Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागअन्तर्गतका साविकका कार्यालयबाट आर्थिक वर्ष २०७४/०७५ को थप रकम रकमान्तर भएका कार्यको अनुगमन गर्न सातवटै प्रदेशमा तीन÷तीन सदस्यीय समिति गठन गरी खटाएको छ । मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गर्दै अनुगमन टोलीलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशनसमेत दिइएको छ । मन्त्रालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा प्रदेश नं १ मा अरुण सिम्खडा, कमलकान्त पौडेल र नरेश रेग्मी, प्रदेश नं २ मा नन्दलाल बञ्जाडे, नारायण पाण्डे र समित यादव, प्रदेश नं ३ मा रमाकान्त दुवाडी, अनोज उपाध्याय र रामचन्द्र दङ्गाल, प्रदेश नं ४ मा चन्द्रबहादुर केसी, महेन्द्र महर्जन र…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज अपराह्न ३ बजेका लागि बोलाइएको बैठक सचिवालय सदस्यहरुको कार्यव्यस्तताका कारण स्थगित भएको पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी तथा जनवर्गीय सङ्गठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद् र सरकार सञ्चालनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ । यस्तै यही कात्तिक १२ र १३ गते हुने पार्टी स्थायी कमिटी बैठकका विषयमा समेत छलफल हुने कार्यसूची रहेको थियो ।
काठमाडौँ: यही कात्तिक ९ गतेदेखि पोखरामा हुने पोखरा प्रिमियर लिगका लागि चितवन राइनोजले दुई भारतीय खेलाडी भित्र्याएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता कात्तिक २० सम्म सञ्चालन हुनेछ । कप्तान पारस खड्का मार्की प्लेयर रहेको टोलीले भारतका सन्नी पटेल र समित पटेललाई टिममा भित्र्याएको हो । दुवै खेलाडीले भारतका स्थानीय प्रतियोगिताका साथै सन्नीले काठमाडौँमासमेत खेलिसकेका छन् । प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स छन् । चितवन राइनोजको टोलीको स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ ।
काठमाडौँ: कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक दिलीपसिंह विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको लिखित स्पष्टीकरण आज गृह मन्त्रालयमा बुझाइएको छ । प्रहरी प्रधान कार्यालयले विष्ट र भट्टको स्पष्टीकरण बुझाएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए। उनका अनुसार उक्त स्पष्टीकरणमाथि अध्ययन आजदेखि शुरु भएको र कानूनी प्रक्रिया पूरा गरेर त्यसबारे निर्णय लिइनेछ । मन्त्रालयका सहसचिव हरि मैनाली र तत्कालीन प्रहरी नायब महानिरीक्षक धिरु बस्नेतको संयोजकत्वमा गठित समितिले घटनाको स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो । उनले स्पष्टीकरणमा आफुले पन्त घटनाको अनुसन्धानमा कुनै लापरवाही नगरेको र प्रक्रिया अनुसारै घटना मुचुल्का तयारी गरेको उल्लेख गरेका छन्…
गुल्मी: गुल्मीमा आज साँझ भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्युहुनेमा इस्मा गाउँपालिका– २ पालुखाका १४ वर्षीय विमल केसी रहेको छ । इस्मा गाउँपालिका– २ छल्दी पनाहा नजिकै डबल क्याप भएको लु १ च ७३७० नं जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका केसीको उपचारका लागि तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक रोशन खड्काले बताए । दुर्घटनामा परेर इस्मा गाउँपालिका– २ पालुखाका ६५ वर्षीय बेलकुमारी कँुवर, १४ वर्षीय रविन कँुवर, ५२ वर्षीया कमला केसी, ३३ वर्षीया कल्पना राना, ११ वर्षीय विशाल थापा, १४ वर्षीया पवित्रा…
