Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको छ । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन लागिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले रायका लागि ऐनको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ ।

Read More

काठमाडौं: ८० बर्ष पुरानो सुत्रमै उत्पदान हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यमा झनै खतरा बढाएकोमा विश्व समुदाय चिन्तित् बनेको छ । सन् १९९५ यता एन्टिबायोटिकको कुशल क्षमतामा ह्रास आएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालयले नै एन्टिबायोटिकले महामारीको रुप लिएको भन्दै सार्वजनिक रुपमै आमनागरिकलाई सचेत गराएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर विश्वव्यापी अध्ययनले नै एन्टिबायोटिकलाई जीवाणुले जित्न थालेको पुष्टि गरेकाले चुनौती थपिएको बताएको हो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

Read More

काठमाडौँ: टेबलमा फाइलसँगै सयको नोट। महिला कर्मचारीले हतपत टेबलमूनी घुसारिन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । तुरुन्तै ३० रुपैयाँ फिर्ता दिइन्। सेवाग्राहीले हतपत गोजीमा हाले। ‘उता जानुस् अब,’ उत्तरतर्फ संकेत गर्दै कर्मचारीले भनिन्। त्यसपछि घोसेमुन्टो लगाई कतै नहेरी भनिन् ‘अर्को आउनुस्, अर्को।’ त्यतिबेला बिहानको ११ बजेर २५ मिनेट गएको थियो। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको कोठा नम्बर १२ मेडिकल शाखाको दृश्य हो यो। आँखाको जाँच गर्नेको घुँईचो उस्तै थियो। फोटो खिच्नेको बाक्लो भिड। भिडभित्रै भइरहेको थियो खुलमखुला लेनदेन। गेटमै टिकट लिनेबेला आँखा जाँचवापत ३८ रुपैयाँ तिरे पुग्छ। तर भित्र घुस लिइन्छ, दिइन्छ। दिनमा एकपटक होइन, पटक पटक।

Read More

काठमाडौँ: प्रहरीले राजधानीबाट जीउँदो कछुवाको अवैध कारोबारमा संलग्नलाई १२ वटा कछुवाका बच्चासहित पक्राउ गरेको छ। यो घटनासंगै राजधानीबाट कछुवाको पनि अवैध कारोबारी हुने गरेको छ भन्ने तथ्य खुलेको प्रहरीले बताएको छ। उद्धार गरिएका त्यस्ता संरक्षित प्राणी प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले डिभिजन वन कार्यालय ललितपुरलाई हस्तान्तरण गरिएको छ। विस्तृत घटना विवरण: वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले मिति २०७५।०८।०३ गते जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोबाट अवैध रुपमा संरक्षित वन्यजन्तु जिवित कछुवा खरिद बिक्री गर्न ओसारपसार गरी ल्याई साथमा बोकी राखेको अवस्थामा जिवित कछुवा १२ ओटा उद्दार गरी संलग्न निम्न घर ठेगाना…

Read More

काठमाडौँ: काठमाडौँ: तत्कालीन नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उनको निवास खुमलटारमा स्मृतिसभा आयोजना सम्पन्न भएको छ। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष दाहाललगायत नेता र परिवार तथा शुभेच्छुकले दिवगङ्त प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गरे । कार्यक्रममा प्रकाशको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका ‘प्रकाश दाहाल’ को उपराष्ट्रपति नन्दबहादुर पुन र अध्यक्षद्वयले लोकार्पण गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रकाश मिलनसार र व्यावहारिक युवा भएको बताउँदै उनलाई महत्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्ने युवा व्यक्तिका रुपमा स्मरण गरे।…

Read More

काठमाडौँ: झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ । यसबीचमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको तथा तिहार र छठ पर्व परेकाले बैठक पर सरेको हो । नेकपाको पछिल्लो सचिवालय बैठक…

Read More

काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सङ्कटाले जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटा प्रतियोगितामा लगातार दोस्रो पटक विजयी भएको हो । यसअघि सङ्कटाले सरस्वती युथ क्लबलाई १–० गोलअन्तरले हराएको थियो । सङ्कटाका लागि विदेशी खेलाडी सेड्रिक अबाले खेलको ५७औंँ मिनेटमा गोल गरेका हुन् । खेलको १९औँ मिनेटमा एलोन म्यास्कवेलले रातो कार्ड पाएपछि सङ्कटा १० खेलाडीमा सीमित बनेको थियो । खेलको ८५औँ मिनेटमा सेड्रिकले दोस्रो गोल गरे । उनी म्यान अफ द म्याचसमेत भए । जीतसँगै सङ्कटाले ६ अङ्क जोडेको…

Read More

गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । तत्काल राप्ती उपक्षेत्रीय अस्पतालमा बालिकाको उपचार भयो । घोराही सिमेण्ट उद्योगमा गाडी चालक रहेका दाजुलाई प्रहरीले गिरफ्तार गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालतले गत वैशाख २० गते पुर्पक्षमा पठायो तर अहिलेसम्म त्यसको मुद्दा फैसला हुन सकेको छैन । आफ्नी छोरीलाई गत २०७४ चैत ३० गते आफ्नै बाबुले बलात्कार गरेको भन्दै पीडित पक्षले गत वैशाख २३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दियोे । पटक पटक बलात्कार गरेपछि पीडित बालिकाले परिवारका सदस्यलाई कुरो…

Read More

काठमाडौँ: सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लाग्नुभएकी जानुका खड्का साँघुरो बाटो र गाडीको चापका कारण एक घण्टा ४५ मिनेट लगाएर रत्नपार्क पुग्नुभयो । नयाँ बसपार्कबाट घण्टाघरमा जान विनोद राईलाई एक घण्टा १५ मिनेट समय लाग्यो । माथिका केही घटना प्रतिनिधिमूलक घटनामात्र हुन् । पछिल्लो समय गोँगबुचोक कपुरधारा हुँदै लैनचौर निस्कने बाटोमा सवारी चाप बढ्न थालेको छ । साना सडकमा बिजुलीका पोल बाटोको छेउमा नसार्दा सवारी चाप बढ्न थालेकाले गन्तव्यस्थल पुग्नसमेत समस्या भएको छ । माइक्रोबस मात्र सञ्चालन हुँदै…

Read More

काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गर्नुभएको छ । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत भए पनि विद्युत् उत्पादन हुने समय पर धकेलिएको र लागत समेत बढ्दै गएका कारण मन्त्री पुनले चासो व्यक्त गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । आयोजनाको काम पछिल्ला दिनमा प्रभावकारी नभएको भन्दै मन्त्री पुनले समस्या समाधान गरी छिटोभन्दा छिटो विद्युत् उत्पादन शुरु हुने वातावरण तयार पार्नसमेत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलाई निर्देशन दिए । शुरुमा आयोजनाको लागत रु ३५ अर्ब रहेको भए पनि…

Read More