Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

ओखलढुङ्गा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन् । ओखलढुङ्गाको चम्पादेवीमा ‘मिसन मालिङ्गे भिजन २१००’ को आज उद्घाटन गर्दै मन्त्री पुनले नेपाल जलस्रोतको धनी देश भएकाले पानीबाटै नेपालको समृद्धि सम्भव रहेको दावी गरे । “अबको दश वर्षमा १५ हजार मेघावाट विद्युत् उत्पादन गरेर विद्युत्मा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ,” मन्त्री पुनले भने, “नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयर धनी भन्ने लक्ष्यअनुसार काम भइरहेको छ ।” मन्त्री पुनले सरकारले जनचहानाअनुसारको काम गरिरहेको दाबी गरे । उनले प्रधानमन्त्रीले रेलका कुरा गर्दा खिल्ली उडाउनेले नेपालमा दुई वर्षभित्रै रेल चड्न…

Read More

भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर आइपुगेको छ । गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरित्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका यहाँका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ । “अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा कडा कारवाही…

Read More

भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताएका छन्। आज मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै उनले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । अहिले देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै उनले विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा केन्द्रित भएर अगाडि बढेको छ भने। उनले नेपालले दुई छिमेकी चीन र भारतसँग सम्बन्ध…

Read More

काठमाडौं: सडक दुर्घटनामा बढी जसो टिपरले अरु पैदल वा साना सवारी चालकका ज्यान लिन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडाैंले यसको सञ्चालनमा शनिबारबाट नयाँ नियम लागू गरेको छ। प्रशासनले आजदेखि आगामी कात्तिक ५ गतेसम्मको लागि पिक आवरमाबाहेक अरु समयमा ३५ किलोमिटर प्रतिघण्टा नबढ्ने गरी चलाउन पाइने नियम ल्याएको हो । नियमअनुसार बिहान ९ देखि दिउसो ११ः३० बजेसम्म र दिउँसो ५ बजेदेखि साँझ ७ बजेसम्म भने कुनै पनि टिपर चलाउन पाइने छैन भने यस बाहेका समयमा मात्रै टिपर चलाउन अनुमति दिइएको छ। अत्यावश्यक निर्माण सामाग्री ढुवानीमा परेको समस्यालाई मध्यनगर गर्दै दशैंको अवसरमा प्रशासनले यो नियम ल्याएको हो । यसैबीच ट्राफिक प्रहरीले सावधानी…

Read More

बेनी: म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये आठ जनाको शव भेटिएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये आठ जनाको शव भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । उनका अनुसार, आधार शिविरमा उनीहरुको शव अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न सकिएको छैन् । उद्धारको लागि पुगेको हेलिकप्टरसमेत उद्धारमा कठिनाई देखिएपछि फर्किएको र थप स्रोत र साधन लिएर पुन उद्धारमा जाने तयारी भएको बताइएको छ । असोज २१ गते सात…

Read More

काठमाडौँ : गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा छ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव डा बद्री केसीले जानकारी दिए । वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला, युवा तथा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने गरी छुट्टाछुट्टै छ उपाध्यक्ष राख्ने विधानसभामा सहमति जुटेको छ । यसअघि एक महिलासहित तीन उपाध्यक्ष रहने व्यवस्था थियो । विधानसभाले गरेको निर्णय विशेष महाधिवेशनमा लगेर पारित गर्नुपर्ने भएकाले अब विधानसभा नरहने उनले जानकारी दिए । परिषद्को कार्यकाल भने साविक झै दुई वर्ष नै…

Read More

बेत्रावती:विनाशकारी भूकम्प र पहिरोका कारण रसुवाको विभिन्न बस्तीबाट विस्थापित भएका व्यक्तिको पुनःस्थापनामा ढिलाइ हँुदा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । भूकम्पका कारण विस्थापित भएकालाई राहत वितरण र जीविकोपार्जनलगायत कार्यमा सहयोग पु¥याउने संस्था बाहिरिएको र सरकारी सहयोग नहुँदा उनीहरुलाई दैनिकी चलाउन कठिनाइ भएको हो । रसुवाको हाकु, डाँडागाउँ, ठूलोगाउँलगायत स्थानबाट विस्थापित ३०० भन्दा बढी भूकम्प पीडित विभिन्न स्थान हुँदै पछिल्लो एक वर्षदेखि खाल्टे बगरमा बस्दै आएका छन् । उनीहरूलाई बिहान–बेलुकाको गुजारा चलाउन कठिन भइरहेको भूकम्पपीडित पुनःस्थापनाका लागि सङ्घर्ष समितिका अध्यक्ष सोमबहादुर तामाङले बताए । “जन्मस्थल र आफ्नो सम्पत्ति छाडेर टहरामा बिताएको ४१ महीना भइसक्यो” तामाङले भने , “चाडपर्व आउँदा खुशीभन्दा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् । राजधानीमा आजदेखि शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको पहिचान विश्वसामु प्रस्तुत गर्न सङ्घले निर्वाह गरेकोे भूमिकाको सराहना गरे । मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले विकासका लागि ज्ञान र सीपको उपयोग गर्नैपर्छ भने । उनले विज्ञ सम्मेलनले गरेको निष्कर्ष विकासका लागि सरकारलाई महत्वपूर्ण सुझाव हुने उल्लेख गरे । नेपालको मौलिक संस्कृति विश्वसामु परिचित गराउन सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले नेपाल विश्वकै छुट्टै पहिचान…

Read More

काठमाडौँ : पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ । सो मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ । रोगी तथा घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नहुने, ढुवानी गर्दा मरेका पशुपक्षीलाई निसङ्क्रमणको विधि अपनाइ गहिरो खाडलमा व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि मापदण्डमा उल्लेख छ । विभागद्वारा शुक्रबार जारी विज्ञप्तिमा पशुपक्षीलाई यात्रुबाहक सार्वजनिक सवारीका साधनका छत वा डिकीभित्र राखी ढुवानी नगर्न पनि…

Read More

काठमाडौं : सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो। सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए। तर, घुस लिन छाडेनन्। प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक साता नबित्दै १६ कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ परे। १९ जना विरुद्ध अख्तियारले भ्रष्टचार मुद्दा दायर गर्यो। ‘बाहिर घुस खाँदिनँ भनेर शपथ लिनुको कुनै अर्थ देखिएन’, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले भने, ‘घुस खाने कर्मचारी पक्राउ पर्न कम भएको छैन।’ कर्मचारीले घुस खानै नपाउने व्यवस्था चाहिएको दंगालले जिकिर गरे। ‘शपथले पुग्दैन, सरकारी सेवामा संरचनागत परिवर्तन र सुधारको खाँचो छ’, उनले भने, ‘बाहिर घुस खान्नँ भने पनि अन्तर्आत्मादेखि त्यो…

Read More