Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बुटवल: रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पक्राउ परेका मध्ये एक स्थानीय तहका जनप्रतिनिधिसमेत रहेको र पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको इप्रका…
मकवानपुर: तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । आजको नागरिकले पृष्ठ ४ मा यो समाचार छापेको छ । शनिबार नागरिककर्मीसँग कुरा गर्दै स्थापितले आफूले विकासका काम गर्न थालेपछि मुख्यमन्त्रीले आत्तिएर आफूलाई पदमुक्त गरेको आरोप लगाए । उनले आफूलाई गलत साबित गरेर देखाउन समेत मुख्यमन्त्रीलाई चुनौती दिए । मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग बाझेको भन्दै स्थापितलाई पदबाट हटाइएको भनिए पनि विवादको मूल जड प्रदेश स्थायी…
काठमाडौँ: भारतका जुनसुकै अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने उदेश्यले दुई देशको सहमतिमा करिब डेढ बर्षअघि एनओसीको नीति लागु गरिएको थियो । तर, भारतले सबै देश जाने सबै नेपालीबाट यस्तो कागज माग्न थालेपछि यात्रुलाई सस्ती भएको छ । सरकारले श्रमको इजाजत नदिएका लिबिया, सिरिया, लेबनान, कुवेत, कतार, साउदी, अरब, युनाइटेड बरब इमिरेट्स, इराक र ओमनमा नेपाली महिला अवैध रुपमा जाने र अलपत्र पर्ने भएपछि रोक्न एनओसी पेस गर्नुपर्ने नियम लागु भएको थियो । अहिले युरोप, अमेरिका, अस्टे«लिया जानेले…
अर्घाखाँची: खोलामा उच्छृंखल गतिविधिमा संलग्न रहेको पाइएपछि २५ देशका ३७ विदेशी महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला बाहिर पठाएको छ । शीतगंगा नगरपालिका ६, सिद्धाराको गोवाङ र बुच्ची खोलामा नाङ्गै भएर उनीहरु आपसमा अश्लील गतिविधिमा संलग्न थिए । गाउँलेले हेर्नै नमिल्ने गरी खुला स्थानमा उच्छृंखल गतिविधि गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आजको कान्तिपुरको पृष्ठ १३ मा समाचार छापिएको छ । स्थानीय प्रशासनको अनुमतिबिना केही दिनदेखि टेन्ट नै टाँगेर विदेशीहरु त्यहाँ बसेका थिए ।
काठमाडौँ: सरकरले १० कुटनीतिक नियोगका लागि चाँडै राजदुत सिफारिस गर्ने भएको छ । रिक्त रहेका चर र चाँडै रिक्त हुन लागेका ६ कुटनीतिक नियोगमा कात्तिकभित्रै राजदुतका लागि सिफारिस गर्ने सरकारको तयारी छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी २ मसिरमा जापान भ्रमणमा जानुअघि नै राजदुत सिफरिसका लागि गृहकार्य भईरहेको छ । हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसघीय सथायी नियोग, मलेसिया र युनाइटेड अरब इमिरेट्समा राजदुत खाली छन् । ती महिनाअघि थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदुतको म्याद सकिँदै छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
काठमाडौँ: प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । १ सय ७ जना सांसदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख ७५ हजार रुपैयाँको भार पर्नेछ । सचिवालयसँग कार्यालय प्रयोजनका लागि विधुतीय उपकरण शीर्षकमा करिब २ करोड उपलब्ध रहेकोले ल्यापटप खरिद प्रक्रिया अघि बढाईने सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिउका छन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
बेत्रावती: राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तर्गत मैलुङ–स्याफ्रुबेसी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) फेरी तयार गर्नुपर्ने भएको छ । नेपाली सेनाले ट्रयाक खोल्ने काम गत चैत ३० मा पूरा गरी जेठ ६ गते हस्तान्तरण गरेपछि तयार गरेको डिपिआर प्रतिवेदन बर्खाका समयमा पहिरोले क्षति पु¥याएपछि त्यसको पुनः विवरण सङ्कलन गर्नुपर्ने भएको आयोजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार बर्खा अघि नै डिपिआर तयार गरी विश्लेषण पश्चात ठेक्काका तयारीमा रहेको सडकको हाल दर्जनभन्दा बढी स्थानमा पहिरोले क्षति पु¥याएको छ । “तिहारपछि फेरी शुरु गरिने डिपिआरमा पहिरोले क्षति पुगेको स्थानको मात्र लगत सङ्कलन गरिने छ ।” आयोजना…
भक्तपुर: हिन्दुको दोश्रो महान् चाँड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाल समुदायलाई यतिखेर भ्याइनभ्याइ छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, पोटीस्क्वायर, च्यामासिंह, जगाते, सर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याइ भएको हो । माटोको अभाव भएको र तिहारमा मात्रै पाला, धुपौरालगायतका माग बढ्ने, अरु बेलामा माटोको भाडाका माग कम हुने भएपछि यो पेशाबाट विस्थापित हुन थालेपछि माटोका भाडा उत्पादनसमेत कम भएको छ । माटोको भाडा बनाउने यो पेशाबाट विस्थापित हुन थालेपछि यस वर्ष तिहारका लागि मागअनुसारका पाला तथा धुपौरो बनाउन नसकिएको प्रजापतिहरु बताउँछन् । यस वर्ष पाला बनाउँने प्रजापतिको सङ्ख्या घटेपछि पेशा अङ्गाल्दै…
काठमाडौँ: बाह्रौँ गोदावरी पुष्प मेलामा आजसम्म रु ५० लाखको कारोवार भएको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड लागेको आयोजकले जनाएको छ । मेलाको आज तेस्रो दिनसम्ममा ३९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष राखिएका छन् । मेला आइतबार सकिँदैछ । प्रदेश नं ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो । ‘रोपेर पूmल गोदावरी सजाआँै घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा…
काठमाडौँ: मेम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सम्पन्न भएको छ । चाबहिलभन्दा माथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । चाबहिल चोकमा भने चुहावट बन्द गरी पुनःपरीक्षण गर्दा समेत काम नगरेपछि एक महीनादेखि काम भइरहेको छ । पानी वितरण गर्न ७० किमी थोक र ६७० किमी वितरण सञ्जालको पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । पाइप बिच्छ्याएका स्थानमा वाग्मतीको पानीले भ्याएसम्म परीक्षण पनि भइरहेको जनाइएको छ । चाबहिल चोकको एक हजार ४०० एमएमको पाइपको चुहावट आइतबारसम्म बनाइसक्ने निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले राससलाई जानकारी दिनुभयो…