Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को आज भएको चौथो खेलमा नेपालले भुटानमाथि सहज जित हात पारेको छ । यो खेल मलेसियाको राजधानी क्वालालम्पुरमा भएको हो । प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो । भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक-एक विकट लिए ।

Read More

काठमाडौँ:आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग खेल्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई तुलनात्मकरूपमा कमजोर टोली भूटानविरुद्ध जित निकाल्न गार्हो पर्ने छैन । जारी प्रतियोगितामा भूटानको प्रदर्शन कमजोर रहेको छ । एक खेलमा जित निकालेको भूटान दुई खेलमा पराजित भइसकेको छ । नेपालले तीन खेलबाट ६ अङ्क जोडेको छ । भूटान तीन खेलबाट दुई अङ्कका साथ पाँचौ स्थानमा छ । नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनै पनि खेल गुमाउनुपरेको छैन । नेपालले भूटानविरुद्धको पाँच खेलमा चारमा जित तथा एउटा खेल वर्षाका…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले आफूले प्रवाह गर्ने सेवामा सुधार ल्याउने र विद्युत चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण संचालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय र संचालक भक्तबहादुर पुनको उपस्थितिमा नेपालगंज क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्रका प्रमुखसँग सोमबार नेपालगंजमा कार्यसम्पादन सम्झौता गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्षेत्रीय कार्यालय प्रमुख मनोज कुमार सिंहसँग र वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले १६ वितरण केन्द्र प्रमुखसँग सम्झौता गरेका छन् । प्राधिकरणले गत आर्थिक वर्षमा परीक्षणका रुपमा…

Read More

काठमाडौँ: आफ्नो अध्ययन सकेर हातमा शैक्षिक प्रमाणपत्र आइसक्दासम्म विद्यार्थीहरु अव उनीहरुले समात्नु पर्ने बाटो कुन हो भनेर पत्तोसम्म नहुन सक्छ। खासगरी विद्यार्थीहरुले आफु उतिर्ण भइसकेपछि शैक्षिक प्रमाणपत्र प्राप्त त गर्छन् तर उनीहरुमा व्यवहारिक ज्ञान र आफैमा आत्मविश्वाशको कमी भने उत्तिकै हुन्छ। हाम्रा अधिकांश शैक्षिक कार्यक्रमहरु त्यस्तै प्रकृतीका छन् र हाम्रा प्राय खुलेका शैक्षिक संस्थाहरु पनि व्यवहारिक ज्ञानमा भन्दा प्रमाणपत्र बाँढ्नमै व्यस्त हुन्छन्। अझ भन्ने हो भने त यस्तो विडम्बना मानविकी र व्यस्थापन संकायमा बढी छन्। तर यही भीडमा केहि फरक धार र पहिचानका साथ विगत १४ वर्षदेखि निरन्तर व्यवहारिक ज्ञान र शैक्षिक प्रमाणपत्र समेत दिन सफल कलेज हो नमुना कलेज…

Read More

काठमाडौं : राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन्। देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। यस्तै समस्या तपार्इंहरूसँग गरेको तीनबुँंदे सहमति कार्यान्वयनमा भएको छ।’ राजपाका अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिए। प्रधानमन्त्री ओलीले आग्रह गरे, ‘यो सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत हो। त्यसैले समर्थन फिर्ता लिने…

Read More

महेन्द्रनगर : कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७४औं दिनमा सार्वजनिक प्रतिवेदनप्रति उनका बाबु आमाले असन्तुष्टि व्यक्त गरेका छन्। ‘हामीले घटनाको सबै अनुसन्धान भइ अपराधीका विषयमा प्रष्ट प्रतिवेदन आउँछ भन्ने सोचका थियौं’, निर्मलाका बुबा यज्ञराज पन्तले भने, ‘छानबिन समितिको प्रतिवेदनमा उल्लेख कुरा सबैलाई जानकारी नै भएका हुन्, हाम्रा लागि त्यो प्रतिवेदन न हर्स न विस्मात झंै भएको छ।’ यो समाचार अन्नपुर्ण पोस्टबाट साभार गरिएको हो । ‘प्रहरीले प्रमाण नष्ट गरेर अपराधी लुकाउन खोजेको सबैले भन्दै आएको कुरा हो’, उनले भने, ‘ प्रतिवेदनमा प्रहरीले प्रमाण नष्ट गरेको किटान गरी उनीहरूलाई वर्खास्त गर्नुपर्ने भन्ने समेत…

