Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण र फेदीखोला हाइड्रो पावर कम्पनीका बीचमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरणमा आज आयोजित एक कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र प्रवद्र्धक कम्पनीका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद बाँस्तोलाले विद्युत् खरिद सम्झौतामा हस्ताक्षर गरेका छन् । भोजपुर जिल्लाको साल्पापसिलिचो गाउँपालिकामा आयोजनास्थल रहेको फेदी थुम्लुङ खोला जलविद्युत् सो आयोजनाको क्षमता ३.५२ मेगावाट रहेको छ । आयोजनाको कूल लागत ६३ करोड रुपैयाँ रहेको छ । सो आजोजनाबाट उत्पादित विद्युत् माथिल्लो इर्खुवा खोला जलविद्युत् आयोजनाको स्वीचयार्डसम्म ३३ केभी प्रसारण लाइन र त्यसपछि १३२ केभी प्रसारण लाइनमार्फत सङ्खुवासभाको शीतलपाटीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने २२० केभी…
काठमाडौँ: महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले सेवाग्राहीसँग एक कम्पनीको टिभी खरिद गरी ल्याइदिन एक सेवाग्राहीसँग पटकपटक घुस मागेको रहस्य खुलेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार टिभी गरिद गरी ल्याइदिन र त्यसको बिलवापतको रकम भुक्तानी गरिदिन भनेको अनुसन्धानका क्रममा खुलेको हो । प्रहरी उपरीक्षक राईले टिभी खरिदबापतको बिलको भुक्तानी दिन सेवाग्राहीलाई पटकपटक फोन गरी घुस माग गरेको पाइएको आयोगले जनाएको छ । आयोगले शनिबार साँझ ८ बजे राईलाई महानगरीय वृत्त बौद्धको कार्यालयबाटै रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको थियो । यस्तै आयोगले आज नापी कार्यालय बूढानीलकण्ठमा कार्यरत नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँरविरुद्ध विशेष अदालतमा…
काठमाडौँ : सहकारी क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा करीब पाँच प्रतिशत योगदान गरेको छ । सहकारी क्षेत्रले मुलुकमा ६४ हजारलाई रोजगारी प्रदान गर्नुका साथै वित्तीय क्षेत्रमा २१ प्रतिशत योगदान गरेको पाइएको छ । मुलुकमा ३४ हजार ५१२ सहकारी रहेकामा बचत तथा ऋण परिचालन गर्ने करीब १५ हजार सहकारी छन् । रिलायबल बचत तथा ऋण सहकारी संस्थाको २० औँ साधारणसभामा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले हाल सहकारीमा ६४ लाख शेयर सदस्य रहेकामा ५१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताए । काठमाडौँमा कार्य क्षेत्र रहेको उक्त सहकारी संस्थाका अध्यक्ष ओमदेवी मल्लले साधारणसभामा संस्थाको चुक्ता पूँजी एक करोड ९७ लाख रुपैयाँ छ भने निक्षेप…
गौर: मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् । स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियोे । राज्यविरुद्ध अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभएको छ । अदालतमा डा राउत करीब १०० समर्थकसहित उपस्थित भएका थिए । राउतलाई राज्यविरूद्घको अपराधमा मुद्दा चलाइने बताइएको छ ।
काठमाडौँ: सरकारले कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले आज साँझ सो प्रतिवेदन सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गरी गत भदौ ७ गते पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए। समितिमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित समितिमा प्रहरी नायब महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी नायब महानिरीक्षक वसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सदस्य थिए। सार्वजनिक गरिएको प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भए पनि उदासिन रहेको…