काठमाडौँ: चालू आर्थिक वर्षको तीन महीनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूँजीगत खर्चको आठ दशमलव तीन प्रतिशत खर्च गरेको छ । मन्त्रालयका लागि छुट्याइएको रु एक खर्ब एक अर्ब बजेटमध्ये आठ प्रतिशतभन्दा माथि नै खर्च भइसकेको प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए । मन्त्रालयअन्तर्गत पूर्वाधार निर्माणसँग सम्बन्धित राष्ट्रिय गौरवका पाँच आयोजना छन् । हुलाकी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, उत्तर–दक्षिण कोरिडोर र द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरिएको छ । आर्थिक वर्षको शुरुवाती चरणमा टेण्डरको प्रक्रियामा जान समय लाग्ने भएकाले काम नै नभए जस्तो देखिने गरेको उनले बताए। सबै प्रक्रिया पूरा गरी तीन महीनामा आठ…
काठमाडौँ: बैंक तथा बित्तिय संस्थाबाट दशैंको लागि ५० अर्ब भन्दा बढी रुपैयाँ बहिरिएको छ । नेपाली जनताले दशैंको लागि बैंक तथा बित्तिय संस्थाबाट ५० अर्ब भन्दा बढी रुपैयाँ झिकेको नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायण प्रसाद पौडेलले बताए । दशैंको समयमा ५० अर्ब रुपैयाँ बैंक तथा बित्तिय संस्थाबाट बाहिरिनु सामान्य हो तर त्यो झिकिएको रकम बैंकमा फिर्ता कति समयमा भैईसक्छ भन्ने कुराले बैंकिंग क्षेत्रमा अर्थ राख्ने उनले बताए। हाल बैंकिंग क्षेत्रमा तरलताको अवस्था राम्रो भएको बताउदै उनले भने अवको एक महिनामा बैंकमा हुने पैसाको प्रबाहले बैंकिंग क्षेत्रमा तरलताको अवस्था निर्देशित हुन्छ । दशैंमा लगभग १२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहि…
काठमाडौँ:शहरी विकास मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पस पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले नेपाल नागरिक उड्डययन प्राधिकरणका नाममा रहेको १८९ रोपनी जग्गामा सो भवन बनाउन तयारी गरिएको जानकारी दिए । मन्त्रालयले ५८ रोपनी जग्गामा मात्र भवन बनाउन प्रस्ताव गरेकामा मन्त्रिपरिषद् बैठकले पूरै जग्गा ओगट्न निर्णय गरी सोमबार पत्राचार गरेको बताइएको छ । “चालू आर्थिक वर्षमा भवनको डिजाइन सकेर टेण्डर गर्छौंँ, आगामी आवको शुरुदेखि नै निर्माण शुरु हुन्छ”, उनले भने, “प्रारम्भिक अनुमानअनुसार भवन बनाउन रु ५० करोड लाग्नेछ, निर्माणको वास्तविक लागत डिजाइनपछि सार्वजनिक हुनेछ ।” पाँच हजार सिट क्षमताको…
काठमाडौँ : तोकिएभन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा सो आयल स्टोरले प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएको थियो । तोकिएको परिमाणमा कमी गरी इन्धन बिक्री वितरण गरेको भन्दै अनुगमन टोलीले कार्यस्थलमै भद्रकाली आयल स्टोरलाई रु दुई लाख जरिवाना गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । उनले भने, “विभागको अनुगमन टोलीले उक्त आयल स्टोरको इन्धन भर्ने ‘नोजल’बाट तीनवटा नमूना सङ्कलन ग¥यो, तीनै पटकको नमूनामा फरक÷फरक नतीजा पाइयो, तीन वटा नमूनाको परीक्षण गर्दा…
काठमाडौँ: सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिन करीब रु १३ लाख आम्दानी भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो । घुम्न आउने पर्यटकबाट मङ्गलबार मात्रै रु १३ लाख आम्दानी गरेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिनुभयो । अन्य दिन सामान्यतयाः दैनिक रु १० लाख आम्दानी गर्दै आएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या ८२ अन्य देशबाट एक हजार २६९ जना पर्यटक घुम्न आएका थिए । यसै कारण यो वर्ष अहिलेसम्मको सबैभन्दा बढी शुल्क पनि त्यसै दिन रु…