Read More

मुस्ताङ :दशँैका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाँैलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ । सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा शिव भुसालले जानकारी दिए । दशँैका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ । नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार…

Read More

काठमाडौँ : विद्युत् विकास विभागले कानूनअनुसार रोयल्टी रकम नतिर्ने दुई जलविद्युत् आयोजनालाई सात दिनभित्र भुक्तानी गर्न पत्राचार गरेको छ । विद्युत् विकास विभागले शिवानी हाइड्रोपावर र युनिक हाइडेल प्रालिलाई नियमानुसार रोयल्टी रकम उपलब्ध गराउन अन्यथा नेपाल विद्युत् प्राधिकरणबाट हुने भुक्तानी रकमसमेत नहुने जानकारी दिएको छ । विभागले यही असोज १८ गते ती दुई कम्पनीलाई पत्र लेख्दै तत्काल विद्युत् रोयल्टी रकम तिर्न भनेको हो । विभागका अनुसार विद्युत् उत्पादन शुरु भएदेखि हालसम्म ती जलविद्युत् आयोजनाले रोयल्टी रकम तिरेका छैनन् । विद्युत् ऐन, २०४९ को दफा ११ को उपदफा १ तथा रोयल्टी दाखिलासम्बन्धी कार्यविधि बमोजिमको रकम बुझाउन आग्रह गरिएको हो । शिवानी…

Read More

काठमाडौँ : जलवायु परिवर्तनका सम्बन्धमा कार्यरत संस्था ‘नेपाल–कान्सा’ ले पेट्रोलियम पदार्थको परनिर्भरता घटाउन नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्ने सुझाव दिएको छ । सो संस्थाले जलवायु परिवर्तनको अवस्थाबारे नागरिकस्तरको मुल्यांकन–२०१८ सार्वजनिक गर्दै नवीकरणीय ऊर्जामा नेपाल धनी भए पनि यसको उत्पादन तथा प्रयोगमा उचित ढङ्गले कार्य नभएको निष्कर्ष निकालेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै जलस्रोतविद् एवं पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले जलवायु परिवर्तनको प्रभावको अवस्थामा दिगो विकासका लागि अहिले नीतिगत प्रयास भए पनि कार्यगत प्रगति नभएकामा चिन्ता व्यक्त गरे । पूर्वमन्त्री ज्ञवाली भने, “नवीकरणीय ऊर्जामा आइसल्याण्ड र नर्वेले गरेजस्तो प्रगति हाम्रो देशले पनि गर्न सक्छ, त्यसका लागि नेपालले पनि ऊर्जासम्बन्धी आफ्नो…

Read More

बाँके: नेपाल एयरलाइन्सले कर्णालीका जिल्लामा आजबाट नियमित उडान शुरु गरेको छ । हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा र रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सको एउटा जहाज नेपालगञ्ज विमानस्थलमै राखेर कर्णालीवासीलाई नियमित हवाई सुविधा दिने व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । ट्ीनटर जहाजमा खराबी र पाइलट नभएको समस्या देखाउँदै नेपाल एयरलाइन्सले एक महीनादेखि कर्णालीमा नियमित उडान गर्न सकेको थिएन । आज नेपाल एयरलाइन्सले डोल्पाको जुफाल, मुगुको ताल्चा, रुकुमको सल्ले र बाजुरा उडान गरेको विमानस्थल प्रमुख ठाकुरले जानकारी दिए । कर्णालीवासीका लागि जिल्लाबाहिर आवतजावत गर्ने भरपर्दो माध्यम जहाज…

Read More