काठमाडौँ: सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार÷कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो । आगामी काक्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिए। श्रमजीवी पत्रकारले हाल न्यूनतम १९ हजार ५०० पारिश्रमिक पाउदैँ आएका थिए । मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टिकरण सोधिएको र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिएको राजिनामा बैठकले स्वीकृत गरेको सञ्चार…
काठमाडौँ: साताको पहिलो कारोवारको दिन आइतबार पूँजी बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) १३ दशमलब ०१ अंकले घटेर एक हजार २१४ दशमलब ३६ अंकमा पुगेर बजार बन्द भएको छ । आजको कारोवारमा उत्पादन मूलक र अन्य समूहको परिसूचक बाहेक सबै समूहको परिसूचकमा गिरावट झरेको छ । सबै भन्दा बढी निर्जीवन बीमा सामूहको परिसूचक १०२ दशमलब २५ अंक र जीवन बीमा ५४ दशमलब २९ अंकले घटेको छ भने होटल ३७ दशमलब २२ अंक, विकास बैंक २१ दशमलब २२ अंक र बाणिज्य बैंक १३ दशमलब ५२ अंकले घटेको छ । त्यसैगरि, जलबिधुत दुई दशमलब ८३ अंक, बित्त…
काठमाडौँ: मलेसियामा जारी विश्व क्रिकेट टी-२० एसिया क्षेत्र ‘बी’ समूहको छनोट खेलमा आइतबार पनि नेपालका सन्दिप लामिछानेले व्यक्तिगत पांच विकेट लिएका छन्। शनिबार भएको अर्को खेलमा पनि उनले पांच विकेटनै लिएका थिए जसमा उनी म्याच अफ दि सेरिज प्लेएर घोषित भएका थिए। नेपालको पहिलो इनिङ्गमा करण केसीले १४ बलमा ४० रनको विस्फोटक पारी खेलेसँगै मलेसियामा जारी टी-२० विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र बीको तेस्रो खेलमा नेपालले थाइल्याण्डलार्इ १ सय ७३ रनको लक्ष्य दिएको छ। अहिले थाइल्याण्ड ९ ओभरमा ९ विकेट गुमाउंदै जामा १८ रनमा खेलिरहेको छ भने अहिले खेल वर्षाले प्रभावित बनेको छ। मलेसियाको वायुमास ओभल मैदानमा जारी खेलमा टस…
काठमाडौं: आइएमई लिमिटेड र भेनस अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूर आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः१० र १५ प्रतिशत छुट पाउने आइएमईले जनाएको छ । यो छुटसुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने छ भने अस्पतालको फार्मेसी सेवामा सेवाग्राहीहरू र कर्मचारीहरू दुवैले जम्मा १० प्रतिशतछुट प्राप्त गर्न सक्ने छन् । सेवाग्राहीहरू हकमा यो सुविधालिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड र कर्मचारीहरूले आइएमई केन्द्रीय कार्यालयले जारी गरेको परिचयपत्र अस्पतालको ओपीडी शाखामा देखाउनु पर्ने छ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट बजार अधिकृत अविनाश श्रेष्ठर भेनस अस्पतालको तर्फबाट अध्यक्ष राम ढकालले…
वासिङ्टन: सिनेट न्यायिक समितिमा भएको सुनुवाइमा सहमति नभएपछि विपक्षी डेमोक्रेटिक पार्टीका सांसदको अनुरोधमा क्याभानामाथि लागेका आरोप बारे छानबिन गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) लाई जिम्मा दिइएको थियो । न्यायाधीश क्याभानाको विषयमा अमेरिकी समाज नै दुई कित्तामा बाँडिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश क्याभानालाई सर्वोच्च अदालतमा नियुक्तिका लागि मनोनयन गर्नुभएको थियो । उहाँले क्याभाना एक इमान्दार र सक्षम व्यक्ति रहेको बताउँदै आउनुभएको थियो । राष्ट्रपति ट्रम्पले क्याभानाको अनुमोदन लगत्तै चुनावी सभामा सम्बोधन गर्दैै “यो अमेरिकी जनताको जीत भएको” बताउनुभयो । अनुदारवादी भनेर चिनिएका क्याभानाको नियुक्तिसँगै अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादी न्यायाधीशको बहुमत पुगेको छ । अमेरिकी सर्वोच्च अदालतमा नियुक्त…