयोग तीन सदस्यीय हुने प्रस्ताव गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषध कार्यालयले अन्तिम रुप दिएको आयोग गठन सम्बन्धि बिधेयकमा सदस्य संख्या र नियुक्ति प्रक्रिया खुलाइएको छ। संविधानले प्रदेश लोकसेवा आयोग गठन आधार र मापदण्ड संघिय कानुनले निर्धारण गरेबमोजिम हुने भनेकोले सरकारले कानुन ल्याउन लागेको हो। संविधानको धारा २४४ मा प्रत्यक प्रदेशमा लोकसेवा आयोग रहने व्यवस्था गरेको छ। बिधेयकमा प्रदेश लोकसेवा आयोगको अध्यक्ष तथा दुई सदस्यको नियुक्तीका प्रदेश प्रमुखसमक्ष सिफारिस गर्न समितिको व्यवस्था प्रस्ताव गरिएको छ। मुख्यमन्त्री अध्यक्ष रहने समितिमा प्रदेश्सभाका सभामुख, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेशसभामा विपक्षी दलका नेता सदस्य तथा प्रदेशका प्रमुख सचिव सदस्य सचिव रहेन…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको छ । डेढ महिनाअघि कच्चा तेलको भाउ ८६.२९ डलर प्रतिब्यारेल थियो । एक महिनामा कच्चा तेलको भाउ २३ प्रतिशतले घटिसकेको छ । यो अवधिमा भारतीय बजारमा पेट्रोल ६.१२ भारु र डिजेल ४.१३ भारु सस्तिएको हो ।

Read More

काठमाडौँ: बिहान धेरै बेरसम्म खाली पेट बस्दा शरिरमा एसिडको मात्रा बढ्ने गर्दछ । चियामा पनि एसिड हुन्छ । यस्तो अवस्थामा यदि खाली पेटमा चिया पिउनुहुन्छ भने एसिडको मात्रामा बढोत्तरी भई अन्य स्वास्थ्य समस्या देखा पर्न सक्छ । सकारण बिहान चिया पिउनुभन्दा पहिले केही खानुपर्छ । हामी तपाईंलाई बिहान खाली पेटमा चिया पिउँदाका असर बारे । १. खाली पेटमा चिया पिउँदा शरिरमा प्रोटिन र पौष्टिक पदार्थ सोस्ने क्षमता कम हुन्छ । २. खाली पेटमा कालो चिया पिउँदा पेट फुल्छ । ३. चियाले खाली पेटमा ग्याष्ट्रिक म्यूकोसा बढाउँदछ जसले कम भोक लाग्छ । ४. चिया एसिडिक हुन्छ त्यसकारण यसलाई खाली पेटमा पिउँदा…

Read More