Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: लोकसेवा आयोगले २०५९ सालमा कर्मचारीको अवकाशको उमेरको हदबन्दी ५८ वर्षबाट ६० वर्ष राख्नुपर्ने भनी सरकारलाई दिएको सुझावमा अहिले पनि अलमल देखिन्छ । साठी वर्ष बनाउँदा निवृत्तिभरणमा आर्थिक व्ययभार नबढ्ने तथा औसत आयु पनि बढेका र अनुभवी कर्मचारी पनि रहने भएकाले दुई वर्ष बढाउन सुझाव दिइएको थियो । सो सुझाव दिएको अहिले १५ वर्ष पूरा भइसकेको छ । अहिले नेपालीको औसत आयु साढे ७१ वर्ष पुगेको छ । औसत आयु बढेसँगै कर्मचारीको निवृत्तिभरणको पनि उमेर बढाउनुपर्ने भनिएको छ । नेपालीको औसत उमेर बढेकाले पनि ५८ वर्षबाट ६० वर्षे बनाउन उपयुक्त हुने सुझाव त्यतिबेला दिइएको आयोगका सचिव महेन्द्रमान गुरुङले जानकारी दिनुभयो…
काठमाडौँ: छातीमा सङ्क्रमण भएपछि विगत पांच दिनदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएकाले चिकित्सकको सल्लाह अनुसार शुक्रबार साँझ सरकारी निवास फिर्ता भएका छन् । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणका प्रतिवेदन अध्ययनपछि स्वास्थ्यस्थिति सामान्य देखिएको पाइएको थियो । सेण्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज बिहान १० बजे जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग…
काठमाडौँ: नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्याण्डबीच आज भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ । पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, को(अपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ) ले निर्देशन गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । थाइल्याण्डमा…
काठमाडौँ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा आज दिउँसोसम्ममा एक लाख १६ हजारले आवेदन गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बिक्री शुरु भएको दुई दिनमै मागभन्दा बढी दुई अर्ब २२ करोड रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री शुरु गरेको हो । “सरकारी स्वामित्वको कम्पनीमा सर्वसाधारणको उल्लेख्य सहभागिता रहन्छ भन्ने सन्देश गएको छ”, प्रवक्ता डा न्यौपानेले भने । कम्पनीले यही कात्तिक १९ गतेसम्म साधारण शेयर बिक्री गर्ने समयसम्म करीब छ गुणाको…
काठमाडौँ : ऊर्जामन्त्री वर्षमान पुनले अब सरकारी निकायले अब ‘साइट क्लियरेन्स’पछि मात्र ठेक्का निकाल्ने बताएका छन् । ‘साइट क्लियरेन्स’ नगरी ठेक्का निकाल्दा पाइलैपिच्छे समस्या देखा परेको उनले बताए । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा मन्त्री पुनले मुलुक समृद्ध बनाउने मुख्य जिम्मा स्वदेशी निर्माण व्यवसायीकै भएकाले समन्वय गरी काम गर्ने बताए । भेटमा महासङ्घका प्रतिनिधिमण्डलले व्यवसायीका समस्या र समाधानका उपायका बारेमा मन्त्री पुनलाई जानकारी गराएको थियो । महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले व्यवसायीलाई पेशाबाट नै पलायन गर्ने गरी जारी भएको मुलुकी अपराध (संहिता) ऐनप्रति आपत्ति जनाएको थियो । गल्ती गरेको खण्डमा व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन विगतका ऐन…
काठमाडौँ : युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ । कोषको भाखा नाघेको कर्जा उठन बाँकी २७ करोड पाँच लाख ६४ हजार ५७९ रुपैयाँ रहेको छ । सो कर्जा नतिर्नेलाई सो कानूनी गर्ने प्रक्रिया अगाडि बढाएको कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले बताए । कोषले हालसम्म तीन अर्ब ५९ करोड ३१ लाख ३३ हजार ८९६ रुपैयाँ लगानी गरेको…
काठमाडौँ: पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो विषय समावेश गरिएको छ । सन् २०११ देखि सन् २०१७ सम्मको तथ्याङ्कमा नेपाली महिलाले पछिल्लो छ वर्षमा नै दोब्बर खाता खोलेको पाइएको हो । प्रतिवेदनअनुसार सन् २०११ मा २१ दशमलब दुई प्रतिशतले मात्रै बैंक तथा वित्तीय संस्थामा खाता खोलेका थिए भने सन् २०१७ को अन्त्यमा आइपुग्दा सो सङ्ख्या बढेर ४१ दशमलब ६ प्रतिशतमा पुगेको छ । प्रतिवेदनले महिला क्रमशः वित्तीय संस्थाको पहुँचमा पुग्दै गएको र त्यो सङ्ख्या क्रमशः…
हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन् । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी मुख्यमन्त्री पौडेलले स्थापितलाई आज पदमुक्त गरेका हुन् । प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता प्रदर्शनका साथै अनियमितता गरेको आरोपसहित मन्त्री स्थापितलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच पछिल्लो समयमा प्रदेशको राजधानी तोक्ने र प्रदेशको पूर्वाधार विकासका विषयमा विवाद उत्पन्न हुँदै आएको थियो ।
काठमाडौँ: उपत्यकाका चार कुनामा कूल एक लाख ३० हजार रोपनी जग्गा विकास गरी निर्माण हुने नयाँ शहरको कामले गति लिएको छ । मनोहरा नदीको दायाँबायाँ एक लाख रोपनी क्षेत्रमा शहर निर्माणका लागि तीन वटा प्रतिवेदन तयार भइसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । शहर निर्माणका लागि प्रारम्भिक सम्भाव्यता र स्थलगत प्रतिवेदन तयार भएको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले राससलाई जानकारी दिनुभयो । “विसं २०७६ असार मसान्तसम्म शहरको विस्तृत परियोजना प्रस्ताव तयार हुने समयसीमा छ, समयसीमाभन्दाअघि नै काम सकिने भएकाले बजेटको व्यवस्था भए सोही सालको वैशाखदेखिनै काम शुरु हुन्छ, प्रस्ताव तयार पार्न रु १० करोड बजेट छुट्याएको छ”, उहाँले भन्नुभयो…
काठमाडौँ: कार्यान्व्यनमा आउनै नसकेको नेपाली वक्स अफिसमा शुक्रबार दुई नेपाली चलचित्र ‘मालिका’ र ‘चङ्गा चेट’ रिलिज भएका छन्। मालिकालाई रेखा थापाले निर्माण तथा निर्देशन गरेकी हुन् भने दिपेन्द्र के खनाल ‘चङ्गा चेट’का निर्देशक हुन्। मालिका हाल देशमा चर्चको बहसमा रहेको बलात्कार, बालबिबाह लगायतका महिला हिंसाको सेरोफेरोमा निर्माण गरिएको सिनेमा हो। फिल्ममा रेखाले जाजरकोटकी कमला वलीलाई मुख्य कलाकारका रूपमा पेस गरेकी छिन्। कहिले फिल्म नहेरेकी कमलालाई अभिनय गराएका कारण पनि फिल्म चर्चामा छ। च्यारिटी शोमा राम्रो प्रतिक्रिया बटुलेको सिनेमाले हलमा पनि राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ। यस्तै माधव वाग्लेले निर्मित डार्क कमेडीमा सामाजिक विषयवस्तुलाई रहने निर्माणपक्षको भनाइ रहेको छ ।…