Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याउने तयारी गरेको छ । सरकारले यसअघि ल्याएको ‘कर्मचारी समायोजन ऐन–२०७४’ लाई खारेज गर्दै अध्यादेश ल्याउन लागेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तीन तहमा कर्मचारी समायोजन गर्नका लागि अध्यादेश ल्याउने प्रक्रिया शुरु गरिएको जानकारी गराए । ‘‘सङ्घीय संरचनाअनुसार केन्द्रमा रहेका कर्मचारी तीनै तहमा समायोजन गर्नुपर्दछ”, उनले भने, ‘‘कर्मचारी समायोजन गर्नका लागि अध्यादेश ल्याउन लागिएको हो ।’’ मन्त्री पण्डितले अध्यादेशको प्रक्रिया शुरु गरिएकाले परामर्शका लागि लोक सेवा आयोगलाई समेत जानकारी पठाइएको बताए । सरकारले लोकसेवा आयोगको परामर्श लिएपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेर राष्ट्रपति…

Read More

काठमाडौँ: नेपाल हस्तकला महासङ्घले लोपोन्मुख कलाकृतिहरुको जगेर्ना गर्ने उद्देश्यले यही कात्तिक २८ देखि मङ्सिर २ गतेसम्म भृकुटीमण्डपमा १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिता गर्ने भएको छ । मेलामा धातुकला, सुनचाँदी, ऊनी तथा सुती, ढाकाका सामान, पस्मिना, हाते कागज, छालाजन्य सामग्री, प्राकृतिक रेशा र बाँसका सामान, जडीबुटीलगायतका वस्तु राखिनेछ । स्वदेशी व्यवसायीले १५० बिक्री कक्ष तथा भारत, चीन, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भूटानका हस्तकला उद्यमीले २० वटा बिक्री कक्षमार्फत आ–आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्नेछन् । प्रदर्शनीमा मौलिक कलालाई विकसित प्रविधिको प्रयोग तथा हस्तकलाका विभिन्न आयाम र सिर्जनासम्बन्धी विषयमा अन्तरक्रिया गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गरिनेछ ।…

Read More

इलाम: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङले मुलुक सङ्घीयतामा गएपछि नयाँ ढङ्गले काम गर्नु पर्दा सरकारको काममा केही ढिलासुस्ती भएको बताएका छन् । आज यहाँ आयोजित पार्टी जिल्ला कमिटीले आयोजना गरेको चियापान समारोहमा बोल्दै नेम्वाङले भने, “पुराना सरकारले भताभुङ्ग बनाएका कामलाई सम्हाल्दैमा बित्दैछ ।” उपनेता नेम्वाङले आफूहरुले जे प्रतिबद्धता गरेर चुनावमा मत ल्याएको हो ती प्रतिबद्धतासमेत बिस्तारै पूरा हँुदै गएको बताए । मुलुक सङ्घीयतामा गएसँगै इलाम जिल्लामा रहेका सरकारी कार्यालय अन्य जिल्लामा लैजान नदिन रोक लगाउन आग्रह गरिएको उनको भनाइ थियो । “हामीसित समन्वय गरेर नै कार्यालयहरु सर्दै रहेका हुन् तर जिल्लालाई अपायक पर्ने गरी सरकारी कार्यालयहरु जिल्लाबाहिर जान्छन्…

Read More

काठमाडौं: एयर बस फेमलीको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट, द ए२२०–ले बिश्व भ्रमणको दौरान नेपालमा पहिलो पटक भ्रमण गरेको छ । सानो एकल–आएल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए२२०–३०० एयर बाल्टिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २५ र २६ कार्तिक प्रदर्शित गरियो । १४५ जना यात्रुहरुलाई बोक्ने क्षमता राख्ने यो एयरक्राफ्ट् चीन, नेपाल, टर्की अनि थाइल्यान्ड गरि ४ वटा देशको डेमो भ्रमणमा रहेको छ । यो एयरक्राफ्टले असाधारण प्रदर्शन गर्नुका साथै आराम अनि लाभदायक पनि छ । यस बाहेक उचाईमा रहेका काठमाडौं जस्ता हवाई अड्डा आदिका लागि पनि यो उपयुक्त छ । १००–१५० सिट क्षमताको बजारका लागि निर्मित एक मात्र…

