रामेछाप ः रामेछाप नगरपालिका–२ खरानेपाखामा आज साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सात जना गम्भीर घाइते भएका छन् ।
मृत्युहुनेमा ६० वर्षीया आमा ललिमाया कार्की र छोरा दुर्गाबहादुर कार्की रहेका छन् । घाइते सात जनालाई सदरमुकाम मन्थली राखिएको वडा नं १ का वडाध्यक्ष नरबहादुर थापाले बताए ।
ना१ज ४८१२ नं को टाटासुमो रामेछाप नगरपालिकाको कुकुरकाटे भञ्ज्याङदेखि रामेछापकै गोठगाउँ जाँदै गर्दा दुर्घटना भएको हो । टाटासुमो बाटोबाट करिब ३०० मिटर तल खसेको थियो ।
Facebook Comments Box