Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएर गलत नजिर बसाल्न लागेको बताएका छन्। आज रिपोर्टस् क्लबमा आयोजित पत्रकार भेटघाटमा उनले गलत नजिर बस्दा पछि अफ्ठेरो पर्ने भन्दै आयोगको निर्णय विरुद्ध सर्वाेच्च अदालत जाने बताए । आधिकारिक पत्र आफूहरुलाई नआएको मिडियाबाट मात्रै थाहा पाएको बताउँदै उनले भने, “पत्र आएपछि उक्त निर्णयविरुद्ध हामी एक हप्ताभित्रमा सर्वाेच्च जान्छौँ ।” उनले व्यावहारिकरुपमा नेपाल कम्युनिष्ट पार्टी भनेपछि कमा, कोष्ट राख्दैमा त्यसको पहिचान हुने खालका कुनै पनि नाम अरुलाई दिन नहुने धारणा राख्दै छुट्टै पहिचान हुने खालको नाम दिनुपर्ने बताए । उनलेआफू, मोहन वैद्यलगायतसँग मिलेर नयाँ कम्युनिष्ट आन्दोलनको…
कोलम्बो: श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गर्नुभएको छ । प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटन भोलीपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गर्नुभएको हो । संसद्का उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद् निलम्बन गर्नुभएको पुष्टी गरेका छन् । शुक्रबार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संसद्को आपत्कालिन बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपतिले संसद्नै निलम्बन गरिदिनुभएको हो । विक्रमासिङघेले संसद्मा आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै बहुमत पुष्टी गरेर देखाउने बताइरहनुभएको थियो । उहाँले संसद्मा आफ्नो पक्षमा बहुमत भएकाले राष्ट्रपतिले आपूmलाई हटाउन नमिल्ने दावी पनि गर्नुभएको छ । संसद्मा आगामी आर्थिक वर्षका लागि…
काठमाडौँ: विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ । कार्यक्रममा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने अपेक्षासहित चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ । अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत शीर्ष नेताहरुले स्वागत गर्नुहुनेछ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो ।
काठमाडौँ: काठमाडौँको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मुलगेट नजिकै ढलमा खसेर आज बिहान एकजनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका– १५ चागलका श्याम श्रेष्ठ रहेका छन् । आज बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब निरीक्षक बलराम झाले जानकारी दिए। “उक्त स्थानमा महीनौँदेखि ढलको छोप्ने भाग खुला रहँदै आएको थियो । बिहानै अँध्यारोमा साइकल लिएर हिँड्दा श्रेष्ठ खाल्डोमा खसेको हुनुपर्छ”, उनले भने।
काठमाडौँ: धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता लाभान्स शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाको आधारमा सो बैंकले शेयरधनीलाई लाभान्स शेयर दिएको हो । प्रभु इन्सुरेन्स कम्पनीको पनि ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । स्टकका अनुसार समिट लघुवित्त वित्तीय संस्थाको आठ हजार ४४० कित्ता हकप्रद शेयर यसै साता सूचीकृत भएको…
कञ्चनपुर: कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ । शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो । अस्पतालमा रगत परीक्षण गरिएका तीन जनामा आइजिएम र चार जनामा एनएस एक नामक डेंगुका जीवाणु फेला परेको महाकाली अञ्चल अस्पतालका ल्याव टेक्निसियन महेशदत्त जोशीले बताए । “दुई जना भारतबाट फर्केका र अन्य यही बसोवास गर्ने बासिन्दामा डेंगुका जीवाणु फेला परेको पाइएको छ” , उनले भने । एडिज एजिप्टी जातको पोथी लामखुट्टेले टोक्दा डेंगु हुने गर्दछ । दिउँसोको समयमा सक्रिय हुने यस जातको पोथी लामखुट्टेले टोकेमा डेंगु हुने गरेको टेक्निसियन जोशीले बताउनुभयो ।…
लहान: साल्ट्र ट्रेडिङ कर्पोरेशन लहान शाखाले चिनीको बिक्री वितरण बन्द गरेपछि उपभोक्ता मारमा परेका छन् ।सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै चाडपर्वकै मुखमा उक्त शाखाले चिनीको बिक्री वितरण बन्द गर्दा उपभोक्ता बजारबाट चर्को मूल्यमा चिनी खरीद गर्न बाध्य भएका हुन् । प्रत्येक वर्ष दशैँ, तिहार र छठपर्वलाई लक्षित गरी सहुलियत दरमा चिनी र नूनको बिक्री वितरण गर्दै आएकामा उक्त शाखाले यस वर्ष सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै सहुलियत दरमा चिनीको बिक्री वितरण गर्ने कार्यसमेत बन्द गरिएको जनाएको छ । सरकारले भारतबाट चिनी ल्याउन प्रतिबन्ध लगाएको र स्वदेशी चिनीको मूल्यसमेत निर्धारण गर्न नसक्दा बजारमा चिनीको कालोबजारीसमेत शुरु भएको…
काठमाडौँ: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए । “हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौँसम्म पत्ता नलाग्नु कानूनी राज्यका लागि चुनौती बनेको छ, यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्, बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारवाही होस्”, उनले भने । दलका अध्यक्ष जीतजङ्ग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि सङ्गठन लागिपर्ने बताए । २००७ सालमा…
काठमाडौं: दशैं अगाडी आकासिएको तरकारीको मूल्य दशैं सकिएसँगै ह्वातै घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा दशैं पछि तरकारीको मूल्यमा ६० प्रतिशतभन्दा बढीले कमि आएको कालिमाटी फलफूल तथा तरकारी बजारका व्यापारी भगवान उप्रेतीले बताए । दशैंको लागि काठमाडौँ छोडेका उपभोक्ता फर्की नसकेकाले तरकारीको माग घट्नगई मूल्यमा भारी गिरावट आएको उनले बताए । उनले भने -“हाल उपत्यकामा ४०० टनभन्दा कम तरकारीको माग छ तर आपूर्ति ८०० टनभन्दा बढी छ । तरकारी बिक्रि नभएर कालिमाटीमै कुहिन थालेको छ ।” अहिले सबै हरियो तरकारीको थोक मूल्य औसतमा १८/२० रुपैयाँ प्रतिकिलो भएको उनले बताए । दशैं अगाडी थोकमै ५० रुपैयाँ भएको काउली अहिले…
काठमाडौं:ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको जलविद्युत विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् । सर्बियामा शुक्रबार आयोजित युरो एसिया इनर्जी सेक्युरिटी फोरममा आफ्नो मन्तव्य राख्दै मन्त्री पुनले उक्त आग्रह गरेका हुन् । नेपालको जलविद्युतमा लगानी गर्न चाहने व्यक्ति, कम्पनी, सामाजिक सुरक्षा कोष, युटिलिटी कम्पनी लगायत निकायले आफ्नो योजनाका आधारमा गर्न सक्ने मन्त्री पुनले बताए । उनले भने ‘इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आफूले रोजेको आयोजनामा उचित मोडालिटीमा लगानी गर्न पाउनेछन् । उनीहरुले चाहेको मोडालिटीमा आयोजना विकास गर्न सरकारले त्यही अनुसार छलफल गरेर निर्णय गर्न सक्नेछ ।’ सन्तुलित क्षेत्रीय विद्युत बजारमा नेपालले विश्वास गर्ने सन्दर्भ जोड्दै मन्त्री पुनले भने…
