Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

नेपालगञ्ज, बाँके: बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको हायस र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक आज बिहान करीब ९ः१५ बजेतिर राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोला नजिक ठोक्किएका थिए । दुर्घटनामा चारको घटनास्थलमै मृत्यु भएको र दुईको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा घाइते १७ को शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतकको सनाखत…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र सहचालकले हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय भएको जानकारी दिए । तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुवात गरिए पनि माइक्रोबसका चालक तथा सहचालकले अटेर गर्दै आएका थिए । महासङ्घका महासचिव सरोज सिटौलाले उक्त ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा चम्किलो देखिने र चालकका…

Read More

पेरिस : इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता भएको उनको श्रीमतीले जानकारी दिएकी छिन । अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ बर्षिय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको छ । उनले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना श्रीमान्का बारेमा थप केही थाहा नपाएको जानकारी दिइन ।  फ्रान्सको लियोनबाट चीन प्रस्थान गर्नुभएका मेङ चीन पुगेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । दुवै पक्षका अधिकारीहरूले उहाँको खोजी र थप अनुसन्धान भइरहेको पनि बताएको समाचारमा जनाइएको छ । इन्टरपोलले पनि आफ्ना अध्यक्ष वेपत्ता भएको बारेमा विज्ञप्ती प्रकाशित गरी सरोकारवालाहरूलाई जानकारी गराएको छ । “फ्रान्स र चीनका सरोकारवाला अधिकारीहरूको हामी ध्यानाकर्षण गराउन चाहन्छौ,”…

Read More

काठमाडौँ: मूलपानीमा गएराति प्रहरीले एक जुवा घरमा छापा मारेको छ । संगठित रुपमा जुवा खोलाइरहेको सूचनाका आधारमा प्रहरी परिसर काठमाडौंले शुक्रबार राति साढे ९ बजे मुलपानी–७ का तेन्दु शेर्पाको घरमा छापा मारेको थियो । जुवा घरमा छापा मार्नेक्रममा घरको छतबाट भाग्न खोज्दा छतबाट खसेर गम्भिर घाइते भएका मध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी परिसर काठमाडौंकाअनुसार हाम फाल्ने सरोज घले र सोमलाल तामाङको उपचारका क्रममा राति नै मृत्यु भएको हो । प्रहरीले जुवा अखडाबाट २४ जना जुवाडे र ४ लाख ५८ हजार रुपैंया बरामद गरेको छ ।

Read More

सुर्खेत: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताउनुभएको छ । कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उनले स्थानीय तथा प्रदेश तहको विकासमा मुख्य बाधक गरिबी नै भएकाले र यसविरुद्ध जुध्नु हामी सबैको साझा दायित्व भएको बताए । मुख्यमन्त्री शाहीले भने, “गरिबी बिरुद्ध लाग्न हरेक नागरिक आत्मनिर्भर बन्ने लक्ष्यका साथ जुट्न जरुरी छ ।” श्रम र मेहनत बिना कुनै पनि समाज, क्षेत्र र देशको विकास नहुने भन्दै उनले मुलुकको विकास नहुनुमा विकासका योजना कार्यान्वयन हुन नसक्नुनै सबैभन्दा ठूलो चुनौती रहेको चर्चा गरे । उक्त प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री…

Read More

काठमाडौँ: तपाई ल्यापटप बन्द गर्नुस्, हामीलाई तपाईको हिसाब किताब चाहिँदैन’, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद प्रेम आलेले आक्रोशित हुँदै भने, ‘चिनीको मूल्य ६३ भन्दा एक रुपैयाँ पनि बढी हुनुहुन्न। समितिको निर्णय कार्यान्वयन गर्नुस्।’ शुक्रबार लेखा समितिअन्तर्गत गठित उपसमितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका अधिकारीसँग सांसद आलेले यसरी आक्रोश पोखे। समिति सदस्यले लेखा समितिकै निर्देशनअनुसार देशभर चिनीको मूल्य निर्धारण गर्न मन्त्रालय मातहतका उच्च अधिकारीलाई आग्रह गरिरहँदा उद्योग सचिव यामकुमार खतिवडा भने ल्यापटप खोलेर हिसाब निकाल्दै थिइन्। ‘व्यापारीका कारण सरकारको बद्नाम भइसक्यो’, सांसद आलेले भने, ‘प्रधानमन्त्रीसँगको छलफलमा उखु व्यवसायीले ६३ रुपैयाँमा चिनी बेच्ने प्रतिबद्धता जनाएका छन्, अनि अहिले आएर…

