Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 20
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘एक्याप’मा जाने नेपाली पर्यटकलाई पनि अव शुल्क !

    ‘एक्याप’मा जाने नेपाली पर्यटकलाई पनि अव शुल्क !

    पहिलोक्लिकपहिलोक्लिकOctober 23, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    सीशहर: अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को भ्रमणका लागि आउने नेपाली पर्यटकले पनि प्रवेश शुल्क तिर्नुपर्ने भएको छ ।

    यसअघि विदेशी पर्यटकले मात्र प्रवेश शुल्क तिर्दै आएकामा असोज अन्तिमदेखि लागू हुने गरी नेपाली पर्यटकले पनि शुल्क तिर्नुपर्ने भएको हो । नेपालीलाई प्रवेश शुल्कबापत रु १०० शुल्क तोकिएको छ ।

    सरकारले अन्नपूर्ण संरक्षण क्षेत्रसँगै मनास्लु संरक्षण क्षेत्र र गौरीशङ्कर संरक्षण क्षेत्रमा घुम्न जाने नेपाली पर्यटकको प्रवेश शुल्क तोकेको हो । विदेशी पर्यटकलाई लिँदै आएको प्रवेश शुल्कमा समेत वृद्धि भएको छ । सरकारले सार्क मुलुकका नागरिकलाई रु २०० बाट बढाएर रु एक हजार शुल्क तिर्नुपर्ने बनाएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)बाहेक विदेशी पर्यटकलाई यसअघि करसहित रु दुई हजार २६० तिर्दै आएकामा अब रु तीन हजार बुझाउनुपर्ने बनाएको छ ।

    वृद्धि भएको प्रवेश शुल्क लिन थालिएको एक्याप केन्द्रीय कार्यालय पोखरा र पर्यटक जाँच तथा प्रवेश शुल्क काउन्टर बेंशीशहरले जनाएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) अन्तर्गत रहेको संरक्षण क्षेत्रहरु एक्याप, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) र गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना (जिक्याप) भित्र प्रवेश गर्ने नेपाली पर्यटकले जनही रु एक सय प्रवेश शुल्कबापत बुझाउनुपर्छ ।

    लमजुङबाट मनाङ हुँदै मुस्ताङ भएर म्याग्दी तथा कास्कीको पोखरा गएर टुङ्गिने अन्नपूर्ण संरक्षण क्षेत्रभित्रका पर्यटक जाँच तथा शुल्क काउन्टरमा नेपालीले शुल्क बुझाएर अनुमतिपत्र लिनुपर्ने एक्यापले जनाएको छ । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकले काठमाडौँको भृकुटीमण्डप, पोखरामा ड्यामसाइड र लमजुङको बेंशीशहरमा रहेको पर्यटक प्रवेश शुल्क काउन्टरबाट प्रवेश अनुमतिपत्र लिने गरेका छन् ।

    विदेशी पर्यटकका लागि निर्धारण गरिएको नयाँ शुल्क असोज २९ गतेदेखि लागू हुनेगरी लिन थालिएको एक्याप मनाङका लेखापाल कैलाश तिवारीले बताउनुभयो । नेपाली र स्थानीयवासीका लागि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

    एक्यापले सन् १९९६ देखि अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको तथ्याङ्क लिएर प्रवेश शुल्क लिन थालेको जनाएको छ । अन्नपूर्ण संरक्षणभित्र लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्लाका भूभाग पर्छन् ।

    Facebook Comments Box

    एक्याप
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.