Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु निश्चिन्त देखिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलवार राजधानीमा आयोजना गरेको सूचना प्रविधि दशक र आगामी कार्यदिशा विषयक कार्यक्रममा सरोकारवाला विज्ञहरुले नीतिगत सुधार र कानुनी अल्झन हटाइ स्थिर नीति बनाउन सकेको खण्डमा ३० खर्बको सूचना प्रविधि सेवा निर्यात गर्न सहज हुने बताए । कार्यक्रममा अर्थमन्त्री वर्षामान पुनले आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत दश वर्षमा ३० खर्ब रुपैयाँको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी डिजिटल युनिभर्स सञ्चालनमा ल्याएको छ। सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइटमार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो। बैंकले क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (डेबिट कार्डको लागि) आवेदन, क्रेडिट कार्डको विवरणको…

Read More

काठमाडौं: जलविद्युत् कम्पनीको सेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.१५ अङ्कले बढेको परिसूचक २११५. २४ बिन्दुमा कायम भएको हो । आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता सेयर ७४ हजार आठ सय ७७ पटक खरिदबिक्री हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ बराबरको कारोबार भएको छ । जलविद्युत् कम्पनीहरुको मात्र आज दुई अर्ब २८ करोड सात लाख ९० हजार आठ सय ४५ बराबरको ५९ लाख ७९ हजार चार सय ४३ कित्ता सेयर किनबेच भएको छ । आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक दुई दशमलव ५८, व्यापार दुई दशमलव…

Read More

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएका छन् । उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपालका राष्ट्र प्रमुख र स्वीस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ । भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीको…

Read More

काठमाडौँ: हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिक बदली छ। कोसी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका…

Read More

काठमाडौं: प्रहरीले तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई काठमाडाैंकाे विभिन्न ठाउँबाट पक्राउ गरेकाे हाे । सीआईबीले श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) कम मूल्यको धितो राखेर बढी कर्जा प्रवाह गरेको भन्दै त्यसमा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरेको हो । यसअघि साेही प्रकरणमा मनाेज न्याैपाने र तुलसी गाैतमसहित १० जना बैंकर पक्राउ भएका थिए । यसअघि गौतम र न्यौपानेसहित तत्कालीन सेञ्चुरी…

Read More

काठमाडौँ: छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा आज भएको उक्त भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री दाहाल र फिक्कीका पदाधिकारीले छलफल गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल भारतीय लगानीकर्ताका लागि उपयुक्त देश भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे। उनले काठमाडौंमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानूनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताए। ‘लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानून अध्यादेशबाट संशोधन गरेका…

Read More

काठमाडौँ: मुलुकबाट वैदेशिक रोजगारीका लागि विदेशीने जमात बढ्दै जाँदा मासिक औसत १ खर्ब १९ अर्ब ८६ करोडका दरले विप्रेषण (रेमिट्यान्स) आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दश महीना अवधि अर्थात बैशाख मसान्तसम्ममा विप्रेषण आप्रवाह ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.२ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा रुपैयाँ विप्रेषण नेपाल भित्रिएको थियो । सो अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । २०८० बैशाख मसान्तसम्म मुलुकले १०खर्ब ०५ अर्ब १८ करोड रुपेयाँ रेमिट्यान्स भित्र्याएको थियो । गत चैतसम्म १० खर्ब ८२ अर्ब ६२…

Read More

पोखरा: माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा मतदान गरेका छन् । गण्डकीमा माओवादीबाट जितेका सांसदको ‘फ्लोर क्रस’, मुख्यमन्त्री पाण्डेले पाए बहुमत उनले सोमबार मुख्यमन्त्री पाण्डेले संसदमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । उनीसँगै कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) गरी ३१ सांसदले पक्षमा मतदान गरका छन् । ६० सदस्यीय संसदमा बहुमत सांसदले मतदान गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् । एमालेका २२ र माओवादीका ६ सांसदले विपक्षमा मतदान गरेका छन् । माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा मिसिल झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबारको सुनुवाइमा आवश्यक मिसिलहरू प्राप्त नभएकाले उक्त मिसिलहरू मगाउने आदेश गरेको हो । यससँगै लामिछानेविरुद्धको मुद्दा लम्बिने भएको छ । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा सर्वोच्चले यसअघि पोखरा प्रहरी कार्यालयमा पेस भएको जाहेरी पेस गर्न भनेको थियो । तर आजको सुनुवाइका क्रममा सरकारी पक्षले केही पनि पेस नगरेपछि मिसिलहरू मगाउने बारे बहस भएको थियो । सर्वोच्चले गृहमन्त्री लामिछाने विरुद्ध दर्ता भएका वा पेस भएका उजुरी,अभियोग पत्र र अन्य मिसिलहरू पेस गर्न आदेश गरेको हो । सर्वोच्चले…

Read More