Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 20
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘रअ’ ले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ – श्रीलंका राष्ट्रपति

    ‘रअ’ ले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ – श्रीलंका राष्ट्रपति

    पहिलोक्लिकपहिलोक्लिकOctober 17, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    एजेन्सी: श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ ले आफ्नो हत्या गर्ने षडयन्त्र रचिरहेको आरोप लगाएका छन्।

    मंगलबार राजधानी कोलम्बोमा भएको मन्त्रिपरिषद्को साप्ताहिक बैठकमा उनले भारतीय गुप्तचार निकाय रअले आफ्नो हत्या गर्न खोजिरहेको आशंका व्यक्त गरेका हुन्।

    ‘प्रधानमन्त्री नरेन्द्र मोदी रअको यो योजनाबारे जानकार नहुन सक्छन्,’ मन्त्रिपरिषदमा सिरिसेनाको भनाइ उद्धृत गर्दै भारतीय पत्रिका द हिन्दुले बुधबार लेखेको छ, ‘सिआइएका यस्तै कदमबारे अमेरिकी राष्ट्रपति ट्रम्प पनि जानकार नहुन सक्छन्।’

    ‘राष्ट्रपतिले त्यसो भन्दा हामी स्तब्ध भयौं,’ एक मन्त्रीको भनाइ हिन्दुले उद्धृत गरेको छ। बैठकमा सिरिसेनाले ‘आफ्नो हत्याको षडयन्त्र भैरहेको र त्यसमा श्रीलंकाको सरकार उदासिन रहेको’ भन्दै असन्तुष्टी पोखेका थिए।

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमणको केही दिनअघि राष्ट्रपति सिरिसेनाले मन्त्रीपरिषद बैठकमै यस्तो दाबी गरेपछि मन्त्री र सरकारका अधिकारीहरू स्तब्ध भएका हुन्।

    बिक्रमासिंघेले दिल्लीमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरी भारतको सहयोगमा श्रीलंकामा सञ्चालन भइरहेका परियोजना र दुई पक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ।

    तीन वर्षअघि, २०१५ मा तत्कालीन सरकारमा मन्त्री रहेका सिरिसेना निर्वाचनको ठिक अघि नयाँ पार्टी गठन गरी महिन्दा राजापाक्ष विरुद्ध राष्ट्रपतिका उम्मेदवार बनेका थिए। आफ्नै पार्टीका नेताबाट चुनावमा पराजित भएपछि पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले ‘कोलम्बोको सत्ता परिवर्तनमा भारतीय गुप्तचर संस्था रअको भूमिका रहेको’ आरोप लगाएका थिए।

    आफुले चीनसँग मिलेर पूर्वाधार विकासका परियोजना अगाडि बढाएपछि दिल्लीले कोलम्बोको सत्ता परिवर्तनमा भूमिका खेलेको राजापाक्षले बताउँदै आएका छन्। सिरिसेनाले चीनको लगानीमा हिन्द महासागरको चटगाउँमा बन्दै गरेको सामुद्रिक बन्दरगाह रोक्न सुरुमा प्रयास गरेपनि पछि त्यसलाई केही परिमार्जनसहित निरन्तरता दिएका थिए।

    मन्त्रीपरिषद बैठकमै ‘रअले आफ्नो हत्या षडयन्त्र रचिरहेको’ आरोप लगाएर सिरिसेनाले दिल्लीसँग आफ्नो सम्बन्ध निकै चिसिएको खुलासा गरेका छन्।

    श्रीलंकाली नेताले भारतको बाह्य गुप्तचर निकायमाथि आन्तरिक विषयमा हस्तक्षेप गरेको आरोप लगाएको यो पहिलो पटक होइन। तर राष्ट्रपतिले नै यसरी आफ्नो हत्या गर्ने षडन्त्र भइरहेको भनेर मन्त्रीपरिषदमा असन्तुष्टी पोखेको भने पहिलो घटना हो।

    त्यसबेला राजापाक्षको मन्त्रिपरिषदका सदस्य सिरिसेना र विपक्षी नेता बिक्रमासिंघेलाई सरकार विरुद्ध एक ठाउँ ल्याउन भारतीय एजेन्सीहरुले भूमिका खेलेको चर्चा दिल्लीका सञ्चार माध्यममा पनि भएको थियो।

    गत महिना श्रीलंकामा पूर्व राष्ट्रपति राजापाक्षको हत्या षडयन्त्र भइरहेको चर्चा पनि भएको थियो। श्रीलंकाको भ्रष्टाचार विरोधी निकायका नमल कुमाराले सिरिसेना र पूर्व रक्षामन्त्री गोतावाया राजापाक्षको हत्याको योजनाबारे जानकार रहेको दाबी गरेका थिए। त्यसपछि प्रहरीले सेप्टेम्बरको अन्त्यमा कोलम्बोमा एक भारतीयलाई पक्राउ गरेको थियो।

    श्रीलंकाली सञ्चार माध्यमले भारतको केरललाई एम थोमसलाई यो विषय थाहा भएको दाबी गरेका थिए। तर श्रीलंकाली सरकारले यसको खण्डन गरेको थियो। सञ्चार मन्त्री मंगला सामरवीराले ‘गलत सूचनाको अभियान’ भन्दै सञ्चारकर्मीलाई जिम्मेवार हुन आग्रह गरेका थिए।

    Facebook Comments Box

    मैत्रीपाला सिरिसेना रअ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.