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जले कारोवार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । कारोवार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालको देखिरहेको मूल्य र अर्को दलालमा देखिरहेको मूल्य फरक परेको गुनासो आएपछि नेप्सेले आज एक विज्ञप्तिमार्फत् सो जानकारी गराएको हो । नेप्सेले अन्तर्राष्ट्रिय मान्यताअनुसारको प्रणाली जडान गरी प्रचलनमा ल्याएको र त्यस्तो प्रणाली जडान गर्दा केही दुविधा उत्पन्न हुनु स्वाभाविक भएको स्पष्ट पारेको छ । नयाँ कारोवार प्रणाली स्थापनापछि पनि बजार परिसूचक विधिमा परिवर्तन नगरिएको र त्यस सम्बन्धमा कुनै दुविधा नभएको नेप्सेले जनाएको छ । नयाँ प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताले सामाना गरेको मुख्य समस्या कारोवारको विवरणको…

Read More

गौशाला: महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट  ४० लाख रुपैयाँको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो । अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट ३० लाख रुपैयाँसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताउनुभयो । यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा २५ ट्रक केरा आयात गरेका थिए । ट्रकको भाडा उनीहरुले मिलेर तिर्ने गरेका छन् । यसअघि छठ पर्वमा भारतबाट झण्डै १५ ट्रकसम्म केरा आयात गरिँदै आएको थियो । जलेश्वर बजारमा प्रतिघार केरा रु चार सयदेखि रु आठ सयसम्ममा बिक्री भइरहेको छ । तालतलैया सिँगारिँदै छठ पर्वको लागि…

Read More

काठमाडौँ: विभिन्न २१ कम्पनीको तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० रुपैयाँ मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी र एक लगानी कम्पनीसँग सम्बन्धित छन् । ती मध्ये जोशी हाइड्रोपावरले साधारण शेयर बिक्रीको अनुमति पाइसकेको छ । बोर्डमा आवेदन दिएका जलविद्युत्सँग आवद्ध कम्पनीमा सिइडिबी हाइड्रो फण्डले रु २२ करोड ८९ लाख ३० हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको…

Read More

काठमाडौँ: निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन ÷अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्काे मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने अवस्था नरहे पनि अदालतको निर्देशनलाई पालना गर्न आयोगले आफ्नो स्रोत र साधनले भ्याएसम्म अध्ययन गर्ने कार्य शुरु गरिएको उनले बताए । वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मात्र मतदानको अधिकार सीमित नगरी विभिन्न उद्देश्यले विदेशमा रहेका सबै नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक…

Read More

घोराही: राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक रहेका गुप्ता पक्राउ परेका हुन् ।  ६६ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको उजुरी इलाका प्रहरी कार्यालय भालुवाङमा परेपछि प्रहरीले अनुसन्धानका लागि गुप्तालाई नियन्त्रणमा लिएको हो । सहकारी संस्थाका व्यवस्थापक रमिता चौधरी र उनका श्रीमान् वसन्त चौधरी फरार छन् । पक्राउ परेका गुप्तालाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी जारी राखिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डेले…

Read More

काठमाडौँ: पूँजी बजारको गिरावट सोमबार पनि जारी रह्यो । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलब ०३ अंकले घटेर एक हजार एक सय ९२ दशमलब ७५ अंकमा झरेको छ । शेयर कारोवारमा अनलाइन प्रणाली लागू भएपनि समस्या आउँदा र निरन्तर नेप्से ओरालो लाग्दा लगानीकर्ता निराश भएका छन् । आइतबार नेप्से १७ दशमलब ३१ अंकले घटेको थियो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ अंकले घटेर २५३ दशमलव ४२ अंकमा पुगेको छ । आजको कारोवारमा बित्त बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । निर्जीवन बीमा समूहको परिसूचक १०१ दशमलब ६१ अंक, जीवन बीमा…

Read More