Read More

काठमाडौँ : पार्टी एकता प्रक्रिया र सरकार सञ्चालनका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यही असोज २१ गते आइतबार अपराह्न सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको छलफलपछि सचिवालयको बैठक बोलाइएको हो । संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा सहभागी भएर बिहीबार फर्कनु भएपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । केही दिनपहिले बसेको नेकपाको सचिवालय बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोकेको थियो । नेकपाले प्रदेश र जिल्ला तहको पार्टी…

Read More

काठमाडौँ: कुनै समय नेपालको बैंक तथा वित्तीय क्षेत्रमा कमल ज्ञवालीलाई आर्दशका रुपमा लिइन्थ्यो । गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका ज्ञवालीले देशकै व्यावसायिक बैंकिङ घरानालाई टक्कर दिने हैसियत बनाए । तर ज्ञवालीलाई धन कमाउने लोभले नराम्ररी च्याप्यो । नेपाली उखान ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तै भयो ज्ञवालीका लागि । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहनुभएका ज्ञवालीले आफैँले स्थापना गरेको बैंकलाई समस्यामा पार्ने गरी ऋण लिने वा दिने दुवै काम गरे । सफलता र प्रगतिले ज्ञवालीलाई चरम महत्वाकांक्षी बनायो । जसका कारण आफैँले स्थापना गरेको बैंकको अस्तित्वसमेत मेटियोे । शेयर कारोवार र घरजग्गाको व्यवसायमा नराम्ररी फसेका ज्ञवालीले नागरिकको निक्षेपमाथि चलखेल गरेर आफूमात्र…

Read More

काठमाडौँ : कोटेश्वरबाट पूर्वी नेपालमा सञ्चालन हुने माइक्रो बसले तोकेभन्दा बढी भाडा लिएका छन् । सरकारले कोटेश्वरबाट बर्दिवाससम्मको भाडा ५७६ रुपैयाँ तोकिए पनि ९०० रुपैयाँसम्म लिइएको छ । यसैगरी कोटेश्वरबाट धरानसम्मको भाडा एक हजार ४१ रुपैयाँ तोकिए पनि एक हजार ५०० सम्म लिइएको छ । कोटेश्वरबाट जनकपुरसम्मको भाडा ७८५ रुपैयाँसम्म तोकिए पनि एक हजारसम्म लिइएको नागरिक अनुगमनका क्रममा भेटिएको यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले सुनाए । “किन तोकेभन्दा बढी भाडा लिएको भनेर सोध्दाा हाम्रो व्यक्तिगत सवारी हो, किन सरकारले तोकेको भाडा मात्र लिने ? हामीलाई लागे जति लिएका छौँ भनी जवाफ दिए”, उनले भने । ट्राफिक प्रहरीले कोटेश्वर चोकमा…

Read More

काठमाडौँ: सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारको सांसद पद आजबाट स्वतः निलम्बनमा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीसंगै १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद निलम्बनमा परेको हो। तर प्रतिनिधिसभा नियमावली अनुसार उनले अदालतबाट पूर्ण फैसला नआएसम्म सांसदको लोगो भने प्रयोग गर्न पाउने छन् भने सांसदको हैसियतको सेवा सुविधा भने पाउने छैनन्। उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद हुन्। रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ। भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी…

Read More